© २०२३
बुटवल, ९ माघ । ईमलीका बोटहरू, साना बाटा, सानासाना घरहरू, मुखमा पान चबाएका मानिसहरू तत्कालिन समयको गोरखपुरको स्वरूपलाई भक्तराज हिराचनले स्मरण गर्छन । वि.सं. २०३२ सालमा परिवारका दुई छोरा र छोरीसहित उनी गोरखपुर जाँदाको परिवेश उनलाई सम्झदा अचम्म लाग्छ । सुनौली कटेपछि रूपरंग र हाउभाउबाट पहाडीया र बहादुर भनेर सम्बोधन हुने नेपालीको पहिचानलाई फेर्न सफल भएका छन । पर्यटनसँग जोडिएको होटल ब्यवसायबाट उनले आफ्नो नयाँ पहिचान स्थापित गरेका छन । ‘धेरै परिवर्तन भए ।’–उनले सुस्केरा हाल्दै भने । पैसा तिरेर बास बस्ने भन्ने हुदैनथ्यो पहिले खाना खाएपछि बसाइँ निःशुल्क हुने गरेको उनी बताउँछन । जीवनमा धेरै उचारचढाव ब्यहोरेका उनी ५० वर्षदेखि गोरखपुरमा ‘नेपाली लज’ चलाएका छन । भर्ति हुन जानेदेखि ब्यापार ब्यवसाय र अन्य काममा जानेहरूको पहिलो रोजाईमा पर्छ नेपाली लज । जात अनुसार पनि थकाली भन्ने बित्तिकै मिठो खाना र सेवाबाट चिनिन्छन । उनै थकाली परिवारका हिराचन गोरखपुरमा आफनो छुट्टै पहिचान बनाएका छन ।
उमेर ८२ वर्ष टेकेको उनि अहिले पनि बिहान सबेरै उठेर आफै पुजापाठ सकेर ग्राहकको सेवामा लागेको पाउछौ । बुढेसकालमा पनि उनि निक्कै मेहनत गर्छन । लजको शुरुवाती चरणमा धेरै डाका आउने, नक्कली पुलिसबाट धम्कि खानुपर्ने जस्ता कुरा भन्दा अहिले नया पुस्तालाई कुनै फिल्मको कथा जस्तो लाग्ने उनि बताउछन । ‘सन ७२ मा खोलेको नेपाली लजको आफनै अस्तित्व छ ।’– उनले भने । शुरुवातका ४ वर्षमा ४ जना ब्यवसायीहरू भागेको उनले बताए । त्यो बेलाको नाम कमाएका श्याम थकाली बुटवलका भागे । ‘मैले यहा आईपरेका समस्याहरूको समाधानमा शारिरिक नभई बौद्धिक क्षमताको प्रयोग गर्दा सफल भए ।’–उनले भने । गोरखनाथ मन्दिर ट्रष्टको जग्गामा निर्माण भएको उनको लजको न्युन भाडादर छ । अर्को कुरा गान्धिजीको प्रणाली लिजको कारण सहजता रहेको उनि बताउछन । उनले आफनो पचास वर्षको अवधिमा गोरखपुरको बाटा बिस्तार देखि घरका बनावटका समेत धेरै परिवर्तन देखे ।
खासमा थाकखोला टुक्चे भएका उनि ५ भाइ मध्ये कान्छा थिए । मुस्ताङबाट १२ वर्षको उमेरमा हिडेका उनी पाल्पामा आफनो प्रारम्भिक अध्ययन पुरा गरे । त्यसपछि लागे गोरखपुर । जहा एमजी कलेजमा उनले हाई स्कुलसम्म अध्ययन गरे । पढ्दापढ्दै उनलाई स्वस्थ्य समस्या देखियो । क्षयरोगका लक्षणका कारण कमजोर भए । ‘त्यो बेला क्षयरोगभन्दा मानिस डराउने अवस्था थियो ।’–उनले भने । बिरामी परेसंग उनी पढाइ छाडे । करीब २ वर्ष बिश्राम गरे । निको भएपनि उनि ठेक्कापट्टा र ब्यापारमा लागे । गाउगाउमा गल्ला घुम्ने र भर्तिमा युवा जाने गर्थे । अझ उनि रहेको गोरखपुरमा गल्लाहरूले ल्याएका युवाहरू देख्थे । उनि केही समय नेपाल फर्किए । नेपालमा उनी सुब्बाको जागिर खाए ।
जागिरकै क्रममा उनी नेपालका धेरै ठाउ घुमे । महाकाली पुग्दा उनलाई स्मरण छ । यही समयमा उनी बैवाहिक बन्धनमा बाधिए । तनहु दुलेगौडाबाट उनले बिहे गरे । देशभित्र नै केही गर्ने सोच बनाएका उनि आफनो कर्मभुमि गोरखपुर जाने सोच बनाए । श्रीमति र दुई छोराछोरी लिएर उनि गोरखपुर हिडे । मान्छेलाई समस्या नपरेसम्म समाधानको बाटो नखुल्ने उनि बताउछन । ‘मैले धेरै संघर्ष गरे ।’– उनले भने । सधै सकारात्मक सोच र निरन्तर मेहनतका कारण परिवर्तन आफनो अनुकुल बनाउन सफल भएको उनी बताउछन । जिवनमा जुवातास, मादक पदार्थको लत भने कहिलै नभएको उनि सधै युवाहरूलाई प्रोत्साहन गर्छन । गोरखपुर बसाईमा उनि यहाको परिवर्तनको साक्षी हुन । भौतिक रूपमा परिवर्तन आएको यहाका जनतामा भने अझै परिवर्तन आउन बाकी रहेको उनि बताउछन । समग्र भारत र उत्तर प्रदेशसमेत अर्थ ब्यवस्थाका हिसाबमा अगाडी छ ।
‘आफूले आफै चिन्नुपर्छ । आफुलाई नचिन्नेले अरूलाई धोका दिन्छ ।’–उनले भने । पावरको दुरूपयोग महापाप हो । सानोठुलो भन्ने भन्दा पनि सफल हुनु ठूलो हुने उनी ठान्छन । ५० वर्ष लामोसमयदेखि गरेको मेहनतबाट उनी आफुलाई सफल र सन्तुष्ट ठान्छन । छोरा ब्यवस्थापन र छोरी चिकित्सक छन । छोरी अहिले काठमाण्डौमा मेडिकल कलेजको प्रोफेसर र छोरा ब्यवस्थापनमा काम गर्ने उनले बताए । शिक्षा र सकारात्मक भावनालाई जोड दिनुपर्ने उनि बताउछन । पैसा कमाउनुमात्र होईन यसलाई ब्यवस्थापन महत्वपूर्ण हुने उनी बताउछन । उनि अहिले लजमा एक्लै छन । श्रीमती पोखरा बस्छिन । लजमा ६ जना कामदार छन । उनि आफनो छोराछोरीकै रूपमा माया गर्छन । लजबाट हुने आम्दानीबाट सबैको खर्च उनले तिरिदिन्छन । घरमा विजुली, पानीदेखी छोराछोरीको पढाई खर्चसम्म तिरिदिन्छन । भैरहवा एयरपोर्टमा ४ कट्टा जग्गा, पोखरामा घर, काठमाडौमा छोराछोरी हुर्काएका उनि आफु भने गोरखपुरमा रमाएका छन ।