© 2026
बुटवल।
नेपाल कपडा तथा सिलाई व्यवसायी संघ तिलोत्तमा नगरसमितिले तिलोत्तमाका नगर प्रमुख समक्ष बिभिन्न ७ बुदेँ माग सहितको ध्यानाकर्षण पत्र बुझाएका छन।
नेपाल कपडा तथा सिलाई व्यवसाय संघका अध्यक्ष प्रेम परियारको नेतृत्वमा समितिका पदाधिकारीहरुले आईतवार नगर प्रमुखको कार्यकक्षमा बिभिन्न माग सहित पत्र बुझाएको हुन ।
यस भन्दा १० महिना पहिले पनि उनिहरुले आठ बुँदे माग सहितको पहिलो ज्ञापनपत्र बुझाईसकेको सोहि संस्थाका महासचिव फणिन्द्र कुमार घेलेले बताए पहिले बुझाएको ज्ञापनपत्र अनुसार कुनैपनि माग पुरा नभएको हुनाले पुनः दोस्रो पटक ज्ञापनपत्र बुझाउन बाध्य भएका उनले बताए । महासचिव घेलेले यस नेपाल कपडा तथा सिलाई व्यवसायी संघ तिलोत्तमा नगर समितिको बैठकले हाम्रो मागप्रति स्थानिय सरकार गम्भिर नभएर व्यवस्था गरेको र अभिभावत्व भूमिका निर्वाह गर्नबाट चुकेको हुनाले व्यवसायीका समस्याहरु प्रति गम्भिर भएर संबोधन गर्न अनुरोध समेत गरे ।
नेपालको वर्तमान आर्थिक कारोबारको अवस्था भन्दा पनि केहि व्यक्तिहरुको मिलेमतोमा तिलोत्तमा नगरपालिका भित्रका सम्पूर्ण
सिलाई व्यवसायीहरुको कामको मुख्य स्रोत माथि नै गिद्धे दृष्टि परेको हुनाले निज व्यक्ति तथा संस्थाहरुलाई कानुनको दायरामा ल्याई गैर कानुनी रुपमा गर्दै गराउदै आइरहेको कार्यलाई स्थानिय सरकारको प्रचलित कानुन व्यवस्था
अनुसार कार्वाहीको माग गरेको बिज्ञप्तिमा उल्लेख गरेका छन । बिभिन्न स्कूल तथा कलेजका केही सिमित शिक्षक तथा केहि सिमित संचालक समितिका पदाधिकारीहरुबाट आर्थिक कमिशनको खेलमा आफू खुशीका व्यक्तिहरुलाई शिक्षा ऐन विपरित अवैध साठ गाठ गरी गुप्त रुपमा टेण्डर संचालन गरेको प्रति स्थानियपालिकाको ध्यानाकर्षण गराएका छन ।
कमिशनको खेलमा सस्तो र कमसल खालको कपडा स्कुललाई दिने र केहि समयमै त्यो लगाउन योग्य नहुने हुदाँ नेपाल कपडा तथा सिलाई व्यवसायीको श्रृजनशिल पेशालाईनै बदनाम गर्ने र श्रमको मूल्याङ्कन मूल्यले राख्दछ भन्नेभै मूल्यमा समेत ह्रास हुनेगरी गरेको कार्य प्रति स्थानिय सरकारको बढी भन्दा बढी ध्यान केन्द्रित होस् अन्यथा नेपाल कपडा सिलाई व्यवसायी संघ चरण बद्ध आन्दोलन गर्न बाध्य हुनेछ भन्दै नगर प्रमुख बालकृष्ण खाण र शिक्षा शाखा प्रमुख समक्ष ध्यानाकर्षण पत्र बुझाएका छन ।
७ बुदेँ मागहरु यस्ता छन ;-
१) तिलोत्तमा नगरपालिका भित्र रहेका सम्पूर्ण सरकारी तथा निजी स्कूलहरुमा हुने गरेको अवैध टेण्डर खारेज गरिनुपर्ने ।
२) मिति २०८०।०३।११ गतेका दिन नगर प्रमुख ज्यूलाई बुझाईएको ज्ञापन पत्रमा रहेको आठ (८) बुँदे माग कार्यन्वयन गरिनु पर्ने ।
३) तिलोत्तमा नगरपालिकाको कार्यपालिका बाट हाम्रा बुँदा पास गरि रातो किताबमा उल्लेख गरिनुपर्ने ।
४) नयाँ भर्ना हुने मितिको एक महिना अघि स्कूल कलेजले विद्यार्थीको पोशाकको रंग र कपडा सुचना पाटीमा जानकारी गरिनुपर्ने ।
५) कलेज तथा स्कूलले एक पटक बनाएको यूनिर्फम न्यूनतम पाँच वर्ष सम्म चलाउनुपर्ने ।
६) शिक्षा ऐन लाई नै प्रभावित पार्ने किसिमको कार्य तुरुन्त रोक्नु पर्ने । निजि तथा सरकारी स्कूल कलेजले गरेको टेन्डर शिक्षा ऐन विपरित भएको हँदा यस कार्यलाई तुरुन्त स्थानिय सरकारले बन्द गर्नु पर्ने ।
७) तिलोत्तमा भित्रका सम्पूर्ण कलेज स्कूल र वित्तिय संघ संस्थाहरुले तिलोत्तमा भित्रको सिलाई व्यवसायीहरुबाट आफ्नो यूनिफम बनाउनु ति.न.पा. द्वारा निज संस्थाहरुलाई प्रोत्साहन गरिनु पर्ने ।
उक्त ध्यानाकर्षण पत्र बुझ्दै सोही नगरपालिकाका शिक्षा शाखा प्रमख र प्रमुख रामकृष्ण खाणँले व्यवायीलाई परेको समस्या स्थानिय तहको निति र नियम अनुसार सक्दो संबोधन गर्ने बताए । खाणले आफ्नो पालिकामा रहेका सबै पेशा व्यबसायीहरुको संरक्षण र संबद्धन गर्नु आफ्नो पनी कर्तव्य र दायित्व भएको बताए ।