ट्रेंडिंग:

>> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो

प्रिन्टेड पेपर ‘क्यान्सरको घर’

अहिले पनि जेरी, पुरी, चना – चट्पटे लगायतका बस्तुहरू अखबार , मसीले कोरेका कापी, किताब लगायतमा दिने र खाने प्रचलन रहेको छ । जसमा ‘राडोनामाईन्ट बि’ हुने भएको कारण त्यसको दीर्घकालीन असरको रूपमा ‘क्यान्सर हुने’ अनुसन्धानबाट खुलेको हो ।
१८ फाल्गुन २०८०, शुक्रबार
१८ फाल्गुन २०८०, शुक्रबार

बुटवल, १८ फागुन । जेरी, पुरी, समोसा लगायतका तेलमा तारेका खानेकुरा, चना चट्पटे जस्ता साँधेर खाने बानी तपाईंमा छ ? यदि छ भने त्यो बानी आजै दिनबाट हटाईहाल्नुहोस् । पछिल्लो समयमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले यसरी तारेका समोसा, जेरी, पुरी लगायतका चटपटे आदि खाँदा अखबार वा पिन्टेट पेपरमा हुने मसिको कारण क्यान्सरको खतरा हुने प्रमाणीत गरेको छ ।
तत्काल यसको असर नदेखिएपनि दिनका दिन यसरी अखबार वा प्रिन्टेड पेपरमा राखेर तारेका, भुटेका वा साँधेका खानेकुरा खाँदा ‘स्लोपोईजनको रूपमा’ क्यान्सरको खतरा रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा प्रमुख बरिष्ठ खाद्य अनुसन्धान अधिकृत अनुप हलवाई बताउँछन् । उनका अनुसार विभागबाट नै पत्रचार गरेर यसलाई बन्द गर्नको लागि उपभोक्ता सचेतना लगायतका काम गर्नको लागि निर्देशन समेत भई आएको छ ।

खाद्य प्रदार्थको सिधा सम्पर्कमा आउने मसीले लेखिएको, छोपिएको वा रङ्गाईएको कागजतको प्रयोगले आम उपभोक्ताहरूको स्वाथ्यमा गम्भिर असर पु¥याउने भएकाले खाद्य व्यवसायीहरूले खानेकुरा सिधा सम्पर्कमा आउने मसीयुक्त कागजको प्रयोग गर्न र नगराउनको लागि आग्रह गरेको प्रमुख हलवाई जानकारी दिए । उनका अनुसार यो विषयमा उपभोक्ता सचेतनाको लागि पालिकास्तरमा कार्यक्रम समेत गरिएको छ । केही दिन पहिला सिद्धार्थनगर नगरपालिकामा नगरपालिका, उपभोक्तावादी समुदाय र स्थानीय सडक फुटपाथ व्यवसायीहरूलाई बोलाएर विक्रि वितरण गर्न बन्देज लगाउने विषयमा छलफल तथा सचेतनामुलक कार्यक्रम गरिएको जानकारी दिए ।
तराईका हाट बजारहरूमा अहिले पनि जेरी, पुरी, चना – चट्पटे लगायतका बस्तुहरू अखबार, मसीले कोरेका कापी, किताब लगायतमा दिने र खाने प्रचलन रहेको छ । जसमा ‘रोडोमाइन–बी’ हुने भएको कारण त्यसको दीर्घकालीन असरको रूपमा ‘क्यान्सर हुने’ अनुसन्धानबाट खुलेको हो ।

खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय भैरहवाका प्रमुख हलवाई भन्छन् – ‘यसमा उपभोक्ता सचेतना आवश्यक छ, यसरी तारेका, राखीएका खानेकुरा खानु भएन ।’ यो विषयमा विभागबाट पत्राचार भएकोले सबै पालिकाहरूमा यो सम्बन्धी सूचना प्रभाहको लागि निर्देशाअनुसार जानकारी प्रवाह भएको उनको भनाई रहेको छ ।
खाद्य अनुसन्धान अधिकृत हेमन्त गौतमका अनुसार रोडोमाइन–बी नामक क्यान्सर बनाउने केमिकल प्रयोग भएको कारण यसलाई प्रयोगमा निषेध गर्न आवश्यक रहेको बताए । यसको अलवा कटन क्यान्डी पनि क्यान्सर जोखिम युक्त भएको कारण नेपालका विभिन्न पालिका र भारतमा प्रतिबन्ध लगाइएको छ ।

मेला होस् या बजार कटन क्यान्डी देख्ने बित्तिकै साना बालबालिकाहरू किन्ने प्रयोग गर्ने चीनीबाट बनाइएको यो पद्धार्थ रूपन्देहीका विभिन्न स्थानमा समेत भेटिएको थियो । केही समय पहिला अनुगमन गर्दा केही उद्योगहरूमा भने फुड कलर प्रयोग गरिएको भनेपनि अन्य स्थानमा भने कटन क्यान्डीमा अखाद्य कलर प्रयोग गर्ने गरेको पाइएको कारण विभागबाट नै विक्रि वितरणमा रोक लगाएको छ ।
चीनीबाट तयार पारिने यो मिठाईमा भारतका खाद्य सुरक्षा अधिकारीहरूले जाँचको क्रममा रोडोमाइन–बी केमिकल फेला पारेका थिए । यो केमिकल खासगरी कपडा उद्योगमा प्रयोग गरिन्छ । यो केमिकल क्यान्सर उत्पन्न गर्ने कारक बन्न सक्छ । यो रिपोर्ट सार्वजनिक भएपछि भारतको पुडुचेरी र तमिल नाडु सरकारले यसमाथि प्रतिबन्ध लगाएको छ ।

प्रतिबन्धको उद्देश्य क्यान्डी बनाउने, क्रेता र उपभोग कर्ताबिच यसमा रहेको हानिकारक केमिकलबारे जागरूकता बढाउन आवश्यक रहेको खाद्य अधिकृत बताउँछन् । खान मिठो लाग्ने भए पनि यो स्वास्थ्यको लागि अति नै खतरनाक भएको पाइएको हो ।
स्वास्थ्य अधिकारीहरूका अनुसार रोडोमाइन–बी एक प्रकारको डाई हो । यसको प्रयोग छाला चम्काउन देखि कागज छाप्न समेत प्रयोग हुन्छ । यो स्वास्थ्यका लागि अति नै हानिकारक हुन्छ । शरीरमा गयो भने यसले पेट फुल्ने, जिउ चिलाउने, सास फेर्नमा समस्या आदि गराउँछ । लामो समयसम्म यसको सेवन गर्दा किड्नी, लिभर र आन्द्रामा जमेर किड्नी र लिभर फेल हुने र आन्द्राको क्यान्सर गराउने स्वास्थ्य अधिकारीहरू बताउँछन् ।

विभागले बनायो सचेतः

शहर बजारमा बालबालिकालाई लक्षित गरेर बिक्री भइरहेको ‘कटन क्यान्डी’ मा अखाद्य रंङ प्रयोग गरिएको पाइएको थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको प्रयोगशाला जाँचबाट कटन क्यान्डीमा मानव स्वास्थ्यमा अवसर गर्ने अखाद्य रंङ प्रयोग गरेको पुष्टि भएको हो । केही दिन पहिला विभागले सार्वजनिक सूचना जारी गर्दै खुलारूपमा बिक्री –वितरण भइरहेको रंगीन कटन क्यान्डी मानव स्वास्थ्यमा गम्भीर असर पु¥याउने अखाद्य रंङ रोडा माइन बीको प्रयोग भएको पाइएको जनाएको छ । विभागले अनुज्ञापत्र प्राप्त गरी लेबल लगाएका बाहेक खुलारूपमा बिक्री–वितरण गरिएको कटन क्यान्डीको उपभोग नगर्न तथा नगराउन अनुरोध गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?