© २०२३
नयाँ पुस्ता जोड्न सकिएको छैन
युवराज पौडेल (अध्यक्ष, धवल पुस्तकालय, पाल्पा)
नयाँ पुस्तामा पठन संस्कृती छैन । पढ्नुपर्छ भन्ने भन्दा पनि सामाजिक सञ्जालमा रमाउनेको संख्या धेरै छ । पुरानो पुस्ता पुस्कालयमा आउने जमघट गरेर छलफल गर्ने परम्परा थियो त्यो आजभोली छैन । पढेर सिक्ने र रमाउनेको संख्या शुन्य भएर पनि हुन पुस्तकालय रित्तै जस्तो देखिन्छ । पुस्तकालयलाई चल्तीको बनाउनका लागि ई–लाईवेरी र नयाँ पुस्ताको रुचिका विषयलाई समावेश गर्न जरुरी छ ।
पाठक सम्मान गर्ने गरेका छौं
राजेशकुमार पाण्डेय (अध्यक्ष, पशुपति प्रताप पुस्तकालय, कपिलबस्तु)
हाम्रो पुस्तकालयमा पाका पुस्ताका पाठक मात्रै छन् । नयाँ पुस्ता त सामाजिक सञ्जालमा मात्रै हुन्छन् । उनीहरूले पुस्तकालयको मज्जा नै लिन जानेका छैनन । यहाँ रहेका धार्मिक र साहित्यक पुस्तक पढ्नेहरूको संख्या धेरै छ । हामीले पाठकलाई प्रोत्साहन गर्न पुस्तक दिवसको अवसरमा धेरै पढ्ने पाठकलाई सम्मान गरेर पनि यहाँ आईरहने वातावरण सृजना गरिरहेका छौं ।
अध्ययन गर्नेको संख्या कम हुँदै गयो।
बाबुराम पौडयाल (सचिव, महावीर पुस्तकालय, बुटवल)
पुस्तकालयमा आएर अध्ययन गर्नेको संख्या कम भएको छ । पहिले पहिले जस्तो सूचना र समाचार पाठ्न आउने पाठक देखिँदैन । पत्रपत्रिमा र सुचना प्रविधिको विकासले पनि हुन सक्छ, पुस्तकालय भन्दा बाहिरबाट पनि जानकारी पाउन सकिने अवस्था छ । त्योसँगै धैर्य गरेर अध्ययन गर्ने पुराना कथा र कितावका पढेर रमाउने भन्दा पनि नेट ईन्टरनेटको पहुँचमा रहेर रमाउनेहरू बढिरहेका छन् ।
पठन संस्कृतिका लागि अभियान गर्नुपर्छ
विनोद परियार (सचिव, पत्रकार महासंघ रूपन्देही)
पठन संस्कृतिलाई संरक्षण गर्ने पहिलो कुरा त विद्यालयले पछिल्लो समयमा अतिरिक्त क्रियाकलापहरू धेरै गरिरहेका छन् । पढ्ने बानीलाई पनि अतिरिक्त क्रियाकलापको पाटो बनाएर सानैबाट पुस्तक छोएर पढ्ने र समिक्षा गर्ने बानीको विकास गर्न जरुरी छ । त्यसै गरी स्थानीय प्रदेश र संघ सरकारले पनि पुस्तकालय संरक्षण र आधुनिकीकरणका लागि अभियान चलाउन जरुरी छ । सबै तह र उमेर समूहका मानिसहरूले विभिन्न ठाउँमा गर्ने चिया गफलाई पनि पुस्तकालयमा बिताउने बानी विकास गर्न जरुरी देखिन्छ ।
घरमा पनि पठन संस्कार कम भयो
रेखा भुषाल (पत्रकार)
पछिल्लो समयमा किताबबाट ज्ञान पाईन्छ भन्ने पनि हराउन थालेको छ । विद्यालयमा पाठ्यपुस्तक पनि प्रविधिको नाममा गुगलबाट हेर्ने, अनलाईनबाट गर्ने यति सम्म कि पढ्न अल्छी लागेर युटवमा पनि सुन्ने संस्कृति विकास भएको छ । यस्तो बानीले गर्दा पनि पुस्तकालय पुग्न के छ भन्ने पनि थाहा नपाउनेको संख्या दिनप्रति दिन बढिरहेको छ । त्यसै गरी नयाँ पुस्तको कुरा गर्दा घरमा अभिभावकले पनि पुस्तक भन्दा सामाजिक सञ्जालमा रमाईरहला बालबालिकामा असर परेको छ । घर, विद्यालयमा पुस्तक पढ्नुपर्छ त्यहाँबाट पाउने ज्ञान र आन्नद अन्त पाईदैनन भन्ने जानकारी दिन सके पनि नयाँ पुस्तालाई पुस्तकालयसम्म पु¥याउन सकिन्छ ।
तीन तहका सरकार उदासिन छन् ।
रुद्र ज्ञवाली (साहित्यकार)
पहिलो कुरा हाम्रो शिक्षा पद्दती पढ्ने खालको छैन । पठन साम्रगी भन्दा पनि गेस पेपर पढेर पास हुने भन्ने मानसिकता धेरैको छ । विद्यालय कलेजहरूले पनि पढ्ने बानीको बिकास गर्नु भन्दा पनि कसरी धेरै नम्बर ल्याएर पास गराउन सकिन्छ भन्ने अवस्था छ । धेरै ठाँउमा यसले पनि पठन संस्कृतिलाई असर गरेको छ । घरमा पनि पढ्ने वातावरण छैन । बुवा आमा सबै सामाजिक सञ्जालमा भए पनि बच्चा पनि त्यहि हो । अभिभावकले पढे पो बालबच्चाले पढ्छन् अवस्था यस्तो छ । त्यस माथि हाम्रा तीनै तहका सरकार पुस्तकालयको विषयमा उदासिन छन् ।
पुस्तकालयमा पुस्तक चर्चा हुनुपर्छ।
माधव गौतम (सदस्य, बुटवल पाठक मञ्च)
पुस्तकालयमा तालिम प्राप्त लाइब्रेरियन राख्ने । नियमित रूपमा पुस्तक खरिद गर्ने प्रणाली बनाउने । पुस्तकको वर्गिकरण गरेर राख्ने । पाठकलाई पुस्तकालयमा आकर्षण गर्न बेलाबेलामा पुस्तक चर्चा कार्यक्रम नियमित गर्ने कामले पुस्तकालयमा पाठक तान्छ भन्ने मलाई लाग्छ ।
पाठकको रुची अनुसार पुस्तक राखौं।
गोपालप्रसाद बस्याल (अध्यक्ष, नेपाल पुस्तक तथा स्टेशनरी व्यवशायी महासंघ, रूपन्देही)
शैक्षिक जगतमा पठनशैलीको समुत्थानका लागि पुस्तकालयको ठूलो भूमिका छ । समुदायको पुर्ण अपनत्व रहनेगरि स्थापित पुस्तकालय सामुदायिक पुस्तकालय बन्न सक्छ । त्यो भनेको समुदायमा रहेका पाठकका आधारमा पुस्तकको छनौट, व्यवस्थापन र संचालन हो । पुस्तकालय संचालन गर्दा यो कुराको मध्यनजर हुन जरुरी छ ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय विषय जोड्नुपर्छ ।
कृष्ण न्यौपाने (प्रिन्सीपल, एभरेष्ट बोडिङ्ग स्कुल, बुटवल)
अबको समयमा विश्वका विषयहरूलाई पुस्तकालयले जोड्न सक्नु पर्छ । पछिल्लो पुस्ताको रुचि विषयलाई बुझेर पाठ्यपुस्तकहरू समय अनुसारका हुने हो भन्ने विद्यार्थी तहका पाठकहरू धेरै हुन सक्छन् । त्यसका लागि विद्युतिय माध्यमलाई प्राथमिकता दिनुपर्छ । अबको समयमा पाठकले जुन माध्यमबाट अध्ययन गर्न रुचि देखाउँछ त्यसलाई दिन सक्ने हो भने पाठक तान्न सकिन्छ । विश्वका विषयहरू जुनलाई नेट ईन्टरनेटका माध्यमबाट अध्ययन गर्ने अवस्थाको सृजना हुनुपर्छ ।
पहिले पुस्तक जानकारी लिने माध्यम थियो।
दुर्गा पौड्याल (लेखक)
नयाँ पुस्तामा पुस्तक पढ्ने बानी हरायो, यो दुखको कुरा हो । त्यसका पछाडी धेरै कारण छन् तर पनि यसलाई हराउन दिनु हुदैन । यसको प्रभाव विद्यालय पढ्दै गरेका बच्चामा देखिएको छ । उनीहरूलाई पाठ्यपुस्तक पनि पढ्न गाह्रो भईरहेको छ । पहिले पहिले केही जानकारी लिन परे पनि पुस्तकालय जाने संस्कृति थियो तर अहिले सामाजिक सञ्जालले पनि रोकेको छ । चाहिएका कुरा मोवाईलबाट हेर्नको संख्या धेरै छ । जे चाहियो त्यहि मात्र हेर्न । पहिला पहिला राम्रा, नयाँ पुस्तक आउने बित्तिकै पुस्कालय पुग्ने र पढ्ने होडबाजी हुने गर्दथ्यो । समय बिताउन त्यहाँ जाने पढ्ने भन्ने थियो तर अहिलेका पुस्तामा त्यो सोच र फुर्सद नभएको हो कि ।
पठन र लेखन शैलीको विकास आवश्यक
गुरुदत्त ज्ञवाली (लेखक)
आम पाठक पछिल्लो समयमा अनलाईनमा व्यस्त छन् । त्यसको प्रत्यक्ष असर पुस्तकालयमा परेको छ । नयाँ पुस्तामा पठन ौली र लेखन ौली नै छैन । पढ्ने बानी बसेका उमेरले पाकाहरू अझै पनि पुराना ऐतिहासिक र पौराणिक पुस्तक पढ्न पुस्तकालय जान्छन् । कतिलाई त आजभोली पुस्तकालय पायक पर्ने ठाँउमा नभएका कारणले पनि जान सक्दैनन् । नयाँ पुस्तालाई पुस्तकालयबारे जानकारी पनि छैन । पस्तक लेख्नेहरू पनि लेखक भन्दा पनि व्यवसायी बनिरहेका छन् । पुस्तकालयमा एक दुईथान पुस्तक दिन पनि कन्जुस्याई गरिरहेको अवस्था छ ।
पुस्तकालयलाई आधुनिकीकरण गर्न जरुरी छ ।
इन्दिरा अर्याल (शिक्षक)
पहिलो कुरा अहिले सञ्चालनमा रहेका पुस्तकालयलाई नयाँ शैलीमा बदल्न आवश्यक छ । पछिल्ला पुस्ताको रुचिका विषयहरूलाई पनि समेट्न जरुरी देखिन्छ । पुस्तकालय पुगेपछि आन्नद लाग्ने वातावरण नहुँदासम्म नयाँ पुस्ताको आकषर्ण बढाउन सकिदैन । पाका पुस्ताले मात्रै धानेको छ । त्यसैले विकल्पहरू खोज्नुपर्छ । पुस्तकालय पुगेपछिको महत्व बुझाउन पनि जरुरी छ । त्यो सँगै नयाँ पुस्तामा पठन संस्कृति छैन । सामाजिक सञ्जालमा रमाउनेको संख्या दिनानुदिन बढिरहेको छ । यसले पनि पुस्तकालयमा पुग्नेको संख्या कम हुदै गई रहेको छ ।