© २०२३
बुटवल, ३ चैत । जिल्लाको गुल्मीदरबार गाउँपालिका वडा नम्बर–२ जुघुममा जन्मीएका खिम बहादुर खड्का सुरुवाती दिनमा सामान्य थिए । बुटवलमा बसेर प्लस टु सकेपछि उनी आफ्नै गृह जिल्लामा गए । स्थानीय जुघुम माविमा लेखापालको जागिर खुलेको थाहा पाएपछि उनी बुटवलबाट गाउँ गएका थिए । जहाँ उनले लिखित परीक्षा, अन्तरवार्ता र कम्युटर सीप परिक्षणमा उत्तीर्ण भएपछि जागिर सुरुवात गरे । उनले जागिर सुरुवात गरेको करिब ६ महिना पछि उनी गाउँमा नै ठुलो दुर्घटनामा परे । गाउँमा जीप दुर्घटना हुँदा उनी पूर्ण घाईते भए । शरीरमा बाहिरी कुनै पनि चोट–पटक नभएपनि उनको मेरुदण्डको माथिल्लो भागको भित्री नशामा नराम्रोसँग असर प¥यो । उनको शरिरको तल्लो भागले काम गर्न छाड्यो ।
दुर्घटना भएपछि उनी आफ्नो दाजुको सहयोगमा तानसेनमा रहेको मिसन अस्पतालमा दुई हप्ताको उपचार पछि काठमाडौंमा बिर हस्पिटलमा उपचारको लागि लगियो । त्यहाँबाट उनी ओम अस्पतालमा गए । शरिरको तल्लो भागले काम गर्न छाडेपछि उनी ‘मुढो जस्तै’ भए । तर उपचारमा उनका दाजुले कुनै पनि कमी हुन दिएनन् । उनको ओम अस्पतालमा अप्रेसन भयो । त्यहाँ उनको फिजियो थेरापी पनि भयो । उनको शरिरको तल्लो भागले बिस्तारै काम गर्न थाल्यो । ३ बर्ष सम्म अस्पतालको बसाइँ बसेपछि उनी बिस्तारै बैशाखी टेकेर, लठ्ठीको शाहराले हिँड्न डुल्न सक्ने भए । त्यसपश्चात बिस्तारै उनीमा हिम्मत आयो । उनले उपचारमा मात्रै २० लाख जति खर्च भयो ।
पहिला सामान्य नागरिकको रूपमा रहेका उनी दुर्घटना पश्चात अपाङ्गता भएका नागरिक भए । उनको शरिरको तल्लो भाग खासगरी खुट्टा भागले अहिले पनि पूर्ण रूपमा काम गर्दैन । उनी ‘मोपेड स्कुटर’ सहायताले हिड्डुल गर्दछन् । उनिमा अपाङ्गता भएपछि नयाँ संसारमा आए जस्तै भयो । छुट्टै संसारमा भएपनि उनले दुर्घटना पश्चात पुर्नजीवन पाएको कारण त्यसलाई पूर्णरूपमा सदुपयोग गर्ने गरी अगाडि बढाउने निधो गरे । परिवारको पूर्ण साथ र सहयोगले उनले बुटवल देवीनगरमा वि.सं. २०७६ सालमा कम्प्युटर ईन्ष्च्युट खोले । मेघा कम्प्युटर ईन्ष्च्युट देवीनगरमा स्थापना गरेका उनले कप्युटर कक्षा, अंग्रेजी भाषा कक्षा र ट्युसन समेत कक्षा पढाउने गर्दथे । वि.सं. २०७३ साल सम्म उनले यो पेशा गरेपछि छाडे ।
उनले विवाह गरे । कपिलवस्तुबाट सावित्रा खनाल खड्का संग विवाह गरेका उनको हरेक काममा श्रीमतीले सघाउँदै आएकी छिन् । उनी सामान्य व्यक्ति हुन । ईन्ष्च्युट चलाएपछि उनले व्यवसाय गर्ने हिम्मत अगाडी बढाए । उनले नयाँ विजनेशको रूपमा फर्निचर व्यवसायलाई अगाडी बढाउने सोँच बनाए । बुटवलको देवीनगरमा सुरुवात गरेको उनको फर्निचर विजनेशले राम्रै स्थान लिएपछि उनले त्यसलाई बिस्तार गरी मणिग्राममा पनि शोरुम स्थापना गरे । अहिले उनले शोरुम हटाएका छन् भने फैक्ट्री चै चलेको छ ।
रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ६ दश नम्बर चौपारी मा उनको मेघा स–मिल तथा फर्निचर उद्योग छ । जुन वि.सं. २०७५ सालमा उनले स्थापना गरेका हुन । कुनै समयमा फर्निचरमा २० देखि २५ जना कामदारले नियमित काम गर्दै आएको उनको उद्योगमा अहिले पनि कामदार संख्या न्यून छ ।
उच्च प्रविधियुक्त काठ तथा प्लाईबाट उत्पादन हुनै सबै जसो फर्निचर, फर्निसिङ्गको काम गर्दै आएका उनले अन्य उद्योगहरूमा भन्दा केही सहुलियतमा पनि सामाग्री निर्माण गरी विक्री गर्दै आएका छन् । आर्थिक मन्दीको कारण शोरुम हटाएपनि उनको उद्योग बाट नै सामान अर्डर गरेर बनाउन सकिन्छ । उनी भन्छन्–‘आर्थिक मन्दीको कारण सामस्या धेरै छन्, तर हामी फैक्ट्रीबाट नै सामान निर्माण गरेर दिन्छौं । ’
रूपन्देही सहित छिमेकी जिल्लाहरूमा पनि सेवा प्रदान गर्दै आएको बताउने खड्काले ८ कठ्ठा जग्गा भाडामा लिएर उद्योग सञ्चालन गरेका हुन । ३९ बर्षिय खड्काले फर्निचर उद्योग १६ लाख लगानीबाट सुरुवात गरेका थिए । अहिले करिव डेढ करोड भन्दा माथिको फर्निचर उद्योगमा लगानी भएको छ ।
पहिलाको तुलानामा ८० प्रतिशत भन्दा कम व्यापार घाटा भएको कारण उनले यसलाई पार्टनरसीपमा लैजाने वा शेयर विक्री गर्ने समेत योजना बनाएका छन् । बुटवल फर्निचर उद्योग संघका महासचिव समेत रहेका खड्काले बजार अभाव, आर्थिक मन्दीको कारण समस्या भएको बताउँछन् । केही समय पहिला दर्ता विनाका भारतीय कामदार नेपालमा आएर ठाउँ–ठाउँमा फर्निचर्स, ईन्टेरियको काम गर्दा नेपाली नेपाली फर्निचर व्यवसायीहरू घाटामा गएको उनको भनाई छ । तर पछिल्लो समयमा भने केही व्यवसायीहरूले यसरी दर्ता गरेर काम गर्दै आएको अनुगमनमा देखिएको उनि बताउँछन् ।
बैंकको व्याज समेत उच्च भएको कारण व्यवसायीहरू धरासायी हँुदै गएको उनको तर्क छ । यसमा सरकारले नै व्यवसायीहरूलाई बचाउनको लागि बैंक व्याजदरमा एकरूपता ल्याउन आवश्यक रहेको उनि बताउँछन् । दुई सन्तानका पिता भएका उनि अपाङ्गता भैकनपनि फर्निचर उद्योगमा एउटा छवि बनाउन सफल भएका उनी उदाहरणीय पात्र हुन । निकट भविश्यमा अपाङ्गता सम्बन्धी संस्था नै स्थापना गरेर सामाजिककार्य गर्ने योजना बनाएका उनको लागि सबैभन्दा बढि प्रेरेणा ढाडर दिने काम श्रीमती साबित्राबाट पाउने गरेका छन् ।
फोरह्वील मोपेड स्कुटर सञ्चालन गरी ठाउँ ठाउँमा फर्निचरको कामको अर्डर लिन, पैसा उठाउन र मार्केटिङ्ग गर्नको लागि उनी जान्छन् । दुबै खुट्टाले सामान्य मानिसले जस्तो काम नगरेको कारण हिडडुल गर्नको लागि अफ्ठारो परेको उनको तर्क छ ।
सरकाले निर्माण गर्ने भवन तथा संरचना अपाङ्गता मैत्री नहुँदा सेवा लिन, प्रवाहमा अफ्ठारो परेको उनको भनाई रहेको छ । रूपन्देहीकै शंकरनगरमा उनले सोही व्यवसायीबाट घरसमेत निर्माण गरेका छन् । केही बर्ष पहिला सम्म व्यवसाय राम्रो रहेपनि अहिले भने घाटाको विजनेश भएको उनको तर्क छ । खासगरी मानिसको क्रस शक्तिमा ह्रस आएको कारणले गर्दा बजारको अर्थतन्त्र घाटामा गएको उनको भनाई छ । बिएड् सम्मको अध्यायन नले बुटवल बहुमुखी क्याम्पसबाट पुरा गरेको थिए । अपाङ्गता जो कोही जुन सुकै बेला हुने भन्दै उनले अपाङ्गता भएका समुदायप्रति अहिले पनि समाजमा हुने दुव्र्यवहार सधैंका लागि अन्त्य हुनुपर्ने, नयाँ निर्माण हुने संरचना अपाङ्गतामैत्री हुनुपर्ने आवाज समेत उठाउँदै आएका छन् ।