ट्रेंडिंग:

>> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव

लुम्बिनी प्रदेशमा पोषणको अवस्थाः बालबालिकामा ‘ख्याउटेपन’ उच्च

देशमा सबैभन्दा बढि ख्याउटेपना भएका बालबालिका लुम्बिनी प्रदेशमा देखिएका छन्, रक्तअल्पता हुने बालबालिकाहरूमा मधेस पछि लुम्बिनी दोस्रो नम्बरमा छ ।
२३ पुष २०८०, सोमबार
२३ पुष २०८०, सोमबार

बुटवल, २३ पुस । लुम्बिनी प्रदेशका बालबालिकाहरूमा ख्याउटे पन बढ्दै गएको पाइएको छ । प्रदेशका विभिन्न निकाय, संघीय सरकारका निकाय तथा स्थानीय निकायमा विभिन्न दातृ संस्थाले समेत पोषणको लागि काम गर्दै आएको बताइएपनि यसमा सरकारी तथ्यांकबाट नै बालबालिकाहरूमा ख्याउटेपना बढ्दै गएको पाइएको हो ।

लुम्बिनी प्रदेशको स्वाथ्य निर्देशनालयको तथ्यांक अनुसार देशमा सबैभन्दा बढि ख्याउटे बालबालिका लुम्बिनी प्रदेशमा रहेको पाइएको हो । नेशनल डेमोग्राफि एण्ड हेल्थ सर्वे डाटा सन् २०२२ का अनुसार लुम्बिनी प्रदेशमा सबैभन्दा बढि ख्याउटेपना भएका बालबालिका पाइएको हो ।
देशभर कुल बालबालिका मध्ये ८ प्रतिशत बालवालिका रहेकोमा कुल ख्याउटे बालवालिकाहरूको संख्यामा सबैभन्दा बढि १६ प्रतिशत बालवालिकामा ख्याउटेपना देखिएको हो । जसलाई उमेर अनुसारको उचाई वृद्धिमा समेत लिने गरिन्छ ।
निर्देशनालयका परिवार कल्याण शाखा प्रमुख तथा पोषण फोकल प्रर्सन कौशल भण्डारीका अनुसार सुदुरपश्चिम प्रदेशमा ५ प्रतिशत, कर्णालीमा ४ प्रतिशत, गण्डकीमा ४ प्रतितश, बागमतीमा ५ प्रतिशत, मधेस प्रदेशमा १० प्रतिशत र कोसीमा ४ प्रतिशत रहेकोमा लुम्बिनीमा १६ प्रतिशत रहेका छन् ।

जुन तथ्यांकले प्रदेश सरकारलाई समेत गिज्याएको भन्दै आलोचना समेत भएको छ । मधेस प्रदेशपछि लुम्बिनी प्रदेश भन्दा ६ प्रतिशतले कम छ । दिगो विकास लक्ष्यका अनुसार नेपाल सरकारले कुल बालबालिका मध्ये ४ प्रतिशतमा ख्याउटेपना लाई रोक्ने लक्ष्य लिएको थियो ।
जसमा नेपालमै ४ प्रतिशत थप अर्थात ८ प्रतिशत देखिएको हो भने लुम्बिनी प्रदेशमा त कुल ख्याउटेपनाको १६ प्रतिशत देखिएको हो ।
एनडीएचएस सर्भेअनुसार सन् २०२२ मा ६ महिना देखि ५९ महिना सम्मका बालबालिकाहरूको कुपोषणको अवस्थालाई १५ मा रोक्ने भनिएको थियो । तर यसमा थप ५ भई २५ पुगेको छ । यस्तै ख्याउटेपनालाई ४ प्रतिशतमा रोक्ने भनेकोमा ८ प्रतितश र भने कम तौल को अवस्थालाई १० मा रोक्ने लक्ष्य रहेकोमा अहिले १९ प्रतिशत पाइएको छ ।

बालवालिकामा रहेको पुड्कोपनामा लुम्बिनी चौथो नम्बरमा रहेको छ । कार्णलीमा ३६ प्रतिशत, मेधमा २९ र सुदुरपश्चिममा २८ प्रतिशत रहेकोमा लुम्बिनीमा भने २५ प्रतितश रहेको छ । कम तौल भएका बालवालिकाहरूमा पनि लुम्बिनी प्रदेशमा दोसो नम्बरमा रहेको छ । स्वाथ्य निर्देशनालयका अनुसार मधेस प्रदेशमा २९ प्रतिशत बालवालिकामा कम तौल भएको पाइएकोमा त्यसपछिको लुम्बिनीमा २५ प्रतिशत बालबालिकामा कम तौल पाइएको हो ।

फोकल पर्सन भण्डारीका अनुसार स्वाथ्य निर्देशनालय लुम्बिनी प्रदेशले प्रदेशका दुई वटा जिल्ला रुकुम पूर्व र कपिलवस्तु जिल्लामा पोषणको अवस्थाको विषयमा विशेष सर्वेक्षण समेत गरेको थियो । जसअनुसार कुपोषणबाट ग्रसीत बालवालिका कपिलवस्तुमा पुड्को पना ४६.१ प्रतिशत बालबालिका, ख्याटेपना १०.३ प्रतिशत र कम तौल भएको ३६.२ प्रतिशत पाइएको हो ।
प्रदेशका बालवालिकामा रक्त अल्पताको अवस्था पनि गम्भिर पाइएको छ । जसमा ४९ प्रतिशत बालवालिका रक्त अल्पताको सिकार भएका छन् । देशभरमा सबैभन्दा बढि मधेसमा ५१ प्रतिशत बालवालिका यसको सिकार भएका छन् । मधेस भन्दा जम्मा २ प्रतिशत मात्रै कम लुम्बिनी प्रदेशमा देखिएको हो ।

बालवालिका संगै १० देखि १९ बर्षका किाशोर किशोरीहरूमा गरिएको स्वास्थ्य तथा पोषणको अवस्थामा प्रदेशमा रक्तअल्पता ३९ प्रतिशत, कम तौल २५ प्रतिशत र किशोरीहरूमा अधिक तौल मोटोपना ५३ प्रतिशत भेटिएको हो । ५ वर्ष मुनिका बालबालिकामा ख्याउटेपन, पुडकोपन, कम तौल उच्च रहेको र २०३० सम्म लक्ष्य हासिल गर्न चुनौति रहेको स्वास्थ्य निर्देशनालयका प्रमुख डा. विनोद कुमार गिरी बताउँछन् । उनले बालबालिका, किशोरी र प्रजनन उमेरका महिलाहरूमा रक्तअल्पता अधिक रहेको पाइएको जानाकारी दिँदै स्तनपान संरक्षण, संवर्धन र प्रवद्र्धनमा कमी हुँदै गएको बताए ।

उनले बिद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुन नसक्नु, किशोरी आईरन फोलिक एसिड कार्यक्रम, बिद्यालयमा जुकाको औषधी आमवितरण पनि कम हुँदा समस्या आएको बताए । उनले यो विषयमा प्रदेशको मन्त्रालयबाट विभिन्न तहमा काम भैरहेको जानकारी दिँदै दिगो विकास लक्ष्यलाई प्रदेशले सहजतापुर्वक लिएर पुरा गर्ने अठोटका साथ लागिपरेको समेत बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?