ट्रेंडिंग:

>> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ

नेपाली नागरिकता त्याग्दै गैर आवासीय नागरिकता

नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली २०८० लागु भएपछि गैर आवासीय नेपाली नागरिकले नागरिकता प्रमाणपत्रको व्यवस्था सुरु गरिएको हो । गैर आवासीय नागरिकताले भोट दिन, निर्वाचनमा भागलिन र राहदानी बनाउन नपाउने तर सम्पति किन्न र व्यापार व्यवसायमा लगानी गर्न पाउने ब्यवस्था छ ।
४ फाल्गुन २०८०, शुक्रबार
४ फाल्गुन २०८०, शुक्रबार

गुल्मी, ४ फागुन । सरकारले गैरआवासीय नेपालीलाई गैरआवासीय नागरिकता प्रदान गर्न सुरु गरेसँगै गुल्मीमा पनि गैर आवासीय नागरिकता लिनहरूको संख्या दिनानुदिबन बढ्दै गएको छ । जिल्लामा तीन महिनाको अबधिमा ३२ जनाले जिल्ला प्रशासन कार्यालयबाट गैर आवासीय नेपाली नागरिकता लिईसकेको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले जानकारी दिएका छन । यसरी गैरआवासीय नागरिकता लिनहरूेमा २२ जना पुरुष र दश जना महिला रहेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

गैर आवाशीय नागरिकता लिनेहरूमा अमेरीकाका सात, अष्टे«लीया १४, वेलायतका चार, युगाण्डा एक, हङ्कङ् एक, सिंगापुर एक, स्टोनीया एक, आयरल्याण्ड एक र फिनल्याण्ड दुइ गरि ३२ जना रहेका छन । नेपालबाट विदेश गई उक्त देशको नारिकता लिइसकेका प्रवासी नेपालीहरूले गैर आवासीय नेपाली नागरिकता लिन थालेका हुन ।

जिल्ला प्रशासन कार्यालयबाट गत कात्तिक महिनाको १९ गते हाल अमेरिकाका बसोवास गर्दैै आउनु भएका रेसुङ्गा नगरपालिका १ का भिष्म मरासिनीलाई पहिलो पटक गैर आवासीय नेपाली नागरिकता प्रदान गरि सेवा प्रारम्भ गरिएको थियो । गैर आवासीय नेपाली नागरिकता लिनका लागि वडा तहदेखि आवश्यक कागजपत्र पुरा गरि आएकाहरूलाई नागकिरता त्याग गरेको प्रमाणको आधारमा भोलीपल्ट नै नागरिकता प्रदान गर्ने गरेको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताए ।

गैर आवासीय नेपाली नागरिकले नागरिकता प्राप्त गर्नका लागि सम्बन्धित वडाको मुचुल्का र सिफासिस सहितको निवेदन, जिल्ला प्रशासन कार्यालयवाट नेपाली नागरिकता त्याग गरेको प्रमाण, विदेशी मुलुकमा प्राप्त गरेको नागरिकता वा नागरिक भएको प्रमाण, आफु बसेको देशबाट लिएको राहदानीको प्रतिलिपि लगायतका कागजात पेस गरेको आधारमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था रहेको छ ।

गैर आवासीय नेपाली नागरिकताको प्रमाणपत्रको हकमा राजनीतिक तथा प्रशासनिक अधिकार बाहेकका सम्पूर्ण अधिकार प्रयोग गर्न पाउने व्यवस्था रहेको छ । नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली २०८० लागु भएपछि गैर आवासीय नेपाली नागरिकले नागरिकता प्रमाणपत्रको व्यवस्था सुरु गरिएको हो ।

गैर आवासीय नागरिकताले भोट दिन, निर्वाचनमा भागलिन र राहदानी बनाउन नपाउने तर सम्पति किन्न र व्यापार व्यवसायमा लगानी गर्न पाउने ब्यवस्था छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सदस्य राष्ट्र बाहेकका देशमा बसोबास गर्दै आएका वंशज वा जन्मका आधारमा नेपालको नागरिक बनेपछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेका व्यक्तिलाई नेपालको गैरआवासीय नागरिकता प्रदान गर्न सकिने संवैधानिक व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?