ट्रेंडिंग:

>> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली

‘पाटे बाघको बखान’

१७ चैत्र २०८०, शनिबार
१७ चैत्र २०८०, शनिबार

चन्द्रौटा (कपिलवस्तु), १६ चैत । कपिलवस्तुमा एकै पटक तीनवटा बाघ भेटिएपछि स्थानीय उत्साहित भएका छन् । “स्थानीय जंगलमा बाघ हुनु भनेको अरू जनावर रहेको सहजै अनुमान गर्न सकिन्छ” स्थानीय सन्तराम थारुले भने । केही समय पहिले वन जंगल मासिदै गएको थियो । तर यतिबेला सामुदायिक वन भएपछि वनबिनास तथा चोरी सिकारी लगायतका घटना नियन्त्रण भएपछि जनावरहरूको संख्या बढेको उनले बताए ।

एकैपटक धेरै संख्यामा देखिएको यो पहिलो पटक हो । एघार दिनको फरकमा ३ वटा बाघ देखिएका हुन् । दुई वटा वयस्क भाले र एउटा लिंग पहिचान हुन नसकेको बाघ देखिएको गौतमबुद्ध डिभिजन वन कार्यालय चन्द्रौटाका प्रमुख बेसिन्द्रराज सुवेदीले बताए । उनका अनुसार चार वटा देखिएपनि तीनवटा फरक रहेको पुष्टि भएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको छ ।

सबैभन्दा पहिला जिल्लाको पश्चिम विजयनगर गाउँपालिका वडा नम्बर–१, गोबरहवा आसपास वन क्षेत्रमा एउटा वयस्क पाटेबाघ क्यामेरा ट्र्यापमा परेको थियो । उक्त बाघ पुस १४ गते बिहान ५ बजेर १६ मिनेटमा क्यामेरामा कैद भएको हो । त्यस्तै ४ दिनपछि नै विजय नगरमा अर्को वयस्क बाघ क्यामेरा ट्र्यापमा परेको थियो ।उक्त बाघको पुस १९ गते राति ११ बजे २३ मिनेटमा स्वचालित क्यामेराले तस्बिर लिएको थियो । तर यो एउटै हो वा फरक हो ।त्यसको कम्प्युटर एनालाइसिस गरेर छुट्याउने काम भइरहेको डिभिजन वन कार्यालय गौतमबुद्धको डिभिजन प्रमुख सुवेदीले बताए ।

त्यस्तै अर्को २ वटा बाघ भने बुद्धभूमि नगरपालिकाको गब्दहवा आसपासका चुरे वनमा देखिएको छ । एउटा पुस २३ गते राति ९ बजेर ४४ मिनेटमा र अर्को पुस २४ गते बिहान ६ बजेर २८ मिनेटमा क्यामेरा ट्र्यापमा परेको थियो । यहाँ देखिएका २ बाघ फरक हुन् । एउटा भाले र अर्कोको लिंग पहिचान हुन सकेको छैन । यी चारै बाघका फरक ग्रिडमा तस्बिर खिचिएको छ । विजयनगरमा भेटिएका २ बाघलाई एउटै संख्या गणना गरेका छौं,’ डिभिजनल प्रमुख सुवेदीले भने : ‘आधिकारिकता प्रमाणित भएर आए संख्या बढ्न पनि सक्छ ।’ कम्तीमा ३ वटा बाघ देखिएको उनले बताए ।

यसरी बाघ भेटिन थालेपछि वन्यजन्तु संरक्षणका कार्यक्रम तराईका निकुञ्जमा मात्रै सीमित गर्न नहुने सन्देश दिएको वन्यजन्तु विशेषज्ञ डा. हेमसागर बरालले बताए । यतिको संख्यामा बाघ देखिनु खुसीको कुरा भएको बाघ बरालले बताए । यसले तराई ल्यान्डस्केप आर्को क्षेत्रभित्र र संरक्षति क्षेत्र बाहिर कपिलवस्तु जिल्ला बाघका लागि महत्वपूर्ण क्षेत्रको रूपमा रहेको हुन सक्ने देखाएको उनले तर्क छ ।

विजयनगर गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले जिल्लामा एकैपटक ३ वटा बाघ देखिनु निकै उत्साहको कुरा भएकोे बताए । वाइल्ड लाइफप्रेमी उनी बाघकै लागि बर्सेनी २–३ पटक बर्दिया पुग्ने गर्दथे उनले भने । गाउँपालिका अन्र्तगतको जंगलमा बाघ देखिएपछि उनी निकै उत्साहितहुँदै संरक्षण र पर्यटन प्रवद्र्धनको लागि ठोस योजना बनाउने समेत उनको भनाई छ । आहारा चक्रको शीर्ष स्थानमा हुने बाघ यहाँ भेटिनु खुसीको कुरा भएको तराई भ–ूपरिधी (ताल) कार्यक्रम बाँकेका प्रमुख लक्ष्मण पौडेलले बताए । बाघको स्रोत भएको ठाउँ भारतको सोहेल्वावन्यजन्तु आरक्ष वाबाँके राष्ट्रिय निकुञ्जबाट आएको हुन सक्छ’ । उनले भने : ‘पहिलेदेखि यहि भएको पनि हुन सक्छ ।’
वन्यजन्तु चोरी सिकारी गर्नेको तस्बिर पनि क्यामेरामा कैद हुने हुँदाचोरी तस्करी कम हुने क्यामेरा ट्र्यापिङका फोकल पर्सन तथा डभिजिन वन कार्यालय गौतमबुद्धका सहायक वन अधिकृत कल्याण सापकोटाले बताए । ‘अघल्लिो वर्ष दाङमा बन्दुक सहित हिंडेको मान्छे फेला परेको थियो,’ उनले भने, ‘यस्तो अवस्थामा मान्छे पहिचान हुन्छ ।’ क्यामेरा ट्र्यापिङमा यहाँ प्रसस्त चितुवापनि देखिएका छन् । फिसिङि क्याट, नीलगाई, मृग, रतुवा र वनेललगायतका धेरै वन्यजन्तु यहाँ फेला परेका छन् । क्यामेरा ट्र्यापिङको नतिजाले वन्यजन्तुको अवस्था, वन व्यवस्थापन र संरक्षण नीति योजना बनाएर काम गर्न सहयोग पुग्ने डब्लूडब्लूएफका वाइल्डलाइफ फिल्ड वायोलोजस्टि शशांक पौडेलले बताए ।

दुई पालिकामा तीन पाटेबाघ
बाघ लगायतका स्तनधारी वन्यजन्तुको अवस्था पत्ता लगाई संरक्षणको काम गर्न क्यामेरा ट्र्यापिङ गरिएको थियो । दाङ, अर्घाखाँची र कपिलवस्तुका घना वन र चुरे शृंखला आसपासका पारिस्थितिकीय अवस्था थाहा भई पर्या, पर्यटन र दिगो वन व्यवस्थापनका काम गर्न अध्ययन अनुसन्धान गर्ने उद्देश्यले क्यामेरा ट्र्यािपङ गरिएको हो । सम्मफाँटदेखि पहाडका वन पथमा क्यामेरा ट्र्यापिङ गरिएको थियो । विजयनगर गाउँपालिका वडा नम्बर–१, गोबरहवाआसपास वन क्षेत्रमा एउटा वयस्क पाटेबाघ क्यामेरा ट्र्यापमा परेको थियो । उक्त बाघ पुस १४ गते बिहान ५ बजेर १६ मिनेटमा क्यामेरामा कैद भएको हो । त्यस्तै ४ दिनपछि नै विजयनगरमा अर्को वयस्क बाघ क्यामेरा ट्र्यापमा परेको थियो ।
विश्ववन्य जन्तुकोष (डब्लूडब्लूएफ) नेपालको सहयोगमा तराई भूपरिधि कार्यक्रम ताल बाँकेद्वारा तीनजिल्लामा १ सय ८१ अत्याधुनिक स्वचालित क्यामरा राखिएको थियो । क्यामेरा राखेको पहिलो दिनमै कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर–९, गब्दहवा गाउँ नजिकै वन क्षेत्रबाट हुँदै आवत जावतहुने मुख्य बाटोमावयस्कचितुवा क्यामेरा ट्र्यापमा परेपछि संरक्षणकर्मी निकै उत्साहितबनेका थिए । त्यसपछि अहिले बाघ देखिंदा संरक्षणकर्मी खुसीबनेका छन् । गब्दहवा आसपास क्यामेरा ट्र्यापिङमाजाँदा नै नागरिक वैज्ञानिक नरेश चौधरी निक्कै खुसीथिए । करिब ९ वर्षदेखिक्यामेरा ट्र्यापिङ गरिरहेका अनुभवी उनले त्यहाँ बाघको पाइला देखेका थिए । बाघ पर्छ भन्नेमा ढुक्क थिएँ,’ उनले भने, नभन्दै ट्र्यापमा पयो ।’ बाघ देखिने सम्भावना भएको एउटा ग्रिड (दुरी कायम) को क्यामेरा हराएकाले थप बाघ ट्र्यापमान परेको बताए ।

क्यामेरा ट्रापिङ गर्न महिनौ जंगल
दाङको गढवा र राप्ती गाउँपालिका, अर्घाखाँचीको शितगंगा नगरपालिका, कपिलवस्तुको विजयनगर गाउँपालिका, शिवराज र बुद्धभूमि नगरपालिकाको चुरे वन क्षेत्रमा क्यामेरा ट्र्यापिङ गरिएको हो । क्यामेरा ट्र्यापिङको काम २२ डिसेम्बर २०२३ मा सुरु भई २५ जनवरी २०२४ मा सकिएको थियो । २ किलोमिटर क्षेत्रको १ सय ८१ वटा स्याम्पलिङ ग्रिड (दुरी कायम) बनाइएका थिए । ग्रिडको बीच पर्ने १८१ वटा क्यामेरा राखिएको थियो । तीनवटै जिल्लाको भू–भाग समेट्ने गरी ७२५ वर्ग किमि क्षेत्रमा क्यामेरा ट्र्यापिङ गरिएको हो । ट्र्यापिङका अनुभवी नागरिक वैज्ञानिक, सम्बन्धित क्षेत्रका स्थानीय र डिभिजन वनका वन रक्षकसहित १२ टोली ४८ जनाले जंगलमा टेन्ट ताँगी ट्र्यापिङमा गरेका थिए ।

स्वचालित क्यामेरा जडान
वन्यजन्तु ओहोरदोहोर गर्ने बढी सम्भाव्य भएको ठाउँमा क्यामेरा जडान गरिएको थियो । बाटोदेखि ४/५ मिटर दायाँबायाँ र भुइँदेखि ४५ देखि ६० सेन्टिमिटर माथि रुख वालौरो गाडेर राखिने गरिएको छ । क्यामेराको सेन्सरले हावा र तापक्रममा हुने परिवर्तनसँग फोटो खिच्न थाल्छ । उक्त बाटो हुँदै आवतजावत गर्ने जोसुकैको तस्बर खिच्ने गर्छ । यो क्षेत्रमा पहिलो पटक क्यामेरा ट्र्यापिङ गरिएको हो ।

क्यामेराबाट मेमोरी कार्ड निकालेर ओटीजी डिभाइसमार्फत मोबाईलबाट तत्कालै वन्यजन्तु परे नपरेको हेर्न मिल्नु सुविधा थियो । फोटोमा मिति र समय सबै रेकर्ड हुन्छ । रातमा अटोमेटिक रूपमा फ्ल्यास बालेर फोटो खिच्छ । कुन ग्रिडमा खिचियो क्यामेराको सिरियल नम्बरले ठेगाना थाहा लाग्छ । अहिले आएका परिणामले बाघ, वन्यजन्तु र संरक्षणका लागि काम गर्न धेरै सहयोग पुग्ने आकलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?