© २०२३
चन्द्रौटा (कपिलवस्तु), २६ पुुस । झापा घर हुने १५ बर्षीया किशोरी छिमेकीकै कारण बेचिनु पयो । त्यो पनि देश भित्रै, पारिवारिक कलह, गरिबीको फाइदा लिई छिमेकीबाट बेचिन पुगेकी थिइन् । उद्दारपछि उनको जीवन परिवर्तन भएको छ । उद्वारपछि ती किशोरी सामाजिक अभियन्ताको रूपमा क्रियाशिल भएकी छिन् ।
कपिलवस्तु सिमावर्ती क्षेत्रबाट विभिन्न समय दाङ्गका किशोरीहरू उद्धार भएका छन् । उद्वार भएकी १५ बर्षीया एक किशोरीलाई डाक्टरसँग विवाह गराई दिने प्रलोभनमा परेको खुलेको थियो । उद्वार पश्चात नक्कली डाक्टर ५७ बर्षको बिचौलीया सहित लैजाने महिलालाई जिल्ला अदालत कपिलवस्तुबाट १० बर्षको समेत जेल फैसला भयो । अर्का २ जना चेली उद्वार पश्चात आफ्नै बाबुबाट विभिन्न यातना र यौन दुव्र्यवहार भएका कारण घर छोडेर बाहिर जोखिम मोलेर भारत जान लागेको खुलेका हो । जसमध्ये २ किशोरीलाई एक संस्थाको सहयोगमा ब्युटिपार्लर र सिलाईकटाई सिक्ने तालिम प्रदान गरिएको छ ।
दाङ्ग नै घर भएकी १८ बर्षकी किशोरी कृष्णनगर नाका हुँदै भारत जाँदै गर्दा बोर्डरमा उनीलाई शंकास्पाद देखेपछि सोधपुछ गरियो । किशोरीको हिँडाईले सोधपुछ गर्दा उनीको जीवनमा जे भएको थियो । त्यो सहज किसिमले अध्यायन गर्न कठिन थियो । हतास अनुहार, लरबराएका हात खुट्टा, लट्पटीएका बोलीले उनी जोखिममा छन् भन्ने थाहा हुन्छ । र उनीलाई लामो समय सोधपुछ गरियो ।
कोभिडले गर्दै आएको व्यवसाय नै धराप भएको उनको अभिभावक काठमाडांैबाट दाङ्ग आएपछि ऋण बढ्दै गयो जसको असर किशोरीमा समेत परेको थियो । उनी जागिर खाने भनि जागिरको खोजिमा साथीहरूलाई आग्रह गरिन् । तर बिडम्बना बैंकमा जागिर गर्ने भनेर एउटा होटेलमा पुग्नु प¥यो जहाँ उनी गए कै दिन अपराधिक मानसिकता हुनेहरूसँग लुछिनु परेको थियो ।
आफ्नो इज्जत गुमाउनु प¥यो । ठूलाठूला सपना र धेरै आम्दानी हुने प्रलोभनमा १८ बर्षकी ती किशोरी त्यसैमा रमाउन बाध्य बनाइयो । किशोरीलाई त्यति मात्रमा सीमित नराखेर उनीलाई भारतीय ग्राहक खोजी एक हप्तालाई भनि भारत पठाउँदै गर्दा उनलाई आफन्त नेपालद्वारा उद्धार भएकी थिइन । उद्वार भएकी ती किशोरी आफूलाई कल गल्स भन्ने गरेको बताएकी थिइन । तर अहिले आफन्त नेपालले नै उनीलाई होटेल म्यानेजमेन्ट अध्यायपन रहेको छ । उनीको बाटो फेरिएको छ, सोँच फेरिएको छ अनि भविष्य पनि । उनको टुटेको सपना अनि अन्धकार यात्रामा हिँडेका ती पाइलालाई उज्वल भविष्य निर्माणका लागि प्रयत्न भइरहेको छ ।
शिवराज नगरपालिकाकी एक किशोरीलाई छिमेकीबाटै दुव्र्यवहार हुन पुग्यो । उल्टै उनैले अनेकाँै लाल्छना सहनु प¥यो छिमेकीले गलत उनैलाई बनाउन खोजे पछि शिवराज नगरपालिका र दियालो नेपालको सहायतामा ९ कक्षा अध्ययनरत छिन् । किशोरीलाई आफन्त नेपालले उच्च शिक्षा दिदैँ आएको छ । यस्ता दर्जनौँ किशोरीहरूलाई उद्वार गरी सीपमूलक तालिम र अध्ययन गराउँदै आएको छ ।
यी प्रतिनिधिमुलक घटना मात्र हुन । सन् २०२३ को अवस्था हेर्ने हो भने कपिलवस्तुको सिमा क्षेत्रमा परामर्श प्रदान ४ हजार ९८४ जनालाई गरिएको छ । १७९ जनालाई उद्धार गरिएको छ । जसमा ३८ जनालाई विभिन्न सीपमूलक तालिम र शिक्षामा सहायता गर्ने उद्देश्यले आवास गृह पठाएर सेवा दिँदै आएको छ । जसमा ४ वटा मुद्धा यस जिल्लाबाट उद्वार भई विभिन्न जिल्लामा दर्ता भएको छ ।
कयौँ सपना बोकेर भौतारीएका विशेषगरी चेलीहरूको सपना टुटेको छ । दाम्पत्य जीवन सुख सयल होला भनि विश्वासमा परि बेचबिखनको मुखमा पुग्दै गर्दा आफ्नै आधार दिने बाबुबाट समेत लुटिन पुगेका छन् । कति छिमेकीबाट बेचिन पुगेका कयौँ अबोध र निर्दोष नारीहरूको परिचय र गन्तब्य नै परिवर्तन गरिदिएको छ । दोषीहरूलाई कानुनी दायरामा ल्याउँदा ती निर्दोष किशोरी तथा महिलाहरूमा न्याय दिलाउनका साथै लुटिएका खुसि फर्काउनु मानविय जीवनको महत्वपूर्ण रहेको छ ।
पछिल्लो समय समाजमा शैक्षिकस्तर वृद्धि भएको छ । त्यतिमात्रै नभएर जनसंख्याको चाप समेत बढ्दै गएको छ । तर देश आर्थिक मन्दीले थला परिरहेको अवस्था छ । भएको रोजगारी समेत गुम्दै गएको प्रत्यक्ष प्रभाव देखिन्छ । यस्तै मानव बेचबिखनका घटना पनि कम हुनुको साटो व्यापक फैलिएको छ ।
मानब बेचबिखन तथा लैंगिक हिंसा विरुद्धको न्यायिक लडाई हो । यसमा लामो समय यात्रा गर्दै गर्दा कयौ चलचित्र जस्ता घटनाहरू मानस पटलमा घुमि रहेको हुन्छ । सयौँ घटनाहरूसँग साक्षरता गरी किनारा लाग्छन् । तर केहि घटना मात्र यादगर हुन्छ । जुन अझ धेरै गम्भिर प्रकृतिका घटनाहरूपनि मानस पटलमा झल्की रहेका हुन्छन् । ती मध्ये केही प्रतिनिधि मूलक घटनासँगै यात्राका केहि व्यक्तिगत अनुभव सुनाउँछन् आफन्त नेपालका क्षेत्रीय संयोजक केशर विश्वकर्मा । उनीसँग एक दशक बढी लामो समयसम्म मानव बेचबिखनका क्षेत्रमा काम गदै आएको अनुभव छ ।
संयोजक विश्वकर्मा मानव बेचबिखन न्यूनीकरणको अभियानमा २०६९ सालबाट क्रियाशिल भएर लागेका थिए । त्यतिबेला उनको मनमा एक किसिमको हुटहुटी हुन हुन्थ्यो । मानव तस्कर तथा बिचौलीया विरुद्ध उनी क्रियाशिल भएर लाग्ने अठोट समेत गरेका थिए ।
बाहिरबाट जति देखँे जति बुझेको थिए । त्यो भन्दा धेरै फरक र जटिल अवस्था रहेछ बेचबिखनका क्षेत्र विशेष महिला, किशोरी र बालबालिकामा हुने हिंसा र ओसारपसारमा पारिवारीक बिखण्डन, बेरोगारी, गरिबीको बोझ, देखासिकी जस्ता विभिन्न कारण बिचौलीयाहरूले त्यसैलाई बलियो आधार बनाई प्रभाव र प्रलोभनमा पारी एक ठाउँबाट अर्को ठाउँमा लगि वा एक देशबाट अर्को देशमा पु¥याई विभिन्न किसिमले मानसिक तथा शारिरीक शोषण गर्दै आएको पाएको विश्वकर्माले सुनाउँछन् ।
कोहि पढ्न कै लागि अरूको शरणमा पुग्नु पर्ने, कोहि बिहान बेलुका छाक टार्नकै लागि अरूसँग हात फैलाउनु पर्ने, कोहि बच्चाहरूको पालन पोषणको लागि रोजगारमा भौतारीनु पर्ने, कोहि पारिवारीक कलहका कारण घर छोडेर हिड्ने, कोहि आफ्ना अभिभावक गुमाएको कारण घरमा बस्ने वातावरण नभएपछि गन्तब्य बिहिन यात्रा तय गर्ने भने कोहि देखासिकी कै कारण जोखिम मोल्ने यस्ता विभिन्न बाध्यता तथा केहि रहरहरूका कारण बिचौलीयहरूले फाइदा उठाउदै आएको देखिन्छ ।
विश्वकर्मा अभियानमा जोडिदँै गर्दा २०७१ सालमा बिराटनगरको जोगबनी स्टेशनमा पुगे । उनको निगरानीमा एक १५ बर्षको किशोरी एक्लै बसि रहेको देखेपछि उ माथि आँखा पुग्छ । र सोधपुछ गर्नुपर्छ भन्ने लागेर सोधपुछ गरियो लामो समयको सोधपुछ पछि किशोरीको वास्तविकतामा थाहा हुन्छ । उनी गाउँकै छिमेकी महिलाबाट बेचिएको र केहि व्यक्तिको सहायताले नेपाल आएको त्यसपछि नेपाल आए पश्चात घरमा बस्ने वातावरण नभएपछि पुनः सोहि ठाउँमा जान लागेको खुल्छ । पछि उक्त किशोरीलाई उद्धार गरि आवश्यक सीप र नेतृत्व विकासपछि सामाजिक क्षेत्रमा काम गर्दै आएकी छन् ।