ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

३ फाल्गुन २०८०, बिहीबार
३ फाल्गुन २०८०, बिहीबार

बुटवल, ३ फागुन । सुत्केरी व्यथा लागेपछि एम्बुलेन्स खोज्न दौडधुप हुन्छ । पछिल्लो समयमा एम्बुलेन्स भनेको बेलामा नपाउने, पाए पनि महंगो पर्ने । यसले कतिपयले स्थानीय सवारी साधनमा सुत्केरी हुने आमालाई अस्पताल लैजाने गरेको पाईन्छ । अक्सीजन लगायतका सेवा जोडीएको एम्बुलेन्स अन्य सामान्य प्रकृतिका सवारी साधन भन्दा बढि भरपर्दो र सुरक्षित हुन्छन् । जसमा एम्बुलेन्स चालकले प्राथमिक उपचारको तालिम समेत लिएका हुन्छन् ।

सुत्केरी हुने आमालाई नमुना कामको रूपमा रूपन्देहीको सैनामैना नगरपालिकाले ‘निःशुल्क एम्बुलेन्स सेवा’ प्रदान गरेको लामो समय भएको छ । तर यो विषयमा त्यहाँका स्थानीयहरूमा भने जानकारी पुगिरहेको छैन । जसले गर्दा महंगो भाडा तिरेर नीजि तथा भाडाका सवारी साधनमा स्वास्थ्य संस्थामा लैजाने गरेको पाईन्छ । तर नगरपालिकाले नगर कार्यापालिकाको बैठकबाट नै निर्णय गरेर निःशुल्क रूपमा सुत्केरी हुने आमाहरूको लागि निःशुल्क एम्बुलेन्सको सेवा प्रदान गरिरहेको छ ।

सैनामैनाका ११ वटै वडाका कुनै पनि स्थानबाट सुत्केरी हुने आमाहरूको लागि अस्पतालमा लैजानको लागि नगरपालिकाले निःशुल्क रूपमा एम्बुलेन्स सेवा प्रदान गर्दै आएको हो । नगरपालिकाको स्वास्थ्य शाखा जनस्वास्थ्य निरिक्षक बसन्तकुमार श्रेष्ठका अनुसार अघिल्लो आर्थिक बर्षमा ७०० जना आमाहरूले यो सेवा लिएका छन् । आर्थिक बर्ष २०८०/०८१ को माघ महिना सम्मममा २ सय १० जनाले सेवा लिएका हुन । सुत्केरी हुने आमाहरूको लागि घर देखि स्वाथ्य संस्था लैजाने, त्यहाँबाट यदी रिफर भएमा रिफर भएको अस्पतालसम्म लैजाने र त्यहाँबाट घरसम्म ल्याउने गरी सेवा प्रवाह निःशुल्क गरिएको हो । नगरपालिकाले २०७७ सालदेखि यो सेवा निःशुल्क रूपमा प्रवाह गर्दै आएको छ ।
सैनामैना गरपालिकाका प्रमुख फणिन्द्र प्रसाद शर्माले नगरपालिकामा सुरुवात भएको निःशुल्क एम्बुलेन्स सेवाबाट सबैभन्दा राम्रो प्रतिक्रिया आएको बताउँछन् । उनले यो विषयमा आफूले विभिन्न स्थानमा जाँदा समेत महिला दिदीबहिनीहरूबाट राम्रो प्रतिक्रिया आएको जानकारी दिए । उनले भने–‘यो कार्यक्रम सबैभन्दा बढि प्रभावकारी भएको छ जस्तो मलाई लागेको छ, हामीसँग दुई वटा एम्बुलेन्स छ, जसमा अहिले एउटा बाट मात्रै सेवा प्रवाह गर्दा समेत पर्याप्तता रहेको छ ।

सुत्केरी हुने महिलाहरूको लागि मात्रै नभएर जेष्ठ नागरिक, विपन्नता भएका समुदाय, बिपन्न दलित समुदायको लागि पनि निःशुल्क एम्बुलेन्स सेवा प्रवाह कार्यक्रम रहेको नगर प्रमुख शर्माले जानकारी दिए । अहिले सम्म सबैभन्दा बढि सुत्केरी हुने आमाहरूको लागि प्रयोगमा आएको भएपनि यो सेवा अन्यको लागि पनि हो । जसमा जेष्ठ नागरिक, दलित, बिपन्न समुदायको लागि निःशुल्क सेवा प्रवाह गरिरहेका छौ ।
सैनामैना नगरपालिका निर्वाचित भएका नगरप्रमुख फाणिन्द्र प्रसाद शर्माले पदभार ग्रहणको समयमा थप ७ वटा लक्षित समूहलाई निःशुल्क एम्बुलेन्स सेवा दिने गरी आफ्नो कार्यभार सम्हालेका थिए । २०७९ जेठ ९ गते नगरपालिका भित्र बसोबास गर्ने अपाङ्गता भएका व्याक्ति, दलित, विपन्न, जेष्ठ नागरिक, विपन्न तथा सुत्केरी महिलाको लागि जिल्लाभर लागू हुने गरि, सैनामैना नगरपालिकाको खर्चमा ३ निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने पहिलो निर्णय गरेका थिए ।

नगरपालिका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले जनतासँग प्रत्यक्ष जोडीएको सेवा प्रवाहमा यसले सकारात्मक प्रवाह पार्ने जानकारी दिए । कुनै समुदायले अस्पताल समेत गएर सेवा लिन नसक्ने अवस्था पनि हुने भन्दै यसको लागि नगरपालिकाबाट सुरुवात भएको यो सेवा जनतासँग सरकार रहेको सेवा भएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?