© २०२३
बुटवल, २६ फागुन ।
रूपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर २ का गिरिजा पन्थी रोजगारीको शिलसिलामा युएई गएका थिए । त्यहाँ उनी सडकमा बाटो पार गर्दै गर्दा सवारी साधानको ठक्करबाट गम्भिर घाईते भए । २३ बर्षका पन्थी को ६ महिना सम्म त उनी बेहोस नै थिए । महिनौंको उपचार उनको युएईमा भयो । उनीको स्पाईनल कर्ड ईन्जुरि देखियो । उनको हातको, घाटीको २ वटा अप्रेसन भए, आवाजको उनको आवाज समेत अहिले कम छ । शरिरकोअवस्था समेत कमजोर छ । उनी अहिले ह्वल चियर प्रयोगकर्ता भएका छन् ।
युएईको उपचार पछि उनी नेपाल आएको एक बर्ष भएको छ । नेपालमा पनि उनको उपचारको लागि ४ लाख भन्दा बढि खर्च भएको छ । सरौलीका उनी उपचार घाउ चोट निको भएपनि उन सामान्य रूपमा मानिस जस्तै हिड् डुल गर्न सक्दैनन्, आवाज पनि कम छ ।
यसरी घरमा आएका उनी एलोपेथिक उपचार पछि अहिले आर्युवेद्धिक उपचारमा लागेका छन् । अर्थात उनी प्रकृतिक चिकित्सा विधिबाट नियमित रूपमा वा थेरापी, भ्वाईस थेपारी लगायतका थेरापी गर्दै आएका छन् ।
रूपन्देहीको सैनामैना नरपालिका वडा नम्बर १ मा रहेको पद्मपाण्ी योग तथा प्राकृतिक चिकित्सालयमा नियमित रूपमा आउने गर्दछन् । त्यहा उनको थेपारीका विभिन्न चरणबाट उपचार भैरहेको छ । ‘प्रकृतिक चिकित्सालयमा आएपछि हिड्ने, डुल्ने तथा आवाज थेरापीमा समेत राम्रो भएको छ , पहिला भन्दा सुधार भएको छ ।’– उनि भन्छन् । पहिला उपचार गरेपनि त्यसबाट निरन्तर अभ्यास, थेरापीको कारण अहिले विस्तिरै सामस्या कम हुदै राम्रो अवस्था हुदै गएको उनको भनाई छ । उनी नियमित रूपमा रिक्सामार्फत प्रकृति चिकित्सालयमा आउछन् । दिनभर नै त्यहाँ थेपारी गरेर उनी जान्छन् ।
२०७६ सालमा स्थापना भएको यो प्रकृतिक चिकित्सालयमा अहिले १२ जना विरामीहरूले नियमित रूपमा सेवा लिईरहेका छन् । सेवाको लागि जाने विरामीहरूबाट सुरुवात टिकट शुल्क २ सय रूपैयाँ लिने गरिन्छ । भने विरामीको अवस्था हेरिकन खाना, उपचार सहित दैनिक १००० सम्म लाग्ने गरेको छ । प्राकृतिक चिकित्सालयमा अहिले १२ जनाको जनशक्तिी रहेको छ । जसमा चिकित्सक १ जना, थेरापिष्ट महिला र पुरुष गरेर ४ जना, अन्य भान्से, चौकीदार लगायत १२ जना रहेका छन् । जसले नियमित रूपमा विरामीको उपचार गर्दै आएका हुन ।
प्राकृतिक रूपमा गरिने उपचार भएको कारण अहिले यहाँँ प्यारालाईसीसबाट पिडीत भएका विरामीहरू रहेका छन् । प्राकृतिक चिकित्सालयका व्यवस्थापक दिपक केसीका अनुसार अहिले धेरै जसो विरामी स्पाईनल ईन्जुरी भएका छन् । अकुपञ्चर, थेरापी, मड थेरापी लगायतका विधिबाट उपचार गरिदै आएको योगाचार्य धुब्र घिमिरेको भनाई रहेको छ ।
उक्त प्राकृतिक चिकित्सालमा अघिल्लो बर्षमा ३ सय ६५ जना विरामीले उपचार गराएका थिए । यो बर्षको फागुन महिना सम्ममा १ सय ८० जनाले उपचार राएका छन् । उपचार गराएका सबै जसो विरामीहरूले स्वाथ्य लाभ प्राप्त गरेको दावि प्रकृतिक चिकित्सालयको रहेको छ । व्यवस्थापक केसी भन्छन्–‘उपचार गरेका अधिकांस सबैको निको भएरै जानुभएको छ । ’ नियमित उपचारको लागि आउने विरामीहरूको लागि निश्चित प्याकेज समेत बनाइएको छ । जसले अन्य एलोपेथिक उपचार भन्दा सस्तो पनि छ ।
रूपन्देहीको सैनामैना नगरपालिका वडा नं १ चारपाला स्थित पद्मपाणि योग तथा प्राकृतिक चिकित्सालय २०७६ साल फागुन महिनामा सञ्चालनमा आएको हो । प्राकृतिक चिकित्सा केन्द्र सैनामैना चारपालाद्धारा संचालित योग तथा प्राकृतिक चिकित्सालयमा योग तथा चिकित्सा पद्धति,रोगी निरोगी,निरोगी दिर्घजीवी भन्ने उद्देश्य सहित चिकित्सालय सञ्चालनमा ल्याइएको हो । पछिल्लो समयमा योग तथा प्राकृतिक चिकित्सालय प्रति जनसमुदायको आर्कषण बढेसँगै आबश्यकता र चाहना अनुसार चिकित्सालय सञ्चालनमा ल्याईएको चिकित्सालयका अध्यक्ष कमलराज घिमिरेको भनाई छ ।
चिकित्सालयमा पञ्चतत्वहरू : पृथ्वी, जल, वायु, सुर्य र आकाशका माध्यमबाट बिना रसायन उपचार गरिन्छ । यसैगरी अस्तालमा नर्सर्ने रोग, जिर्ण रोग, तिब्र रोगहरू मोटोपन, तनाव, चिन्ता, मानसिक रोगीहरू, फिजियोथेरापी , अकुपञ्चर, मधुमेह, बाथ, युरिकएसिड, दम, पायल्स लगायतको उपचार संयोजक प्राकृतिक चिकित्सक धुर्व कुमार घिमीरेले जानकारी दिए । चिकित्सालयृेसउ करिब ७ विद्या क्षेत्रफलमा अवस्थित छ । अस्पतालमा ३६ वटा कोठा छन् । जसमा महिला र पुरुषको छुट्टा छुट्टै उपचार गरिन्छ ।