ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

विवाहको उमेर नपुग्दै गर्भपतन

प्रदेशमा एक बर्षमा सुचिकृत स्वास्थ्य संस्थामा १ हजार ४६ जना किशोरीहरूले गर्भवत गराएको पाइएको छ । १५÷१६ वर्षकै उमेरका किशोरीहरू पनि गर्भपतन गराउन आएको भेटिएको स्वास्थ्य निर्देशनालयको तथ्यांकमा छ ।
१६ माघ २०८०, मंगलवार
१६ माघ २०८०, मंगलवार

लमही, १६ माघ । लुम्बिनी प्रदेशमा किशोरी उमेरमै गर्भवती हुने गरेको पाइएको छ । उमेर नपुगी गरिने यौन सम्बध वा विवाहको कारण २० बर्ष भन्दा मुनीका किशोरीहरू गर्भवती हुनेक्रम बढेको पाइएको हो । यो अवस्थाले सरकारी र गैहसरकारीतर्फबाट संचालन हुने यससँग सम्बन्धित जनचेतनाका कार्यक्रमको प्रभावकारीता माथि नै प्रश्न उठाएको छ ।

सुरक्षित यौन क्रियाकलाप, परिवार नियोजनका साधनहरूको प्रयोगको विषयमा व्यापक रूपमा प्रचारप्रसार नहुँदा र भएपनि प्रयोगमा झन्झट मान्ने प्रवृत्तीको कारण किशोरीहरू गर्भवपतन गराउने गरेको पाइएको बताइन्छ । स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशको तथ्याङ्क अनुसार गर्भपतन गराउने मध्ये २० वर्ष मुनीका १० प्रतिशत भन्दा बढी रहेका छन् ।

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकारसम्बन्धी ऐन, २०७५ को भाग ४ को दफा १५ ले गर्भवती महिलाको अवस्थाअनुसार १२ हप्तादेखि २८ हप्तासम्मको गर्भपतन गराउन सकिने व्यवस्था भएसँगै सुरक्षित गर्भपतन गराउने बढ्दै गइरहेको स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशले जनाएको छ ।

लुम्बिनी प्रदेशमा गत आर्थिक वर्षमा १८ हजार १ सय ७ जनाले सुरक्षित रूपमा गर्भपतन गराएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७९/०८० मा लुम्बिनी प्रदेशका १२ जिल्लामा गरी १८ हजार १ सय ७ जनाले गर्भपतन गराएका हुन् । अघिल्लो आर्थिक वर्ष २०७८/७९ लुम्बिनी प्रदेशमा १८ हजार ४ सय १५ जनाले सुरक्षित गर्भपतन गराएका थिए ।

स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका तथ्याङ्क अधिकृत तथा सूचना अधिकारी डोरबहादुर बस्नेतका अनुसार सुुरक्षित गर्भपतन गराउने मध्ये १७ हजार ७१ जना २० वर्ष भन्दा माथि उमेर समूहका महिला छन् भने १ हजार ४६ जना २० वर्ष भन्दा कम उमेरका किशोरीहरू रहेका छन् । १५/१६ वर्षकै उमेरमा पनि गर्भपतन गराउन आएका स्वास्थ्य निर्देशनालयका तथ्यांक अधिकृत बस्नेतले बताए ।

लुम्बिनी प्रदेशका १२ जिल्ला मध्य सबै भन्दा धेरै सुरक्षित गर्भपतन गराउनेको संख्या रूपन्देही जिल्लामा रहेको छ भने सबै भन्दा कम रुकुम पूर्वमा रहेको बस्नेतले बताए । गत आर्थिक वर्षमा रूपन्देहीमा मात्रै ४ हजार ४ सय ७९ जनाले सुरक्षित गर्भपतन गराएका थिए भने रुकुम पूर्वमा ७३ जनाले मात्रै गर्भपतन गराएको स्वास्थ्य निर्देशनालयका तथ्याङ्क अधिकृत बस्नेतले बताए । स्वास्थ्य निर्देशनालयको तथ्याङ्क अनुसार १२ हजार ७ सय ९४ जनाको मेडिकल विधिबाट सुरक्षित गर्भपतन गराएका छन् । जस मध्ये १२ हजार १ सय १५ जना २० वर्ष भन्दा बढी उमेर समूहका महिला र ६७९ जना २० वर्ष भन्दा कम उमेरका किशोरीहरू रहेका तथ्याङ्क अधिकृत बस्नेतले बताए ।

पहिले सुरक्षित गर्भपतन गराउने सूचीकृत स्वास्थ्य संस्थाको संख्या कम भएका कारण सबैको पहुँच थिएन । अहिले सूचीकृत स्वास्थ्य संस्थाहरू संख्याक बढेसँगै सबैको पहुँच हुदा गर्भपतन गराउनेको संख्या पनि बढी भएको हुन् सक्ने तथ्याङ्क अधिकृत बस्नेत बताउछन् । बस्नेतका अनुसार विगतमा असुरक्षित गर्भपतन गराउने गरेका कारण अहिले सुरक्षित गर्भपतन गराउनेको संख्या बढेको देखिएको हुन सक्छ । निर्देशनालयले समाजमा सचेतनाका विभिन्न कार्यक्रमहरू संचालन गरेकाले पनि सुरक्षित गर्भपतन गराउनेहरूको संख्या बढ्दै गएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

तथ्याङ्क अनुसार लुम्बिनी प्रदेशमा ५ हजार ३ सय १३ जनाको सर्जिकल विधिबाट सुरक्षित रूपमा गर्भपतन गराइएको पाइएको छ । जसमध्ये ४ हजार ९ सय ४६ जना २० वर्ष भन्दा बढी उमेर समूहका महिला र ३ सय ६७ जना २० वर्ष भन्दा कम उमेर समूहका किशोरीहरू रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?