ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

बुबाबाट आफुले सिके, अहिले चोयाबाट डोको बनाएर बेच्छन् पुनाराम

८ चैत्र २०८०, बिहीबार
८ चैत्र २०८०, बिहीबार

दाङ, ८ चैत ।

कुनै ठूला डोका कुनै साना बुनेर तयार भएका लहरै राखिएका छन् । बाँसका चोयाबाट छिट्नी बनाउन व्यस्त छन्, घोराही उपमहानगरपालिका –१ अलवास का ३८ बर्षीय पुनाराम सुनार । हुजुरबुवाले डोको, भकारी, छिटुवा, छिट्नी, टोकरी, सुपो र डालो आदि बुन्ने गरेको देखेर त्यही पेसा बुवाले गर्दै आएको बताए ।

बुवालाई काममा सहयोग गर्दागर्दै बाँसका चोयाको काम गर्न जानेको सुनार बताउँछन् । हजुरबुवाबाट बुवाले सिके, बुवाबाट आफूले सिकेको पुख्र्यौली पेसाबाट उनले परिवार पाल्दै आएका छन् । घोराही – मुर्कुटी सडक वल्लो छेउँमै घर छ पल्लो छेउँमा बसेर छिट्नी बुनिरहेको अवस्थामा भेटिए । अन्य आम्दानीको स्रोत छैन । ‘पाँच रोपनी बारि छ तर सिँचाइको अभावले बर्षाको समयमा मात्र मकैको खेती हुन्छ त्यसले केही महिना मात्र खान पुग्छ’ उनले भने, ‘सात जनाको परिवार छ सबै चोयाका सामग्री बिक्री गरेको पैसाले पालिएका छौं ।’

डोको, भकारी, छिट्टुवा, छिट्नी, टोकरी सुपो, डालो आदि बुन्न आउने गरेको उनले बताए । साना सामान भए दैनिक २ देखि ४ वटासम्म बुन्न सकिन्छ । ठूला सामान बनाउन धेरै समय लाग्ने उनले बताए । एउटा तयारी डोको ६००, छिट्नी ३०० र पुजा टोकरी ४५० रुपैयाँमा गाउँघरमा बिक्री भैरहेको उनले बताए । घोराही बजारमा पनि बिक्रीका लागि लैजाने गरेको उनले बताए ।

घर छेउँको बारीको काल्नोमा केही घार बाँस छ तर त्यसबाट सधैलाई सामग्री बनाउन नपुग्ने भएकाले अन्य स्थानबाट बाँस किनेर सामग्री बनाउने गरेको उनले बताए । पहिले पहिले बाँस सस्तो मूल्यमा(५०÷१०० रुपैयाँमा) किन्न पाइन्थ्यो अहिले एउटै बाँसको मूल्य २०० देखि ५०० सम्म पर्ने गर्छ त्यसैले सामग्री पनि महंगो हुने गरेको छ ।

एउटा बाँसबाट २, ३ वटा सामग्री बन्ने भएकाले सामग्री बेच्दा पनि केही फाइदा हुने उनी बताउँछन् । आफ्नो मेहनतको कमाईले घर व्यवहार चलाउन सहयोग गरेको छ । हातमा सिप भयो भने सजिलो हुने उनको भनाई छ । तीन छोरी, एक छोरा छन् । उनीहरुले नजिकैको सरकारी विद्यालयमा पढ्ने गरेको र पढाई खर्च र घर खर्च सबै बाँसका सामग्री बिक्रीको कमाईले खर्च चलेको उनले बताए । आमा र श्रीमतीले काममा आफुलाई सहयोग गर्ने गरेको उनले बताए । हातमा भएको सिपलाई सदुपयोग गरेर घरपरिवारसंगै बसेर काम गर्न पाएकोमा खुशी भएको बताए । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नका लागि स्थानीय सरकारले बजारीकरण र अनुदानको कार्यक्रम ल्याएमा आफूजस्ता साना व्यवसायीलाई राम्रो हुने उनको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?