© २०२३
नवलपरासी, २३ पुस । राणाकालिन इतिहास बोकेका जिल्लाको पृथ्वीचन्द्र अस्पताल अहिले विभिन्न आरोह र अवरोह पार गर्दै बिरामीको मन जित्न उन्मुख देखिन थालेको छ । अल्पकालिन र दिर्घकालिन चुनौतिको बीचमा पनि सेवा विस्तार र गुणस्तर वृद्धिमा अस्पतालले अग्रसरता देखाउन थालेको हो ।
अल्पकालिन चुनौतीको रूपमा अस्पताल भित्र जनशक्ति अभावसँगै पुर्वाधारको पनि समस्या छ नै दिर्घकालिन चुनौतीमा नीतिगत समस्या,शुरक्षा, अविश्वास, बेला बेलामा हुने मुखभेड जस्ता पनि कायम नै छ, अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेडन्ट डा.किरण पाण्डे भने, तर पनि दैनिक विरामीको चाप बढदै गएपछि अतिरिक्त स्वास्थ्य सेवा (ईएचएस) सेवा थप गर्ने भएको छ । दैनिक २ सय देखि ३ सय विरामी आउन थालेपछि सबैलाई सरकारी समय भित्रै सेवा दिन सकिने अवस्था नभए पछि इएचसी सेवा थप गरि सेवा प्रवाह गरिने निर्णय भएको उनको भनाइ छ ।
१९६८ सालमा तत्कालिन श्री ५ पृथ्वी विक्रम शाह र श्री ३ चन्द्र समसेर जबरा सरकारले स्थापना गरेको अस्पतालको नाम पनि पृथ्वीचन्द्र अस्पताल राखिएको हो । राणाकालिन सरकारी सेवा प्रवाह हुदै आएको पाल्हीमाझ खण्डको हुलाकी राजमार्ग लक्षित गरि परासीमा उतm अस्पताल स्थापनाकाल देखी सो अस्पतालबाट नेपाली मात्रै नभई भारतिय विरामीले पनि सेवा लिँदै आएका छन् । तर पनि जुन गतिले यो अस्पतालको विकास हुनु पथ्र्यौ हुन नसक्नु दुःखद कुरा भएको डा.पाण्डे बताए । तर अहिले मुलुक संघियतामा गए पश्चात यो ५० सैयाको अस्पताल लुम्बिनी प्रदेश सरकार अन्तर्गत आएको छ, उनले भने, अस्पताल प्रदेश सरकार मातहत भए पनि यो अस्पतालको विकास बिस्तारका लागि संघीय सरकार र स्थानीय सरकारसँगको सहकार्य उत्तिकै आवश्यक छ ।
विगत भन्दा अहिले अस्पतालमा विरामीको चाँप बढन थालेको छ, अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र प्रसाद गुप्ताले भने,तर विरामीको चाँप अनुसार चिकित्सक अभाव छ । सरकारले तोकिएको दरबन्दी अनुसार चिकित्सक दिन सकेको छैन् । सरकारी अस्पताल भएका कारण आउने बिरामीलाई सेवा दिन सकिदैन भनेर फर्काउने अवस्था पनि हुदैन् । सबैलाई सेवा दिइनु पर्छ, सोही अनुसार अस्पतालले नियमित सेवाका लागि १ बजेसम्म ओपिडी सेवामा सेवा दिनका लागि टिकट काटिने छ । त्यस पश्चात आउने विरामीलाई इएचएस बाट सेवा लिइने कि पुनः अर्को दिन नियमित सेवाका लागि अर्को दिन आउने विकल्प दिईने कार्य हुन्छ ।
इएचसी सेवाका लागि चिकित्सकलाई थप इन्सेन्भि (रकम) दिइनु पर्ने हुन्छ । त्यसको लागि आन्तरिक गृहकार्य भई रहेको उनको भनाई थियो ।
अस्पतलले निकट भविष्यमै दुई प्रकारको प्याथोलोजि(ल्याब) केन्द्रिय ल्याब र आकस्मिक ल्याब सञ्चालन गरिनुका साथै मृगौलाका विरामीका लागि डाईलासिस सेवा पनि चलाउने योजना छ । सरकारले एक जना फिजिसियन र एक जना एनेथेसियोलोजिष्टको उपलब्धता गराई दिएमा सबै पुर्वाधार भएर पनि सञ्चालनमा ल्याउन नसकिएको आईसियुु सेवा पनि सञ्चालनमा ल्याउन सकिने भनाई डा.पाण्डेको रहेको छ । यसका लागि ५० सैयाको नयाँ भवनको निर्माण अन्तिम चरणमा पुगिसकेको छ,उता पिसिआर भवन निर्माण सम्पन्न भई सकेको छ । यि दुबै भवन प्रयोगमा आए पछि अस्पतालको भौतिक पुर्वाधारका धेरै जसो समस्या समाधान हुनेमा उनले विश्वास ब्यक्त गरेका थिए ।
विरामीको चाँप हेर्दा थोरै जनशतिmले आएका सबै विरामीलाई नियमित सेवाबाटै सेवा प्रवाह गर्न कठिनाई भई रहेको भए पनि कार्यरत चिकित्सकहरू दायित्व बोध गरि पुरै समय दिएर कम गर्दै आएका छन् । यसको लागि चिकित्सक टोलीले अस्पताल विकास समितिसँग परामर्श गरी ब्यवस्थान गर्ने कार्य भई रहेको छ । अस्पताल प्रति विरामीको विश्वासले अहिले भिडभाड हुन थालेको छ । त्यो विश्वास कायम नै राखिनु पर्नेमा अस्पताल ब्यवस्थापन गम्भीर छ ।
त्यसका लागि आवश्यक जनशक्तिले नै सेवा मिलाउनका लागि यो एइचसी सञ्चालनमा ल्याउन लागिएको छ । सरकारले तोके अनुसारका अझै पनि धेरै स्वास्थ्यकर्मीको पदपुर्ति छैन् । आन्तरिक स्रोतले चिकित्सक राख्नका लागि आन्तरिक आय चाहिन्छ, डा.पाण्डेले थपे, जिल्लाका पालिकाहरूले पनि यसबारे सोच बनाउन आवश्यक रहेको छ । अखिरमा जिल्ला अस्पतालमा सेवा लिन आउने तिनै पालिकाकै जनता हुन, । त्यो भएर आन्तरिक स्तरबाट अस्पताललाई सहयोग गरे अस्पतालको सेवा अझै प्रभावकारी बनाउन सकिन्छ । विरामीको आकर्षण हेदौ एउटा ५० सैयाको अस्पताललाई यतिको सेवाग्राही प्रयाप्त हुन् ।
तर अब अस्पतालको सेवालाई थप गुणस्तर बनाउदै लैजाने योजनामा पनि लागेको उनको भनाई थियो । उनका अनुसार पृथ्वीचन्द्र अस्पतालमा आकस्मिक सेवा, सुचर सेवा, बहिरँग सेवा(ओपिडि) अन्तर्गत हाडजोर्नी तथा नशा, जनरल मेडिसिन, स्त्रिी तथा प्रसुती, मानसिक रोग, बालरोग, नाक कान घाँटी, दन्त रोग विभाग, फिजिओथेरापी सेवा रहेका छन् । त्यसैगरि अल्ट्रासाउण्ड, डिजिटल एक्सरे, इसिजी, प्रयोगशाला, विरामी भर्ना जनरल, फर्मेसी सेवा, प्रसुती अन्तरगत साधारण प्रसुती जटिल र अप्रेसन सेवा, एचआईभि परामर्श केन्द्र,लैगिँक हिँसा सम्बन्धि एकद्धारा ब्यवस्थापन(ओसीएमसी), क्षयरोग, कुष्टरोग क्लिनिक,जीन स्पट सेवा, सस्थागत क्लिनिक सेवा, प्लाष्टर। सामाजिक सेवा इकाई, सोधपुछपरामर्श तथा नियमित रूपमा प्रशासनिक तथा गुनासो सुन्ने कार्य पनि गर्दै आएको अस्पताल हो ।
अस्पतालको आकस्मिक शाखामा २ मेडिकल अधिकृत, ३ स्वास्थ्य सहायक, २ अहेव र ४ जना कार्यालय सहयोगीको दरबन्दी रहेको छ । अस्पतालले भएकै सेवालाई गुणस्तरिय बनाउन सकियो भन्ने विरामीलाई सन्तुष्टि दिन सकिन्छ । सेवा थपिनु भन्दा भएको सेवालाई सञ्चालन र गुणस्तरिय बनाउनु अस्पताल विकास समितिको पनि लक्ष्य रहेको छ । अस्पताल सञ्चालनमा चिकित्सिय टिमवर्क पहिलो सर्त हो,यसका लागि नियमित चिकित्सकको वैठक बसाल्ने कार्यमा प्रयासरत रहेको निमित्त मेसु डा.पाण्डेले बताए ।
दोश्रोमा आवश्यक साधनस्रोतको खोजी गरिदिइने र ब्यवस्थापन चुष्तदुरुष्त बनाउनमा अस्पताल विकास समितिको भुमिका हुनु पर्ने बताउदै उनले यसको साथै अस्पताललाई सहज,भयरहित र उत्साहित बनाउने खालको बाहिरी वातावरणमा नागरिक समाज, प्रेस, निजी क्षेत्र, प्रबुद्ध बर्गको पनि नियमित सहयोगको आवश्यकता हरेको छ । यो तिन पक्ष मिलेर काम गरियो भन्ने अस्पताल निश्चित रूपमा प्रभावकारी सेवा दिइनमा सक्षम हुदै जाने उनले विश्वास ब्यक्त गरेका थिए ।