ट्रेंडिंग:

>> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया

साईकलको खुसी

आर्थिक अवस्था कमजोर रहेका कारण साईकल किन्न नसक्दा रहर मारेर बाध्यताले पैदल यात्रा गरी विद्यालय आउने गरेकी थिइन् । केही साता अघि वडा कार्यालय खरेन्द्रपुरले निःशुल्क साईकल प्रदान गरेपछि उनलाई स्कुल पुग्न सजिलो भएको छ ।
९ चैत्र २०८०, शुक्रबार
९ चैत्र २०८०, शुक्रबार

चन्द्रौटा (कपिलवस्तु), ९ चैत । घरदेखि विद्यालयको दूरी खासै टाढा छैन । तर जंगलको बाटो कठिन नै हुन्छ । त्यसमा २ वटा खोलापार गरेर विद्यालय पुग्छिन् निलम थारु । १२ बर्षिय उनी सामान्य घर परिवारमा हुर्केकी छन् । कपिलवस्तुको शिवराज नगरपालिका–३, भितरिया घर भएकी निलम समयथान माध्यमिक विद्यालयमा अहिले कक्षा ६ मा अध्ययनरत छिन् । उनको घर र विद्यालयको दूरी करिब ४ किलोमिटर रहेको छ ।
त्यहि घना जंगलको बाटो हुँदै दिनहुँ उनी पैदल विद्यालय आवतजावत गर्ने गरेको बताउँछिन् । आर्थिक अवस्था कमजोर रहेका कारण साईकल किन्न नसक्दा रहर मारेर बाध्यताले पैदल यात्रा गरी विद्यालय आउने गरेकी थिइन् । साधन अभाव भए पनि शिक्षा आर्जन गर्नुपर्छ भनेर निलम आँटेर विद्यालय पुग्छिन् । यद्यपी समयमा विद्यालय पुग्न निकै कठिन भएको उनले दुखेसो सुनाईन् । निलम भन्छिन : “केही साता अघि वडा कार्यालय खरेन्द्रपुरले निःशुल्क साईकल प्रदान गरेपछि खुसी छु” ।

उनलाई यतिबेला साईकल पाएपछि समयमा विद्यालय पुग्न निकै सजिलो भएको छ । पढने इच्छा भएर पनि शैक्षिक सामग्री लगायत घरबाट व्यवस्थापन हुन नसक्दा पढाइ छोड्ने निधो गरेकी समेत गरेकी थिइन निलम । बीचमा केही विद्यालय पनि गईनन्, त्यसैमा कक्षा ६ मा एकपटक असफल भएर पनि निःशुल्क साईकल र निःशुल्क शिक्षा भएपछि उनीमा पढ्ने आशा जागेको छ ।

यस्तै भितरिया गाउँकै निरुता थारु १५ बर्षकी भएकी छन् । उनी २ बर्षको हुँदाउनको बुवाको निधन भयो । सामान्य जागिर गरेर घर गृहस्ती सम्हालेकी निरुताको आमा नुनदेखि सुनसम्म किन्नु पर्दा पक्कै घर व्यवहार चलाउन सजिलो छैन् । जसको घरमा २ वटा चेली हुर्काउन र अध्ययन गराउन जटिलता कसो नहोला र ? लामो संघर्षपछि कक्षा ८ मा अध्ययरत निरुता साईकल पाउँदा खुसी भएकी छिन् । समयथानमा माबि कक्षा ८ मा अध्ययनरत सोही गाउँको बास्ना थारुले साईकल पाउँदा खुसी व्यक्त गरिन् । घरदेखि विद्यालयको दूरी टाढा भएका बस्तीका छात्रालाई वडा कार्यालयले साईकलप्रदान गरेको छ । वडाले भितरिया, मैनार र बुलकीयागाउँका ५० जना छात्राविद्यार्थीलाई साईकल प्रदान गरिएको वडा अध्यक्ष टेकलाल सापकोटाले जानकारी दिए । विद्यार्थीलाई अध्ययनमा सहजता प्रदान गर्ने उद्देश्यले साईकल प्रदान गरिएको उनको भनाई छ । साईकल खरिदमा वडाले ४ लाख विनियोजन गरेको थियो । टोलविकास संस्थाको सहयोगमा कक्षा ६ देखि माथि अध्ययनरत छात्राहरू छनोट गरिएको उनले जनाए ।

साईकल सहयोगले छात्राहरूको विद्यालय छाड्ने दरमा कमी हुने शिवराज नगरपालिकाका उप–प्रमुख शिवकुमारी थारु बताउँछिन् ।तीन बस्तीका बालबालिकाका लागि मैनार र भितरियामा कक्षा ५ सम्म अध्यापन हुने विद्यालय रहेको छ । थप अध्ययनका लागि पूर्व–पश्चिम राजमार्गको चन्द्रौटा, शिवपुर र खरेन्द्रपुर पुग्नुपर्ने बाध्यता रहेको नगर उप–प्रमुख थारुको भनाई छ । ‘छात्राहरूले उच्च शिक्षा अध्ययन गर्न र विद्यालय छाड्ने दर शून्य बनाउन साइकल उपहार दिइएको’– वडा सदस्य श्यामलाल थारुले बताए । त्यहाँका विद्यार्थी करिब ७ किलोमिटर दूरीको यात्रागरी विद्यालय पुग्दै आएका छन् । गाउँबस्तीबाट विद्यालय टाढा छ । वन क्षेत्र भएकाले आवतजावतगर्न समस्या छ । किशोरीहरूलाई सुरक्षाको समेत समस्या थियो । ग्रामिण बस्तीबाट विद्यालय पुग्न कुनै सवारी साधन सञ्चालन छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?