ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

महेशपुर नाकाको बजार ब्यवस्थित गर्न माग

४ माघ २०८०, बिहीबार
४ माघ २०८०, बिहीबार

नवलपरासी, ४ माघ । जिल्लाकै मुल नाकाको रूपमा रहेको महेशपुर नाकाको प्रवेशद्वारलाई ब्यवस्थित गर्न जिल्ला समन्वय समिति (जिसस) ले सम्बन्धित पाल्हीनन्दन गाउँपालिकालाई आग्रह गरेको छ । महेशपुर नाकाको अवलोकन गर्दै जिल्ला समन्वय प्रमुख भगौती प्रसाद यादवले गाउँपालिका र भन्सार कार्यालयहरूले सहकार्य गरि सिमावर्ति महेशपुर बजार समेत ब्यवस्थित गर्न आग्रह गरेका हुन् ।

भारतबाट नेपाल प्रवेशको प्रमुख नाका हो, उनले भने, महेशपुर बजार मुल नाकाको प्रमुख बजार पनि हो, यसलाई यहाँका संघीय सरकारको कार्यालयको रूपमा रहेको महेशपुर भन्सार र स्थानीय सरकारको रूपमा रहेको पाल्हीनन्दन गाउँपालिकाले ब्यवस्थापनमा लाग्नुपर्छ । जिससले समन्वयका लागि भूमिका निर्वाह गर्न तयार रहेको छ । नेपाल भारतको सीमा निर्धारण गर्दाकै बखत बनेको महेशपुर बजार अहिले पनि अब्यवस्थित देखिएका छन्, उनले भने, नाकाबाट यदि सरकारले आम्दानी गर्छ भने नाकाको स्वच्छता, ब्यवस्थान, पार्किङमा पनि लगानी गर्नु पर्छ । भारतबाट आउने र भारतियबाटो हँुदै आउने अन्य विदेशी नागरिकलाई सीमा क्षेत्रबाटै नेपालको सुन्दरता झल्किने पहिचान दिनुपर्छ । यसमा स्थानीय बजार समिति समेत सक्रिय हुनुपर्ने देखिएको उनको भनाइ थियो ।

महेशपुर बजारमा आउँदा बाहिरी यात्रुलाई सार्वजनिक शौचालयको समेत अभाव देखिएको छ । बजारमा जथाभावी फोहोर फाल्ने कार्य पनि हुने गरेको छ । नेपाल भारत छुट्याउने दशगजा क्षेत्र समेत फोहोर फाल्ने डम्पिड्डसाईट जस्तै देखिएको छ । यसमा यहाँ खटिएका सुरक्षाकर्मीले समेत सफाईमा चासो लिनुपर्ने जिसस प्रमुख यादवले बताए ।

महेशपुर मुल भन्सार भएको पनि पाँच बर्ष हुन लाग्यो, तर बजारको अवस्थामा सुधार नभएको देखिन्छ । यसका लागि गाउँपालिकाले नेतृत्व लिएर सिमानाकाको प्रवेशद्धारको रँगरोगन, सडक किनारमा वृक्षारोपण, सरसफाईका लागि आवश्यक स्थानको पहिचान गरि ब्यवस्थापन गर्नुका साथै भन्सार सेवा लिदाका बखत रोकिने सवारीसाधनको लागि पार्किङ क्षेत्र समेत ब्यवस्थित गर्नुपर्छ ।

महेशपुर बजारमा बसपार्कको निर्माण भए पनि अहिले सञ्चालनमा आउन सकेको छैन् । बजार भित्र सडक पेटीमा थापिने पसल,ठेलाहरू हटाउनु पर्ने, खाल्टाखुल्टी पुरेर बजार स्वच्छ बनाउनु पर्ने आवश्यकता समेत उनले गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्धप्रकाश पौडेललाई दर्शाएका थिए । त्यसका लागि गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता (दिपक) र उपाध्यक्ष फातुमा खातुन अंसारीलाईसँगै राखेर बजार ब्यवस्थापनमा जिम्मेवार बन्न सुझाएको बताए । यसमा गाउपालिका सकारात्मक प्रतिकृया दिएको छ, उनले भने, सो क्षेत्रमा रहेका शसस्त्र प्रहरी, नेपाल प्रहरीले समेत सहयोग गर्नका लागि जिससले समन्व गर्छ ।

बजार ब्यवस्थापनका लागि कार्यपालिकामै निर्णय गराई काम गर्नु पर्ने आवश्यकता महशुस भएको प्रमुख प्रशासकिय अधिकृत पौडेलले बताए । जिसस प्रमुख यादवले लिएको चाँसो सहि नै हो । महेशपुर भन्सारले गाउपालिकाको पहिचान पनि गराएको छ । बजारमा बस्ने नागरिक पाल्हीनन्दन गाउँपालिकाकै हुन,यहाँबाट हुने ब्यवसायबाट ब्यवसायिक कर समेत गाउपालिकालाई प्राप्त हुन्छ । त्यो भएर पहिलो दायित्व गाउपालिकाकै हो, उनले भने, प्रवेशद्धारको रंगरोगन गर्ने कार्य शुरु गराई सकेका छौ । बजार ब्यवस्थापनका लागि सडक अतिक्रमण गरि राखिएका मालसमान हटाउन सार्वजनिक सूचना समेत जारी गरि सकिएको छ । म्याद भित्रै सम्बन्धित ब्यतिmले ब्यवस्थापन नगरेमा प्रहरीसँग सहकार्य गरि गाउँपालिकाले सडकले निर्धारण गरेको मापदण्ड अनुसारको स्थान खाली गराईने अध्यक्ष गुप्ताले बताएका थिए ।

महेशपुर बजार नेपालकै एक मुल नाका मात्रै नभई महेशपुरबाटै महेशपुर त्रिवेणी सडक, महेशपुर चिसापानी सडक, महेशपुर भुतहा सडक, महेशपुर बासा सडक,महेशपुर जिल्ला सदरमुकाम परासी हुँदै सुनवल जोड्ने सडक र महेशपुर हुँदै पश्चिम विसुनपुरा जोड्ने सडकले पनि जोडेको सञ्जाल छ । यसरी सबै तिरबाट नाका जोडिएको कारण बजारमा चाप छ । महेशपुर बजारबासीले पनि बजारमा कारोबार वृद्धिका लागि सडक चौडाई वृद्धिमा सहयोग गर्नुपर्छ ।

त्यसबाहेक बाईपास सडकको पनि आवश्यकता देखिएको स्थानियबासी जितेन्द्र गुप्ताले बताए । नाकासँग जोडिएको गाउपालिकाको वडा नं.१ र २ का वार्ड अध्यक्षहरूले समेत चाँसो लिई ब्यवस्थापनमा लाग्नुपर्छ, उनले भने, यसमा स्थानीयबासीहरूकै सक्रियता आवश्यक देखिएको छ । तर आर्थिक लगानीका लागि गाउपालिका समेत अगाडी सर्नु पर्ने उनको भनाई थियो ।

महेशपुर नाका नेपाल भारतकै बन्दरगाहदेखि सबै भन्दा छोटो दुरी भएको नाका भएकोले यसको ब्यवस्थापन गर्नुपर्ने भनाई सो भन्सार नाका भएकै भुगोलबाट निर्वाचित लुम्बिनी प्रदेश साँसद बैजनाथ जैसवालले बताए । नाका ब्यवस्थित गरि आवागनलाई बढावा दिईयो भन्ने यस क्षेत्रको आर्थिक विकास मात्रै नभई यहाँका पर्यटकिय क्षेत्रको समेत प्रवद्र्धन हुने उनको भनाई थियो । सँसारमा एक मात्र सिगोँ मौलिक रूपमा रहेको भगवान बुद्धको अष्टधातु मध्येको रामग्राम स्तुपा,नन्दनताल,प्राचिन कोलिय गणराज्यको राजधानी क्षेत्र कोलनगर, पण्डितपुर लगायतका पर्यटकिय क्षेत्रमा पुग्नका लागि भारतबाट आउने महेशपुर नाका नै हो, उनले भने, त्यसैगरि भारतको मुख्य बजार गोरखपुर,महराजगँज, कुशिनगर पुग्नका लागि पनि नेपालबाट यहिँ महेशपुर नाका प्रयोग हुदै आएको छ । यसका लागि पनि यो महेशपुर बजार क्षेत्रमा यि पर्यटकिय क्षेत्रको पहिचान हुने गरि सुचना बोर्ड राख्नु पर्ने आवश्यकता उनले औल्याएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?