© २०२३
दश करोडको लागतमा बनेको भुतहा–महेशपुरसडक नौ महिनामै भत्किँदा सो सडकमा जोडिएको चक्ती (ट्यासीगँ वर्क) पनि महिना दिन भित्रै भत्किएको छ । रमन कन्ट्रक्सनले बनाएको उतm सडकमा शुरुमै कमसल सामग्रीको प्रयोग गर्दा सडक कमजोरभई एक बर्ष भित्रै भत्किएको रअहिले मर्मत गर्दै जोडिएको चक्ति (स्थानीय भाषा) समेत च्यातिएको हो ।
सडकमा कमसल सामग्रीको प्रयोग बढ्दै जाँदा सरकारको पूर्वाधारविकासमा गरिएको लागनी डुब्ने मात्रै नभई सडकमा दुर्घटना समेत निम्त्याउने गरेको स्थानीयबासीले बताएका छन् । निर्माण कम्पनी बीच हुने गरेको अस्वस्थ प्रतिप्रर्धा रखरिद ऐनको कमजोरीले समेत पूर्वाधारकमजोरहुने गरेको छ । उतm सडक रमन कन्ट्रक्सनले ढिलो गरिनिर्माण गरेको थियो, एक स्थानीयले भने, निर्माणाधिन अवस्थामा पनि उसले अधिक मात्रामा माटो मिसिएको ग्राभेल हालेको थियो । त्यसमा पनि जति मात्रामा हाल्नु पर्ने हो,त्यो भन्दा कम मोटाईको समाग्रि प्रयोग गरेको थियो । विश्व बैंकको लगानीमा तत्कालिन जिल्ला विकास समिति (जिविस) मार्फत ग्रामिण सडक पहुँच परियोजना(एसएनआरटिपी) अन्तरगत टेण्डरहुँदा सो निर्माण कम्पनीले निर्माणका लागि ठेक्का पारेको थियो ।
सिमा नाका देखी पुर्वपश्चिम महेन्द्र राजमार्ग जोड्ने लिँक सडकको रूपमा रहेको उतm सडक कमसल समाग्रि प्रयोग गरेरबनाइएको सडक बर्ष दिनमै भत्किनु रसडक टाल्ने काम(चक्ति जोड्ने) काम भयो । तरति चक्ति पनि महिना दिन नवित्दै च्यातियो, स्थानिय सदिक कुजडा भने,सडकमा नेता देखी कर्मचारीलाई कमिसनै चाहियो,सडक जे सुकै होस,मन्छे मरुन वा खाल्टोमा जाउन कसैलाई मतलब छैन् । निर्माण कम्पनीलाई पनि नाफा चाहि हालियो, उनले थपे, नेता कर्मचारी प्राविधिक मिलाएरयोजना पास भई हाल्छ,सोझा साझा जनताले के विगार्न सक्छन् । जनता जहिले निरिह नै बनेका छन् । सबैले भाग पाए पछि जनता जहन्नुम (नर्क) मा आउन के मतलब उनले दुखेसो पोखे । सडकको काम प्रति सरावल गाउपालिकाकी उपाध्यक्ष उत्तमा रायले पनि असन्तुष्टि ब्यतm गरिन् । त्यसबारे गाउँपालिकाले पनि सरोकारवाला निकायको ध्यानाकर्षण गराउने बताईन् । टालटुल गरेरठेकेदारहरू भाग्ने गर्छन्,त्यो भएरकेही बर्ष सडक टिकाउ नभएसम्म उसको धरौटी रअन्तिम किस्ता भुतmानी समेत रोकेरराख्नु पर्ने अवस्था आएको उनले सुनाईन् ।
बेला बेलामा प्राविधिकले अनुगमन नगरिदिँदा रगुणस्तरनियन्त्रणमा काम नगर्दा यस्तो समस्या आएको सरावल गाउँपालिका पिपराका एक स्थानियले भने, एक दशक अगाडी जिविसले नै बाँसा–पिपरहिया सडक बनेको सडक अहिले पनि उस्तै छ । मन्त्रालयमा पहुँच भएको सो निर्माण कम्पनीले जहिले पनि ठेक्का पार्ने रआफन्तलाई काम दिईने हुदा उनीहरूले गैरजिम्मेवारभई काम गर्दा पूर्वाधारमा समस्या हुने गरेको छ । नियमन गर्ने निकायमा पनि प्राविधिकले आफ्नो प्राविधिकले पाउने खर्च (कन्टिजेन्सि) रकार्यालय प्रमुखले पाउने प्राईस कमिसन( ठेक्का पट्टामा प्रयोग हुने सांकेतिक भाषा पिसी) पाएपछि आयोजनाका काम धमाधम सदरहुँदै जाने प्रवृतिले पनि पूर्वाधारमा कमसल सामग्री प्रयोग हुने गरेको छ । रमन कन्ट्रक्सनले त्यो भन्दा पहिला पनि महेशपुर–परासी सडकको मर्मत सम्भारको काम गर्दा पनि कमसल सामग्री प्रयोग गरेको थियो, जुन बर्ष दिन भित्रै भत्किन थालेको थियो ।
यता तत्कालिन जिविस रहाल जिल्ला समन्वय समिति (जिसस) का इन्जिरियरउमेश प्रसाद शर्माले उतm सडक पक्कि नभई ओटासिल भएको रत्यसमा भारी सवारी साधन चलाउँदा भत्किएको जिकिरगरे । उनका अनुसारसो सडकमा १० मेट्रिक टन भन्दा कम सवारी साधन मात्र चल्न दिनुपर्छ । तरत्यो भन्दा बढि भारबोकेको टिपरहरू चल्दा सडक विग्रिएको उनले दाबी गरे । सडकको मर्मत सम्भारअवधी भित्रै सडक भत्किएको हुँदा त्यही लगानीमा निर्माण कम्पनीले मर्मत गरेको इन्जिनियरशर्माले जनाएका थिए । तरशर्माको भनाइ प्रति स्थानीय सन्तुष्ट छैन् । किनकि सो सडक देखी करिब ५ किलोमिटरपश्चिममा रहेको बाँसा–पिपरहिया सडक दशक विते पनि खासै भत्एिको छैन् । त्यो पनि ओटासिल सडक नै हो, त्यो भत्केन रअहिले भुतहा–महेशपुरसडक कसरी बर्ष दिन नवित्दै भत्कियो ? ओटासिल बनाउदा दुबै सडकको फरक फरक त मापदण्ड पक्कै नहुनु पर्ने हो,एक स्थानियले आक्रोस पोखे ।