ट्रेंडिंग:

>> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते

जंगली जनावरबाट बच्न मेसजाली

१२ माघ २०८०, शुक्रबार
१२ माघ २०८०, शुक्रबार

नवलपुर, १२ माघ ।

पूर्वी नवलपरासीको चितवन राष्ट्रिय निकुुन्जसँग जोडिएका ठाउँहरु अहिले गैंडाले आक्रान्त बन्न पुगेका छन् । दिनदहाडै गाउँ बस्तीमा गैंडा पस्न थालेपछि स्थानीयले गैंडा रोक्न बिभिन्न उपायहरु अबलम्बन गरिहेका छन् ।

जिल्लाको गैँडाकोट नगरपालिका वडा नम्बर ६ को नारायणी नदी क्षेत्रमा किसानहरुले आफ्नो बारीमा लगाएको खाद्य बालीमा जंगली जनावरले पटक पटक क्षति पुर्याएपछि गैंडा नियन्त्रणका लागि मेसजाली लगाएर बस्ती र खाद्यान्न बालीमा पुर्ययाएको क्षति रोक्ने अभियान शुरु गरेका गैडाकोट नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष सुभाष चापागाँईले बताए ।

गैँडाकोट नगरपालिका वडा नम्बर ६ र ७ को सिमनामा पर्ने सृजनशील आधारभूत विद्यालयदेखि नमूना बोटेटोल सम्मको ८५० मिटर क्षेत्रमा मेसजाली लगाइएको गैँडाकोट नगरपालिका वडा नं. ६ का अध्यक्ष चापागाइले जानकारी दिए ।

हरेक वर्ष किसानहरुले लगाएको बालीमा जंगली जनावरहरु ( गैँडा, मृग, चित्री, बँदेल) लगायतले क्षति पुर्याउँदै आएपछि त्यसको नियन्त्रणका लागि मेसजाली लगाइएको स्थानीय प्रकाश भुसालले बताए । उनका अनुसार गैँडाकोट नगरपालिका नगरकार्यपालिकाको बैठकबाट विनियोजन गरिएको १० लाख रुपैँयाँको लागतमा मेसजाली लगाउने काम भएको हो ।
अहिले गाउँबस्तीमा ब्यापक रुपमा गैंडा पस्न थालेपछि गैंडाकोट नगरपालिकाको वडा नम्बर १०, १३ र १७ वडामा समेत मेसजाली लगाउने काम भैरहेको नगरपालिकाले जनाएको छ ।

देवचुली नगरपालिकाका वडा नम्बर १, १३, १५, कावासोती नगरपालिकाको वडा नम्बर १० ,११, १२, १३, १५, १७, मध्यविन्दु नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, बिनयीत्रवेणी गाउँपालिकाको वडा नँ २, ६ र ७ मा समेत गैडाले ठूलो क्षति पुर्याउन थालेपछि गैंडा नियन्त्रणका लागि स्थानीय पालिकाले मेस जाली लगाएर अभियान नै थालेका देवचुली नगरपालिकाका वडा नम्बर १३ का वडाध्यक्ष एकदेव पौडेलले बताए ।

चितवन राष्ट्रिय निकुन्ज सँग जोडिएका पुर्वी नवलपरासीका भागहरुमा अहिले जुनसुकै समयमा पनि गैंडा गाउँमा पस्ने, किसानले लगाएका बाली खान थालेपछि किसानले पालिकाको सहयोगमा गैंडा नपसोस् भन्ने उद्देश्यले मेसजाली लगाउने र गैंडा नियन्त्रणमा आगो बाल्ने, जाग्राम बसेर गैंडा लखेट्ने काम गरिरहेका गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले बताए ।

बर्सेनि गाउँ बस्तीमा गैंडा पस्न थालेपछि हरेक वर्ष लाखौँको क्षति पुग्ने गरेको छ भने मानवीय क्षति समेत हुने गरेकाले त्यसको नियन्त्रणमा समुदाय स्तरबाटै चासो राखिएको कावासोती १३ का उत्तम लामिछानेले बताए ।

चितवन राष्ट्रिय निकुन्जले गैंडा बस्तीमा नपसोस् र जनधनको क्षतिलाई कम गर्न समयसमयमा जनचेतनाको काम समेत गर्दै आएको भए पनि प्रभावकारी बन्न नसकेको सरँक्षणकर्मी तिलक थापाले बताए ।

चितवन राष्ट्रिय निकुुन्जले गैंडा बस्तीमा नपसोस् भन्ने उद्देश्यले काम भैरहेको जनाएको छ । नारायणी नदी पार गरेर अहिले दैनिक गैंडा पूर्वी नवलपरासी पस्ने लर्को नै लाग्न थालेको स्थानीयले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?