ट्रेंडिंग:

>> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु

दादुरा–रुबेला खोप अभियान

विद्यालय नै ‘खोप केन्द्र’
७ फाल्गुन २०८०, सोमबार
७ फाल्गुन २०८०, सोमबार

बुटवल, ७ फागुन ।  नेपाल सरकारले सन् २०१६ को अन्तिम महिना सम्ममा नेपालबाट दादुरा–रुबेला रोग अन्त्य गर्ने लक्ष्य लिएको छ । तर प्रत्येक बर्ष बालबालिकाहरूमा दादुरा र रुबेला रोग देखिँदै आएको छ । यसरी प्रत्येक बर्ष नै दादुरा र रुबेला रोग देखिन थापेपछि यो बर्ष सरकारले ९ महिना उमेर पुगेका देखि १५ बर्ष सम्मका सबै बालबालिकाहरूलाई अनिवार्य रूपमा दादुरा र रुबेलाको खोप प्रदान गरिने भएको छ । जसको अभियान यहि फागुन १३ गते बाट खोप कार्यक्रम सुरुवात हुँदै छ ।

खोप कार्यक्रमलाई प्रभावकारी बनाउनको लािग अहिले जिल्लामा अभिमुखिकरण तथा अन्तक्र्रिया कार्यक्रम जारी राखेको स्वास्थ्य कार्यालय रूपन्देहीले जानाएको छ । स्वाथ्य कार्यालय रूपन्देहीका फोकल पर्सन, खोप अधिकृत भेषराज शर्माका अनुसार जिल्लाका कुल ३ लाख १२ हजार बालबालिकाहरूलाई यो अभियानमा खोप लगाइने छ ।

२ चरणमा अभियान जारी रहेको यो खोप बाट दादुरा–रुबेला खोप प्रदान गरी उक्त रोग निवरणमा समेत योगदान दिने स्वाथ्य कार्यालयका खोप अधिकृत शर्माको भनाइ रहेको छ । पहिलो चरणमा रूपन्देहीका ९ वटा पालिका फागुन १३ बाट खोप लगाउने कार्यक्रम छन् भने अर्को चरणमा फागुन २० देखि २४ सम्म ७ वटा पालिकामा खोप कार्यक्रम जारी हुने छ ।

आर्थिक बर्ष २०७६/७७ मा २९ प्रतिशत ०७७/७८ मा १९ प्रतिशत, ७८/७९ मा ८ प्रतिशत, ०७९/८० मा ५ प्रतिशतब बालबालिका खोप लगाउनबाट रूपन्देहीमा छुटेको सरकारी तथ्यांक छ । यसरी एक जना संक्रमित बालवालिकाबाट १२ जना भन्दा बढि बालबालिका संक्रमित हुने संभावना रहेको कारण पनि खोपलाई प्रभावकारी रूपमा अगाडी बढाएर सबै लक्षित बालबालिकाहरूलाई खोप प्रदान गर्नुपर्ने खोप अधिकृत शर्माको भनाई छ । उनी भन्छन्–‘अघिल्लो बर्ष देशका १७ जिल्लामा महामारी नै फैलिएको थियो, छिमेकी जिल्ला कपिलवस्तुमा महामहारी फैलदा रूपन्देही भने जोगीयो, यो पटक पूर्णरूपमा खोप प्रदान गर्नुपर्ने हुन्छ, हामी लागिपरेका छौ । ’

साविक रहेका खोप केन्द्र, स्वाथ्य संस्थाहरू बोहक यो पटक विद्यालयलाई नै खोप केन्द्र निर्माण गरेर यो अभियान चलाईने भएको छ । रूपन्देहीमा २ हजार २ सय विद्यालयमा खोप केन्द्र बाट खोप प्रदान गरिने छ । जसमा बुटवलमा मात्रै १ सय ६७ वटा विद्यालयमा खोप केन्द्र निर्माण गरिने र त्यहाँबाट खोप प्रदान गरिने स्वाथ्य कार्यालय रूपन्देहीका प्रमुख गौरव ढकाल बताउँछन् । देशभरमा ४ वटा जिल्ला अझै पनि पुर्ण खोप जिल्ला बन्न सकेको छैन । बेला बेलामा आउने महामारीको कारणले गर्दा सरकारले खोप अभियान चलाउने गरेको हो । खोप केन्द्रमा २ जना स्वाथ्य कर्मी, ३ जना स्वास्थ्य स्वयं सेवक सहितका कर्मचारी परिचालन गरिने छ । बुटवल उपमहानगपालिकाको आयोजनामा दादुरा रुवेला खोप अभियानको क्रममा नगरस्तरिय खोप सञ्चालक समिति, स्वास्थ्य स्वयंसेविकाहरू तथा सञ्चारकर्मीहरूको विचमा अन्तक्र्रिया कार्यक्रम गरेको छ ।
बुटवलमा आयोजना गरिएको अन्तक्र्रिया अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले खोप अभियानले बालबालिकाहरूलाई रोग लाग्नबाट जोगाउने भएकोले सबैले साथ दिनुपर्ने बताएका थिए । उनले यो अभियान राष्ट्रिय अभियान समेत भएको कारणले गर्दा यसलाई सफल बनाउनको लागि विद्यालयका शिक्षक, अभिभावक तथा सरोकारवाला निकायसबैले साथ दिनुपर्ने बताएका थिए । बुटवल उपमहनारपालिका उप प्रमुख सावित्रादेवी अर्यालले खोप अभियान आफैमा महŒवपूर्ण अभियान भएको कारण यो अभियानमा कुनै पनि बालबालिका छुट्न नहुने बताएकी थिईन ।

कार्यक्रममा सहजीकरण गर्दै स्वाथ्य कार्यालय रूपन्देहीका खोप अधिकृत भेषराज शर्माले दादुरा रुवेला खोप राष्ट्रिय अभियान भएकोले जन्मीएको ९ महिना देखि १५ बर्ष मुनिका सबै बालवालिकाहरूलाई अनिवार्य खोप लगाउनुपर्ने बताएका थिए । बुटवल उपमहानरपालिकामा यहि फागुन महिनाको १३ गते देखि २४ गतेसम्म खोप अभियान चल्ने खोप अधिकृत शर्माले जानकारी दिए ।

बुटवलमा मात्रै ५३ हजार बालबालिकालाई खोप दिईने

बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख निर्देशक युवराज पाण्डेका अनुसार नगरपालिका भित्र रहेका ५३ हजार ८ सय ७५ जना बालबालिकाहरूलाई यो खोप लगाइने छ । खोप १ सय ६७ खोप केन्द्र मार्फत अभियानको रूपमा खो लगाउने कार्यक्रम रहेको जनाइएको छ । नगरपालिका खोप अधिकृत कल्पना भुषालका अनुसार खोप केन्द्रमा जाने जो कोही बालबालिकाहरूले आफूले पहिला खोप लगाएको खोप कार्ड अनिवार्य रूपमा लैजानको लागि समेत आग्रह गरिन् । जसबाट बालबालिकाहरूले खोप लगाएको या नलगाएको भन्ने विषयमा एकीन हुने उनको भनाई छ । दादुरा–रुबेला खोप दादुरा, रुबेला र कन्जेनिटल रुबेला सिण्ड्रोमबाट सुरक्षित हुनको लागि दिइन्छ । यो खोप सुरक्षित र प्रभावकारी छ । यो खोप जीवित तर कमजोर भाइरसबाट बनाइएको हुन्छ । यो खोप सुख्खा धुलोको उपलब्ध हुन्छ ।

यो खोप दिनुअघि खोपसँगै उपलब्ध भएको घोलकसँग मात्र मिसाएर तयार गर्नुपर्छ । यो खोप १० मात्राको भायलमा उपलब्ध हुन्छ । यो खोपको भि.भि.एम. भायलको बिर्कोको माथिल्लो भागमा हुन्छ । अन्य खोपहरू जस्तै यो खोप पनि दिनुभन्दा अघि अनिवार्य रूपमा भि.भि.एम. प्रयोग गर्ने अवस्थामा भएको एकिन गरेर मात्र प्रयोग गर्नुपर्दछ । नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आ.व. २०८०/८१ मा देशभरी नै दादुरा–रुबेला खोप अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । विगत एक वर्षमा दादुरा रोगको महामारी भएको स्थान र दादुरा रोगका बिरामीहरूको उमेरलाई विश्लेषण गरेर यस अभियानमा दादुरा–रुबेला खोप प्रदान गर्ने लक्षित समूहको आधारमा जिल्लाहरूलाई २ समूहमा विभाजन गरिएको छ ।

पहिलो समूहमा दादुरा–रुबेलाको लागि उच्च जोखिम भनी पहिचान गरिएका तराईका २१ जिल्लाहरू र काठमाडौं उपत्यका भित्रका ३ जिल्लाहरू गरी २४ जिल्लाहरू पर्दछन् भने दोस्रो समूहमा बाँकी ५३ जिल्लाहरू पर्दछन । लुम्बिनी प्रदेशमा अभियान अन्तरगत लुम्बिनी प्रदेशमा मात्र ११ लाख ६० हजार ६ सय ६६ जना बालिबालिकाहरूमा खोप लगाउने लक्ष्य रहेको छ । लुम्बिनी प्रदेश पूर्ण खोप प्रदेश घोषणा भएपनि २०७९ मंसिर ३ देखि २०८० पुस १५ गते सम्म दादुरा रुबेलाको महामारीको रूपमा सबै भन्दा धेरै बिरामी बाँकेमा फेला परेको थियो । स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका अनुसार बाँकेमा ३ सय २१ जना दादुरा रुबेलाबाट बालबालिका संकमित भएका थिए ।

त्यसैगरी बर्दियामा ७२, दाङमा ३९, अर्घाखाँचीमा ११ जनामा बिरामी परेका थिए ।नियमित दादुरा रुबेला खोपको कभरेज सबै स्थानिय तहमा एकरूपता रहेको छैन । जसका कारण पनि दादुरा रुबेला खोप अभियान २०७६/०७७ सम्पन्न पछि गरिएको सर्भेक्षणबाट दादुरा रुबेला खोपको कभरेज ८४ प्रतिशत मात्र रहेको पाइएको छ । सन् २०२६ सम्ममा नेपालबाट दादुरा रुबेला रोग निवारण गर्न नेपाल सरकारले प्रतिबद्धता जनाएपनि कोभिड–१९ को महामारी र अन्य कारणहरूले गर्दा नेपालमा पछिल्लो समय बालबालिकाहरूमा दादुरा रुबेलाको महामारी देखिएको छ । कोभिड–१९ ले गर्दा नेपालमा दादुरा रुबेलाको खोप लगाउन छुटेका बालबालिकाहरूको संख्यामा बृद्धि भई २०७९/०८० मा दादुराको महामारी देखिएको स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?