© २०२३
पाल्पा, २३ चैत। वगनासकाली गाउँपालिकाको कुलोखानी सामुदायिक वनमा केही हप्ता अघि डढेलो लाग्यो । स्थानीय बासिन्दा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको टोलीको टोलीले आगो नियन्त्रण ग¥यो । करिव १२ हेक्टर क्षेत्रफलमा आगोले खरानी नै बनायो । त्यसअघि रिब्दीकोट गाउँपालिकाको मसुरो सामुदायिक वन र मन्दिप सामुदायिक वनमा समेत ठूलो आगो लाग्यो ।
सेना प्रहरीको नियन्त्रणमा आगो नियन्त्रण भयो । सुख्या मौसम सुरु भएसँगै जिल्लाका सामुदायिक तथा निजी वनहरूमा डढेलोको महामरी सुरु हुने गर्दछ । विशेष गरी जिल्लाका ७ सय १० वटा सामुदायिक वनहरूमध्ये ३३ प्रतिशत वन डढेलाकोे उच्च जोखिम भएको डिभिजन वन कार्यालय, पाल्पाका सूचना अधिकारी संयोग बस्नेत बताउँछन । यहाँका सामुदायिक वन क्षेत्रमा सल्ला र सालका वनस्पती रहेका छन र सल्लाको तुलनामा सालको जंगल डढेलोको लागि कम जोगिम भएको उनले बताए ।
वन कार्यालयको सामुदायिक तह मा नै पुगेर डढेलोको लागि संचेतनाका लागि क्रियाकलाप गर्दै आएपनि जनचेतना कम र पुरातन सोंचका कारण प्रभावकारी बन्न नसकेको स्थानीयहरूको भनाइ रहेको छ । वनमा डढेलो रोक्नेभन्दा पनि लगाउने कार्य नै हुने गरेको छ । वर्षायाममा वनमा घाँस पलाउने च्याउ उम्रने भन्ने पुरानो साेंचका कारण वनमा आगो नै लगाउने गर्दछन । यसै गरी पछिल्लो समयमा वन जगंलमा वन्यजन्तुको सख्या बढ्दै जादा बारीमा भएका वाली जोगाउनै कठीन भएपछि वन्यजन्तुलाई धपाउन कै लागि पनि आगो लगाउने प्रचलन बढेको स्थानियहरूको भनाइ रहेको छ ।
डिभिजन वन कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष ०७७/०७८ को अवधिमा १ हजार ४ सय ७९ हेक्टर क्षेत्रफलमा वनमा डढेलो लागेको थियो । तराईको जिल्लामा कम भएपनि पहाडका जिल्लामा तुलनामा तराईका जिल्लासँग सीमाना जोडिएको छ । त्यही आगो माथि सल्किने गर्दछ । समस्या यहाँ भएको प्रमुख भट्टराई बताउँछन । रूपन्देही पूर्वी पश्चिम नवलपरासी जिल्ल्लामा लागेको डढेलो पाल्पा तर्फका वन क्षेत्रमा फैलिँदा जिल्लाको आर्थिक वातावरणीय क्षेत्रमा जिल्लाको आर्थिक वातावरणीय क्षेत्रमा ठूलो नोक्सान भएको वन प्राविधिकहरू बताउँछन ।
वनमा डढेलो निभाउने क्रममा पछिल्लो समयमा तिन जनाको मानविय क्षेत्री समेत भएको छ । सामुदायिक वनमा डढेलो लाग्दा प्रत्येक सामुदायिक वनले अग्नी रेखाको नियन्त्रण तर्फ समूहको ध्यान पुग्न सकेको छैन । ठूला ठूला समुदायिक वनहरूले काठ कटानी र निकासी तर्फ मात्र ध्यान केन्द्रित हुदा डढेलो नियन्त्रणमा अभिन्न अंग ठानिने अग्नि रेखा तर्फ ध्यान नपुगेको सामुदायिक वनका जिम्मेवार पदाधिकारीहरूले स्वीकार गर्दछन । वनमा डढेलो नियन्त्रण गर्ने काम वन कार्यालयको मात्र हो भन्ने गलत मानसिकताका कारण यो विषय समस्याका रूपमा प्रत्येक वर्ष देखापर्ने डिभिजन वन कार्यालयका सहायक वन अधिकृत रामचन्द्र लामा बताउँछन । वनमा लागेको डढेलो नियन्त्रण गर्ने कार्य सबैको हो । यसमा सबैको समान दायित्व र जिम्बेबार रहन्छ । स्थानीय तहमा विपद व्यवस्थापन भन्ने समिती पनि छ ।
संघीय सरकारले यस्ता विपद तथा जोखिम न्युनिकरणका लागि गृह मन्त्रालयबाट रकम पनि आउछ । तर वनमा लाग्ने डढेलो नियन्त्रणका लागि गर्नुपर्ने गतिविधी शुन्य नै हँुदा प्रत्येक वर्ष वनमा डढेलो लाग्ने समस्या बढेको सरोकारहरूको भनाई रहेको छ । डढेलोको लागि जिल्लाको रैनादेवी छहरा गाउँपालिकाको २, ३, ४ र ६ वडा, तिनाउको १,२, ३ र ५ वडा, तानसेन नगरको १, २, ११, १२ र निस्दीको ३, ४, ७, माथागढीको ४,५, ६ र ७ पुर्वखोलाको २, ३ र ४ वडाहरू जोखिम युक्त क्षेत्रहरू मानिन्छ । तानसेन नगर र रिब्दीकोटमा सल्ला तिनाउ साल, पूर्वखोलामा साल सल्ला प्रजाति रहेका छन । वनमा वर्षेनी डढेलो लाग्दा वनमा रहेका सुकेका रुखहरू जलेर खरानी हुदै आएका छन । यसरी वातावरणीय क्षेत्रमा भएको नोक्सानीलाई पैसासँग तुलना गर्न मिल्दैन । वनमा डढेलो लाग्दा कार्वन उत्सर्जनको क्षेत्रमा ठूलो क्षति बेहोर्नु पर्दछ ।
वनमा डढेलो लाग्दा वन्य जन्तृको बासस्थान मात्र होइन वन्य जन्तु समेत आगोले पोलेर खरानी समेत हुन्छन । वनमा भएका अनेकौ प्रजातीका वोट बिरुवाको बिउ समेत मेटिएको छ । वन क्षेत्रमा डढेलो लाग्दा पानीको श्रोत समेत सुक्ने गर्दछ । यसै गरी वर्षेनी भूक्षयको समेत सामना गर्नु पनेको वन अधिकृतहरू बताउँछन । भन्द सामान्य लाग्छ वन डढेलोले वातावरणीय क्षेत्रमा समेत ठूलो असर पुगेको रैनादेवी छहरा गाउँपालिका वल्डेङगढीका पूर्ण बहादुर लम्तरी बताउँछन । सुकेका रुखहरू सल्कदा आगो उडाएर बस्ती मै ल्याउँछ की भन्ने ठुलो डर हुन्छ, पुरै बस्ती नै आगोले सखाप बनाउँछ की भन्ने सुख्खा मौसम लागेपछि यहाँका स्थानीयहरूलाई ठूलो भय छ ।