ट्रेंडिंग:

>> सानोपाइला सहकारी ठगीमा रवि लामिछानेसहित १४ जनाविरूद्ध पर्सामा पक्राउ पूर्जी >> तुलसीपुरका भाडामा रहेका वडाले आफ्नै भवनबाट सेवा दिंदै >> पाल्पामा सुन्तला महोत्सव हुने >> एमालेले विरासत फर्काउँदा काँग्रेसले गुमायो >> दुइ खेल हारेकाे बिराटनगरकाे राेमाञ्चक पहिलाे जीत, लुम्बिनी लायन्स पराजित >> जथाभावी सडक निर्माणले विपत्ती: मुख्यमन्त्री कँडेल >> सुनसरीमा सरकारी गाडीबाट ६९० किलो गाँजा बरामद >> श्रीमतीको ‘झोला काण्ड’ बचाउन खोज्दा खोज्दै महाअभियोगसम्म द. कोरियाली राष्ट्रपति >> चलचित्र बोर्डले ११ हललाई कानूनी पत्र >> दक्षिण कोरियामा महाभियोगको प्रस्ताव, राष्ट्रपति योलको चुनौती >> एपीएल: लुम्बिनी लायन्सले बनायो उच्च स्कोर, विराटनगर किङ्सलाई १९२ रनको लक्ष्य >> ज्येष्ठ नागरिक सम्मान तथा न्यानो स्विटर वितरण >> यी हुन बिआर आई फ्रेमवर्क भित्र परेका १० आयोजना >> बारा र कपिलवस्तुमा करेन्ट लागेर २ जनाको मृत्यु >> चितवनमा रविका समर्थक र प्रहरीबिच झडप (फोटोफिचर) >> राष्ट्रपति पौडेलको प्रोस्टेट शल्यक्रिया सफल, अवस्था सामान्य >> विराटनगरले टस जितेर पहिले बलिङ रोज्यो, लुम्बिनीलाइ जित्ने दाउँमा >> चितवनमा रास्वपाको प्रदर्शन, प्रहरीद्धारा बल प्रयोग >> नेपाल र चीनबिच बिआरआइ फ्रेमवर्कमा हस्ताक्षर >> भुटानका राजा भोली नयाँ दिल्ली जाँदै >> एनपीएल : करणको विष्फोटक ब्याटिङमा काठमाडौको पहिलो जित >> पुष्पाः२ फिल्म लामो भए पनि बोर हुने छैन्ः फिल्म समिक्षक >> दक्षिण कोरियाका राष्ट्रपति बिरूद्द ‘मार्शल ल’ लगाउने महाअभियोग दर्ता >> कर्णालीले दियो काठमाडौंलाइ १५० रनको लक्ष्य, शिखर धवन एक्लैले जोडे ७२ रन >> रोजगारीको प्रलोभनमा मानव तस्करीको स्वरुप फेरिएको छः सांसद केसी >> माओवादी प्रवासद्दारा बाढी पिडितलाई ५ लाख सहयोग >> एनपिएलमा सट्टेबाजी खेलाउने भारतीयहरू त्रिवि क्रिकेट मैदानभित्रै >> रूपन्देही डान्स स्टार सिजन–४ फाईनलमा २० प्रतिस्प्रर्धी >> महेशपुर भन्सार राजश्व घटेपछि प्रमुखको सरुवा >> कपिलवस्तु महोत्सवको तयारी पुरा >> जनप्रतिनिधिको तलब सुविधा कटौतीको कुरा >> एनपीएलमा कर्णाली र काठमाण्डौ तथा विराटनगर र लुम्बिनीको खेल आज >> कालीगण्डकी कोरिडोर सडक आजदेखि एक साता बन्द >> सिमेन्ट उद्योगले मूल्य बढाउँदा मर्कामा उपभोक्ता >> चुनौती बन्दै बीस वर्ष वारिका ‘आमा’ >> जाडो बढ्दै, कस्तो रहला आजको मौसम ? >> नेपाल-चीन १२ बुँदे संयुक्त वक्तव्य जारी, केरुङ-काठमाडौं रेलदेखि पोखरा र लुम्बिनीमा सीधा उडान >> दाङका १० पालिकाको समन्वयात्मक बैठक : असल अभ्यासका बारेमा जानकारी >> लुम्बिनी साँस्कृतिक नगरपालिका–१३ मा ग्याँस सिलिण्डर र चुलो वितरण >> शिक्षक तथा विद्यार्थीको प्रतिभा पहिचानका लागि वक्तृत्वकला >> हाइस दुर्घटनामा परी कञ्चनपुरमा ८ जना घाइते >> चिनिया राष्ट्रपतिकाे घोषणा: नेपाललाई ९ अर्ब अनुदान >> राैतहटमा पनि गढीमाइ मेला, कावा प्रधानमन्त्रीद्वारा मेलाको उदघाटन >> ताजमहललाई बमले उडाउने धम्की, बढाइयो सुरक्षा >> एनपीएलमा पोखरा पराजित, चितवनले मारयाे बाजी >> नेप्से परिसूचक ०.६४ प्रतिशतले बृद्दी >> मानवअधिकार तथा शान्ति समाज रुपन्देही द्वारा नेपाल अपाङ्ग आश्रममा सहयोग  >> इजरायलका मस्जिदमा स्पिकर बजाउन प्रतिबन्ध >> दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्ने आदेश, साइबर अपराध मुद्दामा अनुसन्धान जारी >> प्रधानमन्त्री ओली बेइजिङमा उत्रिरहेको बेला बिआरआइको चौथों गोष्ठी, सि जिनपिङले के भने त ?

लुम्बिनी अस्पतालमा प्रदेश सरकारको झेल !

दैनिक ओ.पि.डी बिरामी संख्या १५०० देखि २००० जना, इमर्जेन्सीतर्फ २०० देखि २५० जना बिरामी सेवा लिन आउँछन् । गत बर्षको नर्मल प्रसूति ७७९३ जना र सिजरियन डेलिवरी ४४८२ जनाले सेवा लिएका छन् । ४९० वेड संचालन रहेको अस्पतालमा लुम्बिनी प्रदेश सरकारले कबोल रकम नदिएर झेल गरिरहेको छ ।
१६ फाल्गुन २०८०, बुधबार
१६ फाल्गुन २०८०, बुधबार

बुटवल, १६ फागुन । तत्कालिन प्रदेश सरकारले व्यवसायी सटरको म्याद सकिएको भन्दै २०७६ माघ २३ गते डोजर लगाएर सटर भत्कायो । प्रदेश सरकारले सटरबापत आउने नियमित आम्दानीको रकम बापत १३ करोड बार्षिक रूपमा अस्पताललाई दिने मौखीक सहमति भएको थियो । तर सुरुको बर्षमा ६ करोड रूपैयाँ मात्रै रकम दियो ।

सटर व्यवस्थापन गर्दा बार्षिक रूपमा ६ करोड प्रदेश सरकारबाट शोधभर्ना दिने भनेकोमा यो बर्ष अस्पतालले एक रूपैयाँ पनि पाएको छैन । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुदर्शन थापा क्षेत्रीका अनुसार सटर व्यवस्थापन गर्दा बार्षिक रूपमा ६ करोड प्रदेश सरकारबाट शोधभर्ना दिने गरेकोमा हाल उक्त रकम प्राप्त नभएकोले यथाशिघ्र उपलब्ध गराउनको लागि माग गर्दै आएको बताए । उनले यो विषयमा प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय, सहित अर्थमन्त्रालयमा पनि फाईल पेश भएको भएपनि रकम प्राप्त हुन नसकेको बताए । उनले भने–‘हामी पहल गरेको गरै छांै, तर पैसा आएको छैन ।’

ठूलो रकम अस्पतालमा प्राप्त नहुँदा करार सेवाका कर्मचारी, लगायतको व्यवस्थापन गर्नको लागि अफ्ठारो परेको उनको भनाइ रहेको छ । अस्पतालको नियमित आम्दानीको रकम गुम्दा अस्पताल नै अफ्ठारोमा भएको मेसु थापाको भनाई छ ।
प्रदेश सरकारले अस्पतालका अगाडि (पूर्वतर्फ) रहेका व्यवसायिक सटर हटाएर ब्लड बैंक निरको खाली जग्गामा लुम्बिनी ट्रेड कम्प्लेक्स बनाउने भनेपनि यसमा कुनै पनि सिन्को भाँच्न सकेको छैन । अहिले अस्पतालको निःशुल्क पार्कीङ्गको रूपमा प्रयोग भैरहेको यो स्थान पूर्ण प्रयोगमा नआउँदा आर्थिक भार अस्पतालले व्यहोर्नुपरेको हो । केही समय पहिला अध्ययन अध्यापन अन्तर्गत नर्सिङ्ग, पारामेडिक्सका साथै एम.डि÷एम.एसको अध्यापन काम सुरुवात गर्ने भनेर सुरुवात भएपनि अहिले यो कार्यक्रम बन्द छ । यसलाई सञ्चालन गर्नुपर्ने मेसु थापाको भनाई छ ।

तत्कालिन राणा प्रधानमन्त्री श्री ३ चन्द्र समशेर ज.व.रा को पालामा वि.सं. १९६७ फागुन १५ गते सेन वंशी राजा मणिमुकुन्द सेनको दरवार (हालको पारि बुटवल फूलवारी पार्क) मा २ जना भारतीय चिकित्सक र ६ शैयाबाट शुरु भएकोमा १९९८ सालमा रक्तसंचार गृह रहेको स्थान हुँदै अहिलेको स्थानमा संचालनमा आएको हो ।

२०१६ साल फागुन १५ गते शनिवारका दिन ५० शैयाको अस्पताल भवनबाट सुरुवात भएको हो । अस्पतालमा चिकित्सक (विशेषज्ञ ं मेडिकल अधिकृत) १२७ जना, नर्सिङ्ग कर्मचारी २९४ जना, पारामेडिक्स कर्मचारी १५७ जना, प्रशासनिक कर्मचारी (प्रशासन,लेखा र आई टी) २८ जना,कार्यालय सहयोगी÷सरसफाईकर्मी १८९,सुरक्षागार्ड २६ जना तथा अन्य २८ जना कर्मचारी गरी जम्मा ८५१ जना कर्मचारी रहेका छन् । मुख्य भवन भएको ठाउँमा १० तले ७०० वेड क्षमताको र ४ तले १०० वेड क्षमताको क्यान्सर उपचारको लागि अत्याधुनिक भवनको निर्माण कार्यको लागि सम्झौता भई निर्माण कार्य शुरु हुने क्रममा छ । यो वेड संख्यालाई क्रमशः थप गर्दै लगेर जम्मा १२०० वेडको अस्पताल बनाउने योजना समेत अगाडि सारिएको छ ।

२३ वेडको मेडिकल वार्ड विस्तार गरि ४५ पेड, पेयिङ्ग वार्ड २२ वेड, डायलाइसिस ६ बेड बाट १९ बेडमा विस्तार गरिएको छ । १९ बेड मध्ये ३ वेड शेरोपोजेटिभ केशको लागि, १ वेड आई.सि.यु को लागि तथा १ वेड कोभिडको लागि छुट्टाइएको छ । आई.सि.यु ६ वेड बाट २६ विस्तार गरिएको छ भने ८ वेड सि.सि.यु संचालनको लागि तयारी अवस्थामा छ । ६ वेडको वर्न वार्ड तथा ५२ वेडको अर्थोपेडिक वार्ड संचालनमा ल्याइ सकिएको छ पुरानो टिनको टहराबाट नयाँ सुविधा सम्पन्न लिफ्ट र ¥याम्प सहितको विल्डिङ्गमा ओ.पि.डी सेवा संचालन गरिएको छ । अक्सिजन प्लान्ट र पाइपलाइन बिस्तार गरिएको छ । २ वेडको डेण्टल ओ.पि.डी १० वेडमा बिस्तार गरिएको छ ।

कार्डियोलोजी, नेत्र रोग,प्लाष्टिक सर्जरी, ग्याष्ट्रो मेडिसिन, न्यूरो मेडिसिन, न्यूरो सर्जरी, युरो सर्जरी जस्ता विशिष्टिकृत सेवा संचालन गरिएको छ । पुरानो भवनमा ४० वेडमा संचालन रहेको इमर्जेन्सी सेवा हाल आई.सि.यु भएको भवनमा ६० वेडमा संचालन गरिएको छ । दैनिक ओ.पि.डी बिरामी संख्या १५०० देखि २००० जना, दैनिक इमर्जेन्सी बिरामी संख्या २०० देखि २५० जना साथै गत बर्षको नर्मल डेलिवरी (प्रसूति) संख्या ७७९३ र सिजरियन डेलिवरी संख्या ४४८२ रहेको छ । नेपाल सरकारबाट स्वीकृत ३०० वेड समितिबाट स्वीकृत १०० गरी ४०० वेड स्वीकृत रहेकोमा हाल ४९० वेड संचालनमा छ । अस्पतालमा सिएनसीयु, पिआईसीयु, एनआईसीयु, बर्थिङ्ग सेन्टर र क्याथ ल्याव, इन्टेरेस्कोप संंचालन गरिएको छ ।

६ करोडमा केही गर्न सकिनँः स्वास्थ्य मन्त्री खनाल लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले सटर व्यवसस्थापन बापत लुम्बिनी प्रादेशिक अस्पताललाई प्रदान गर्दै आएको ६ करोड रूपैयाँको विषयमा मन्त्रालयबाट पहल भएको बताए । उनले यो विषयमा पटक पटक डेलिगेसन सहितको टोली प्रादेशिक अस्पतालबाट स्वास्थ्य निर्देशनालय, मन्त्रालय सहित मुख्यमन्त्री कार्यालयमा समेत गएको स्मरण गर्दै तत्कालिन समयमा प्रदेश सरकार र लुम्बिनी प्रादेशिक अस्पतालका विचमा कुनै पनि लिखित सम्झौता नभएको कारण रकम उपलब्ध गराउन नसक्ने प्रदेशको अर्थमन्त्रालयबाट जवाफ आएको कारण समस्या भएको बताए । उनले भने–‘म आउन भन्दा पहिला के कसरी भएको थियो, तर म आएपछि कागज खोजीयो, भेटिएन, यो विषयमा पहल गर्न सकीएन । ’ उनले अर्थमन्त्रालयले लिखित कागज वा दस्ताबेज विना रकम दिन नसक्ने भएको कारण समस्या भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?