ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

उद्योग दर्ता भन्दा लगत कट्टा बढ्दो

६ फाल्गुन २०८०, आईतवार
६ फाल्गुन २०८०, आईतवार

पाल्पा, ६ माघ । रामपुर नगरका टेक बहादुर शारु वैदेशिक रोजगारबाट फर्किएका व्यक्ति हुन । विदेशमा रहँदा उनले फर्निचर उद्योगमा काम गरेका थिए । कोभिड महामारी पछि फर्किएका शारुले स्वदेश मै उद्योग गरेर उद्यमी बन्ने उद्देश्यले आफनै घरमा फर्निचर उद्योग तिन वर्ष अगाडि स्थापना गरे ।

घरेलु तथा साना उद्योग कार्यालयमा उद्योग दर्ता गरेर साढे सात लाख लगानी गरेर राम्रो आम्दानी गर्ने सपना देखेर उद्योग संचालन गरेका शारुले तिन महिना अगाडि आफूले प्रमाण पत्र लिएको कार्यालयमा उद्योग बन्द गर्न निवेदन दिए । राम्रो सपना देखेका शारुले आफूले आर्थिक चरम अभाव, उद्योगमा नियमित फर्निचरको बजारीकरण हुन नसक्दा सधैका लागि उद्योग बन्द गर्नु परेको बताए ।

घरेलु तथा साना उद्योगको कार्यालयमा लगत कट्टा गर्न शारु मात्र होइन । विगत एक वर्ष यता मुलुकमा देखा परेको आर्थिक संकटको कारण घरेलु तथा साना उद्योग कार्यालयमा नयाँ उद्योग, फर्म दर्ता गर्ने भन्दा दर्ता भएका उद्योगको लगत कट्टा गर्नेहरूको संख्या बढदै गएको कार्यालयका प्रमुख तथा उद्योग अधिकृत श्याम कुमार पौडेल बताउँछन ।

उद्योग संचालन गरेर स्वदेश मै स्वरोजगार बन्ने सपना थियो तर पछिल्लो समयमा मुलुकमा देखा परेको आर्थिक समस्याका कारणले उद्योग बन्द गरेर विदेशीने योजना बनाएका शारु भन्दछन स्थानीय सरकारलाई व्यवसाय कर, राजस्य कार्यालयमा समेत वार्षिक कर बुझाउनु पर्ने तर उत्पादीत बस्तुहरू बिक्री हुन नसक्नु, उद्योगका लागि आवश्यक कच्चा पदार्थको सहज व्यवस्थापन गर्न कठीन भएका कारण उद्योग बन्द गर्नु पयो ।

घरेलु तथा साना उद्योगको तथ्थांक अनुरूप गत पुष मसान्त आर्थिक वर्षको ६ महिनाको अवधिमा ६४ वटा उद्योग तथा व्यवसाय दर्ता भएका छन भने ७९ वटा उद्योग तथा व्यवसायको लगत कट्टा भएका छन । ५७ वटा नया उद्योग दर्ता भएका छन भने ७४ वटा उद्योगको लगत कट्टा भएको छ । घरेलु तथा कुटीर उद्योगको मात्रको संभावना रहेको यस जिल्लामा उद्योग व्यवसाय फस्टाउनुको सट्टामा धमाधम लगत कट्टा हुनु भनेको लगानीको वातावरण नहुनु हो । उद्योग व्यवसायको सारथी भनेको बैंक, वित्तिय संस्था हुन । पहिलो सारथी बनेको सस्था टाढिन लागेपछि व्यवसायच चौपट भएको व्यवसायीहरू बताउँछन ।

लामो समय देखि गाउँमा कुटानी पिसानी मिल संचालन गरेका पुर्वखोला गाउँपालिकाका श्याम कार्की भन्दछन । अहिले सम्म जसोतसो धानेको र नया आर्थिक वर्ष नलाग्दै उद्योग बन्द हुनेछ । स्थानीय सरकारले यस्ता उद्योगलाई संरक्षण गर्नुको सट्टामा यस्ता मिलको विकल्पमा गाउँमा स–साना गाउँ गाउँमा कमाइन वितरण भएपछि तिस वर्ष पुरानो व्यवसायलाई चटक्कै छोडनु परेको उनले बताए । संघिय सरकारको निर्माण पछि पावर, सत्ता र शक्तीको वलमा दर्ता भएका व्यवसायी कृषि फर्मको अनुदान हाता पर्ने क्रम समेत बढयो । अनुदान सकिए पछि व्यवसायी कृषि फर्म बन्द गरी लगत कट्टा गर्ने क्रम समेत बढेको कार्यालयका सम्वद्ध अधिकारीहरू बताउँछन् ।

गत आर्थिक वर्षको अवधिमा उद्योग तर्फ १४३, वाणिज्य तर्फ १९४ वटा, व्यावसायी फर्मको लगत कट्टा भएका थिए । साना तथा घरेलु, कुटीर उद्योगको दर्ता हुने यस कार्यालयमा हाल सम्म ३ हजार ९ सय ५८ वटा उद्योग, ४ हजार ४ सय ८४ वटा वाणिज्य फर्म दर्ता भएका छन् । पछिल्लो समयमा २३ वटा व्यवसायी कृषि फर्म, १८ वटा पर्यटन , २ वटा फर्निचर उद्योगको लगत कट्टा भएको उद्योग अधिकृत श्याम कुमार पौडेलले बताउछन ।
उद्योग व्यापार व्यावसाय फस्टाउनुको सट्टामा बन्द हुनु मुलुकको लागि राम्रो लक्षण होइन । उद्योग व्यापार व्यवसाय टिकाउनको लागि सरकारी तवर वाट नै पहल गर्नु पर्दछ । यसको प्रभाव पाल्पाली करुवामा समेत परेको छ । करुवा उद्योग बन्द भए पाल्पालीको पहिचान सँगै अस्तित्व समेत लहराउन सक्ने पुराना उद्यमीहरूको बुझाई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?