© २०२३
बुटवल, २ चैत । केही बर्ष पहिला बुटवल उपमहानगरपालिकाले तालिम आयोजना ग¥यो । जंगलमा सहज रूपमा पाईने थाकलबाट विभिन्न सामग्री बनाउने बिक्री गर्ने । सोही अनुसार महिला समूह तयार भए । तालिम समेत आयोजना भयो । थाकलका विभिन्न सजावटका सामग्री सहित टोपी, झोला, फुलदानी, टोकरी लगायतका सामग्री समेत नियमित उत्पादन हुन थाले ।
सात वटा समूह मार्फत ३५ जना भन्दा बढि महिलाहरू समावेश भएर सुरुवात भएको ‘लघु उद्यमी महिला समूह’ ले उत्पादित सामग्रीको लागि बजार खोजिरहेको थियो । बुटवल उद्योग बाणिज्य संघमा संघकै पहलामा कोशेली घर स्थापना भएपछि महिलाहरूले उत्पादन गरेको थाकलका विभिन्न सामग्री, मस्यौरा, झिनिया रोटी सहित विभिन्न उपहार दिने, सजावटका सामग्री, जुत्ता चप्पल समेत त्यहाँ राखियो ।
लघु उद्यमी महिला समुहका संयोजक निर्जला अधिकारीथापाका अनुसार उत्पादन भएको सामग्रीको बजार विस्तारमा भने समस्या भएको छ । समूहमा महिलाहरूले लगानी लगाएर उत्पादन गरेको सामग्री अहिले सम्म उत्साहजनक रूपमा बिक्री नहुँदा महिला समूहका उद्यमी महिलाहरू पनि निरास भएको संयोजक अधिकारीको भनाइ छ ।
२०८० साल असोज ८ गते बुटवल उद्योग बाणिज्य संघले कोशेली घरको उद्घाटन गरेर त्यहाँ महिलाहरूले उत्पादन गरेका विभिन्न बस्तु राखिएका छन् । जसको लागि उद्योग बाणिज्य संघले आफ्नो कार्यालय परिषरमा रहेको संरचना निःशुल्क रूपमा उपलब्ध गराएको छ । महिला उद्यमी समूहले जंगलमा खेरा गैरहेको बस्तु संकलन गरी थाकलको पात बाट आर्कषक रूपमा टोपी, झोला, फुलदानी लगायतका सामग्री बनाएका छन् । भने सालको पातबाट टपरी, बौता समेत बनाएका छन् । यसको अलवामा ज्योति महिला उद्यमी एकल महिला लक्ष्मीनगरको समुहले उत्पादन गरेको मस्यौरा समेत बिक्रीको लागि राखीएको छ ।
बुटवल उपमहानरपालिकाले महिला उद्यमी उत्पादन र प्रवद्र्धनको लागि तालिम प्रदान गरेर उद्यमीकरण बनाउन खोजेको भएपनि उचित स्थान (विक्री कक्ष) आउटलेट नदिएको कारण समस्या भएको समुहका संयोजक निर्जला अधिकारीको भनाई छ । उनी भन्छिन्–‘यहाँ कोशेली घर छ, तर नगरपालिकाको स्वामित्वमा रहेका सटरहरू छन्, त्यहाँ हामीलाई स्थान दिन प¥यो, एउटा कार्यालय भित्र रहेको कोशेली घरमा राखीएका सामानको आशातित रूपमा बिक्री भएन ।’
बुटवल उपमहानरपालिका, बुटवल उद्योग बाणिज्य संघ जस्ता अन्य व्यवसायीक संघ संस्थाहरूले कार्यक्रम आयोजना गर्दा, मायाँको चिनो प्रदान गर्दा या अन्य सभा समारोहमा महिला उद्यमीहरूले निर्माण गरेका सामग्री प्रयोग गरिदिएर सहयोग गर्नुपर्ने उनीहरूको तर्क छ । यसको लागि नगरपालिकाले बाहिरका सामग्री भन्दा पनि महिलाहरूले उत्पादन गरेका विभिन्न सामग्री उपहारको रूपमा, मायाको चिनोको रूपमा, दिने गर्ने हो भने महिला उद्यमी प्रवद्र्धन हुने समेत माग महिला लघु उद्यमीको छ ।
उत्पादन भएको सामग्री बिक्री नभएको कारण ६ महिनामा अन्य उत्पादनमा समेत जोड दिन सक्ने अवस्था नरहेको महिला उद्यमी समूहले जनाएको हो । समूहका महिलाहरूले मिलेर आर्थिक संकलन गरी विभिन्न स्रोत साधनको प्रयोग गरी विभिन्न बस्तु उत्पादन गर्दै आएका हुन्छ । तर सामाग्री विक्रि बाट लागानी गरिएको रकमको ब्याज समेत नउठ्ने अवस्था आएको भन्दै उनीहरू निराश बनेका छन् ।
लघु उद्यमी समूहले निर्माण गरेका सामग्री हरू न्युनतम २ सय रूपैयाँ देखि ११ सय रूपैयाँ सम्मका रहेका छन् । उनीहरूले थाकलको पात लाई बुनेर आर्कषक बुट्टा भरेर , बाहिरबाट पोलीस(कलर) गरेर दिगो पना दिएका छन् । जसबाट निर्माण भएका बस्तुहरू लामो समय सम्म टिक्ने गर्दछन् । महिला उद्यमी समूहले हालसम्म १ लाख रूपैयाँ भन्दा बढि लगानी गरेको छ । तर ६ महिनाको अवधीमा मात्रै ४ देखि ५ हजार रूपैयाँको मात्रै सामान विक्रि भएको छ । उत्पादन भएपनि बजारीकरण र प्रसार प्रसार नहुँदा सामग्री विक्री नभएको उनीहरू बताउँछन् ।
मेहेनती मस्यौरा लघु उद्यमी समूह, ज्योति महिला उद्यमी एकल महिला समुह लक्ष्मीनगर, दुर्गानगर थाकल सामग्री लघु उद्यमी समुह लगायतका ७ वटा समुहले एकिकृत रूपमा ‘लघु उद्यमी महिला समुह’ निर्माण गरी सामग्री उत्पादन, विक्री वितरण तथा बजारीकरण गर्दै आएका छन् । विभिन्न व्यवसायीक संघ संस्था, स्थानीय सरकार, प्रदेश र संघीय सरकारले समेत महिला उद्यमीहरूको सामग्री विक्रि प्रर्वद्धनको लागि ठोस पहल नगरेको कारण समस्यामा रहेको उनीहरूको गुनासो छ ।
यता, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले कोशेली घर कोशेली घर स्थापनापछि एउटा सन्देश प्रवाह भएको भन्दै यसले प्रसार प्रसारमा महŒवपूर्ण भूमिका खेलेको बताए । उनले कोशेली घरमा उद्योग बाणिज्य संघले निरन्तररूपमा प्रवद्र्धनात्मक कार्यक्रम गरेको जानकारी दिँदै यसको लागि थप के गर्न सकिन्छ भन्ने विषयमा छलफल जरुरी रहेको बताएका छन् ।