ट्रेंडिंग:

>> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक

बाँदर धपाउन ‘भोटे कुकुर’

८ चैत्र २०८०, बिहीबार
८ चैत्र २०८०, बिहीबार

अर्घाखाँची, ८ चैत । जिल्लाको पाणिनी गाउँपालिका वडा नं. २ पोखराथोकका कृषक लोकबहादुर रसाईलीले भोटे कुकुर पाल्ने योजना बनाए । भोटे कुकुर रहरका लागि पाल्न खोजेका होईनन्, बाँदरले दुः ख दिएपछि बादँर धपाउन भोटे कुकुर पाल्ने योजना बनाए ।
वडा कार्यालयले ७५ प्रतिशत अनुदान दिनेगरी भोटे कुकुर कृषकलाई दिने निवेदन आव्हान गरेसँगै रसाईलीले वडामा पुगेर निवेदन दिए । निवेदनकै आधारमा उनलाई भोटे कुकुर पाउने कृषकको रूपमा वडाले छनोट ग¥यो । छनोट भएपछि बुधबार वडा कार्यालयबाट रसाईलीले अनुदानको कुकुर पाए । वन्यजन्तुबाट खेतीबाली जोगाउन कृषकलाई भोटे कुकुर वितरण गर्ने योजना वडाले ल्याएको हो । पाणिनी गाउँपालिका –२ पोखराथोकमा कृषकको मागकाआधारमा शुद्ध नश्लका ९ वटा भोटे कुकुर वितरण गरिएको वडा अध्यक्षचन्द्रकान्तपौडेलले बताए ।

बाँदर,बँदेल,दुम्सीलाग्ने क्षेत्रका सबै गाउँ समेटिने गरी कृषककै मागकाआधारमाभोटे कुकुर वितरण गरिएको हो । बाँदर लागेर खेतीपाती जोगाउन मुस्किल भएका तथा बन्यजन्तुबाट हैरानीखपेका कृषकहरू पनिभोटे कुकुर पाएपछि खुशीभएको कृषक मेघनाथ गैरेले बताए ।
पोखराथोकका कृषक भाष्करराजपौडेल र धनबहादुर घर्तीले श्रोत केन्द्र स्थापनागर्ने उद्देश्यले कुकुर–कुकुरनीपालन गर्ने योेजना बनाए । सोही अनुसार वडाले उनीहरूलाई जोडी कुकुर दिएको छ । ‘खेतीपाती तथा फलफूल जोगाउन मुस्किल थियो, बाँदर तथा बन्यजन्तुले हैरानी दिएका थिए, भोटे कुकुर पाएपछि खुशी भएका छौं, आगामी वर्ष सम्ममा यहाँ नै भोटे कुकुर उत्पादन गछौँ, भाष्करले भने ।’

कृषकहरूको २५ प्रतिशत र वडा कार्यालयको ७५ प्रतिशतलागत सहभागीतामा भोटे कुकुर वितरण गरिएको छ । वडा अध्यक्षसहित पाणिनी गाउँपालिकाको कृषितथापशु शाखाकाप्राविधिकहरूले धादिंगभोटे कुकुर क्लबअफ नेपाल, पोखरा महानगर पालिकाको वडा नम्बर २१को भोटे कुकुर अफ नेपाल र माछापुच्छे« गाउँपालिकाबाट खरिद गरेका कुकुर कृषकलाई वितरण गरिएको हो।सबै डाक्टरी रिपोर्ट, डिएन ए चेक समेत गरेर कुकुर ल्याइएको पाणिनी गाउँपालिका पशु शाखाका कर्मचारी कृष्ण घिमिरेले बताए । ४० देखि ६० दिन सम्मका कुकुरहरूको खरिद मुल्यप्रति कुकुर ३५ हजार रहेको छ । कृषकहरूले ३५ हजारको २५ प्रतिशतअर्थात ८ हजार ७ सय ५० रूपैयामा शुद्ध नश्लका भोटे कुकर पाएका छन् । वडाकार्यालयको करिब २ लाख ४० हजार र कृषकहरूको ८० हजार लागत सहभागितामा कुकुर वितरण गरिएको हो ।

बादर बदेल जस्ता बन्यजन्तुले सताउन थालेपछि अर्घाखाँची सहित पहाडि जिल्लाकामानिसको बढ्दो बसाइसराइ रोक्न यो कार्यक्रमप्रभावकारी हुने अपेक्षा रहेको गाउँपालिकाका प्रमुखप्रशासकीय अधिृकृत रोमनाथ न्यौपानेले बताए । अर्घाखाँचीका अधिकांस क्षेत्रमा बाँदर, बँदेल, दुम्सी जस्ता बन्यजन्तुले खेतीबाली सखापपारेपछि कृषकहरू चिन्तितबनेका छन् । वन्यजन्तुबाट खेती जोगाउन गरेको कुकुर वितरण कार्यक्रम नेपालकै सबै स्थानीय तहमा पहिलो भएको पाणिनि गाउँपालिकाको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?