कपिलवस्तु, ३ माघ । भारतको बिहार प्रदेशको नालन्दाका बिद्याबारिधी (पिएचडी) का सोधकर्ता सौरभ आनन्द बुद्धस्थलको बारेमा जानकारी लिन कपिलवस्तु आई पुगेका छन । २५ बर्षिय उनी भारतकै हिमाञ्चल प्रदेश स्थित धर्मशाला काङ्गडाको केन्द्रिय बिश्व बिद्यालयमा बिद्यावारिधी गर्दै छन । उनले बुद्धको जिवनी सँग जोडिएका आठ बौद्धस्थलमा मात्रै बुद्ध पर्यटन किन सिमित छ, अरु बुद्धस्थलको अवस्था के छ भन्ने बिषयमा बिद्याबारिधीको सोधपत्र तयार गर्दै छन । उनले गौतम बुद्धको जिवनका महत्वपुर्ण पक्ष सँग जोडिएको नेपालको लुम्बिनी सगै भारतको बोधगया, सारनाथ, कुशीनगर, श्रावस्ती, बैशाली, राजगिर र संकेशा सहितका अन्य स्थानमा साईकल यात्रा शुरु गरि सोध कार्य अगाडी बढाएका हुन ।
२०२३ डिसेम्बर २५ तारिखमा भारतकै हरियाणा प्रदेशमा रहेको यमुना नगर जिल्ला स्थित टोपराकलाबाट साईकल यात्रा शुरु गरेका हुन । सो स्थानमा बिगतमा रहेको साम्राट अशोकले बनाएको स्तम्भ थियो । तर सो स्तम्भ अहिले दिल्ली स्थित फिरोजा कोटला मैदानमा सारिएको छ । सो स्थानबाट यात्रा शुरु गरेका उनी २३ औं दिन कपिलवस्तुको राजा शुद्धोधनको दरवार तथा सिद्धार्थ गौतमले युवा अवस्था सम्मको २९ बर्ष बिताएको तिलौराकोट (प्राचिन कपिलवस्तु) दरबारमा आई पुगेका हुन । कपिलवस्तु जिल्लाको बुद्धस्थलमा साईकल यात्रामा आएका सोधकर्ता आनन्दलाई तौलिहवामा गच्छामी मिडिया ग्रुप र कपिलवस्तु जिल्ला साईकिलिङ्ग संघले स्वागत गरे । गच्छामी मिडिया ग्रुपका अध्यक्ष मनोज कुमार श्रीवास्तव र सदस्य बृजेश कुमार जयसवाल तथा कपिलवस्तु जिल्ला साईकिलिङ्ग संघका अध्यक्ष नसरुद्दिन गौरीले आनन्दलाई खादा ओढाएर स्वागत गरेका थिए ।
सौरभ आनन्दले २३ दिन सम्म यमुना नगरकै बुद्धस्तुप रहेको चनेटी, हरियाणामै रहेको कूरुक्षेत्र, गौतम बुद्धले १२ औं बर्षाबास पुरा गरेको उत्तर प्रदेशको अतरंजी खेडा र उपदेश पछि आएको स्थान संकसाको यात्रा पुरा गरी सकेका छन । त्यसै गरि गौतम बुद्धले ज्ञान प्राप्त गरि धेरै समय बिताएको श्रावस्ती, अष्टधातु राखिएको स्थान पिपरहवाको यात्रा पुरा गरि उनी नेपाल प्रवेश गरेका हुन । सिद्धार्थ गौतमको पिता राजा शुद्धोधनको राजधानी तिलौराकोट दरबार सगै उनले कनकमुनी बुद्धको जन्मस्थल निग्लिहवा र क्रकुछन्द बुद्धको जन्म स्थान गोटिहवामा साईकल यात्रा गरि बुद्धस्थलको बारेमा जानकारी लिने छन । त्यस पश्चात उनी बुद्धजन्म स्थल लुम्बिनी हुदै रामग्राम स्तुपा पुग्नेछन । त्यस पछि बिहारको रामपुरवा, बाडैको चारिका, लौरथनन्दनगढ, बुद्धको परिनिर्माणस्थल कुशीनगर, बिश्वको ठुलो बुद्धस्तुप रहेको बिहारको केशरिया, बैशाली, चेचर, बराबर गुफा, बोधगया र नालन्दाको व्हेनसाङ्ग संग्रालयमा पुगेर उनको यात्रा टुङ्गिने छ । उनले यि स्थानको साईकलबाट गर्ने भ्रमण योजना ५० दिनमा पुरा गर्ने लक्ष्य राखेका छन । अहिले उनले दैनिक १ सय २० किलोमिटर सम्म साईकल यात्रा गर्दै आएका छन ।
चिनिया पैदलयात्री व्हेनसाङ्गको यात्रा बिवरणमा उल्लेखीत अधिकांस बुद्धस्थलको संरक्षण भए पनि अन्य स्थानको संरक्षण र प्रचार हुन नसक्नु दुखदः भएको आनन्द बताउछन । नेपालकै पनि लुम्बिनी बाहेकका बुद्धको जिवनी सँग जोडिएका प्राचिन बुद्धस्थलको प्रयाप्त प्रचार प्रसार हुन नसकेको उनले बताए । ति स्थानको उत्खनन, संरक्षण र बजारीकरणका लागि प्रचार प्रसार गर्न आवश्यक रहेकोमा उनको जोड छ । “बुद्धको जिवनी सँग जोडिएका सबै स्थललाई बिभिन्न सर्किटहरु बनाएर संरक्षण र प्रचारप्रसार गर्नु पर्छ । साईकल यात्रा गरि बुद्धस्थलको बारेको जानकारी लिन पाउदाँ छुट्टै आनन्दको अनुभुती गर्न पाएको छु ।” सोधकर्ता आनन्दले भने । कपिलवस्तु जिल्ला तिन वटा बुद्धको स्थलको रुपमा रहेको आफुलाई जानकारी रहेको उनले बताए । ति स्थानको स्थलगत भ्रमणले आफुलाई थप सुचना र जानकारी प्राप्त हुने उनको भनाई थियो । “प्रचार प्रसारको अभावमा रहेका बुद्धको जिवनी सँगै जोडिएका स्थानको सोध अनुसन्धानमा समेत सोधकर्तालाई जोडेर ति स्थानको प्रचार र बिकासमा टेवा पुर्याउन आवश्यक छ ।” उनी थप्छन ।
कपिलवस्तुका बुद्धस्थल आफैमा ईतिहासका सामाग्री रहेकोले ओझेलमा परेका बुद्धस्थल प्रचार प्रसार प्राथमिकतामा पर्नु पर्नेमा गच्छामी मिडिया ग्रुपका अध्यक्ष मनोज कुमार श्रीवास्तवले जोड दिए । “कपिलवस्तु आफैमा खुल्ला संग्राहलय हो । यहाँ बुद्धको जिवनी सँग जोडिएका १ सय बढि प्राचिन महत्वकास्थल छन । त्यसको प्रचार प्रसार गर्न आवश्यक छ ।” श्रीवास्तव भन्छन । पिएचडीका सोधकर्ताले साईकल यात्रा मार्फत बुद्धस्थल र बुद्धको ज्ञानको प्रवाह गर्ने कार्य उदाहणीय भएको कपिलवस्तु जिल्ला साईकिलिङ्ग संघका अध्यक्ष नसरुद्दिन गौरी बताउछन । संघको अगुवाईमा शारिरीक व्याम सगै बुद्धस्थल बारेको शिक्षा प्रवाह गर्न साईकल यात्राका कार्यक्रम अगाडी बढाउन आफुहरु लागि परेको उनले बताए ।