ट्रेंडिंग:

>> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित

ट्रंकलाइन महसुल विवादमा १९ उद्योग बन्द , उद्योगीसहित तीनहजार मजदुर आन्दोलनमा

२२ पुष २०८०, आइतबार
२२ पुष २०८०, आइतबार

भैरहवा, २२ पुस ।  रुपन्देही जिल्लाका ट्रंक लाइन महसुल विवादमा १९ वटा उद्योगहरु आन्दोलनमा उत्रिएका छन् ।
उद्योगी ब्यावसायीहरुले उद्योगी पीडित भएको भन्दै प्लेकार्ड बोकेर नेपाल विद्युत प्राधिकरण भैरहवा बितरण केन्द्रमा विरोध प्रदर्शन गर्दै लाइन काटिएका उद्योगको विद्युत लाइन जडान नगरेसम्म सिद्धार्थ राजमार्ग करिडोरमा सञ्चालीत उद्योगहरु संयुक्तरुपमा आ–आफ्नो उद्योग बन्द गरी विरोध प्रदर्शनमा उत्रिएका हुन् ।
अर्घाखाँची सिमेन्टका सञ्चालक राजेश अग्रवालले डेटिकेटक र ट्रंक लाइनको सांकेतिक विरोध प्रदर्शन भएको बताए । सरकारले बिद्युतको छुट बिल पठाएको छ, उद्योगीले पटक पटक भनेको छ, अग्रवालले भने, तपाइँले निर्धारण गरेको नियम २० घण्टा बिजुली निर्बाधरुपमा दिनुपर्यो ६ घण्टा लोडसेडिङ भएको अवस्थामा र जस जसले माग गरेको छ, टिओडि मिटरको प्रमाण समेत पेश गरेर बिल पठाइदिनुस जसले तिर्नुपर्ने छ उसले तिर्छ । बिना प्रमाणको बिल पठाउन नमिल्ने उनले बताए । नियम पालना गरेर हामी प्रमाण भएमा पैसा तिर्न तयार रहेको बताए ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले उच्च अदालत तुल्सीपुर, बुटवल इजलासमा हाल बिचाराधिन रहेकै अवस्थामा उद्योगहरुले तिर्नै नपर्ने रकम असुल गर्न उद्योगहरुको बिद्युत लाइन सुरु गरेकोमा विद्यु प्राधिकरण भैरहवा शाखाले २ वटा उद्योगको लाइन काट्नु गलत कार्य भएको बताए । २ वटा उद्योगहरुको पुस १३ गते काटेको कार्यबाट बुटल भैरहवा करिडोरमा सञ्चालित उद्योगहरु त्रसित भएको उनले बताए ।
ट्रकलाइन र डेडिकेटेड लाइन प्रयोग नगरेका उद्योगलाई पनि महसुल बुझाउन पत्र पठाएकाले आन्दोलनमा उत्रिनुपरेको बताए । विद्युत प्राधिकरणले सप्रमाण विद्युत प्रयोग गरेको प्रमाण उपलब्ध गराए शुल्क तिर्न तयार भए पनि प्रयोग नगरिएको विद्युतको शुल्क तिर्न नसकिने बताए । उनले उद्योगीहरुको आन्दोलनमा सिद्धार्थ उद्योग वाणिज्य संघको ऐक्यवद्धता रहेको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले प्राधिकरणले उद्योगी व्यवसायीमाथि अत्याचार गरेको बताए । उनले विद्युत प्राधिकरणले उद्योगको मात्र नभइ थुप्रै श्रमिकको लाईन पनि काटेको बताए । उनले लाइन काट्नु भनेको श्रमिकको रोजगारीमा पनि लाइन काट्नु सरह हुने बताए । उनले प्रयोग नगरिएको कुराहरुमा पनि सेवा शुल्क लिन खोजको बताए । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य महेन्द्र कुमार श्रेष्ठले सरकारले उद्योगी व्यवसायीलाई किन धरासायी बनाउन खोजेको भन्दै प्रश्न गरे । उनले उद्योगीले पैसा तिर्न नखोजेको भन्ने भ्रम फैलाइएको र यस्ता कुरामा कुनै सत्यता नरहेको बताए ।
घराना फुड्स प्रा.लि.का सञ्चालक विकास गोयनकाले उद्योगहरु पूर्ण सञ्चालन हुन नसकेको अवस्थामा लाईन काटेर के गर्न खोजिएको भन्दै प्रश्न गरे । उनले अहिले आन्दोलनमा कर्मचारीहरु आएको र आगामी दिनमा श्रमिक पनि सडकमा आउन बाध्य हुने बताए । सरकार मौन बसेको उनले आरोप लगाए । एकै पटक प्राधिकरणले ७२ देखिको बिल भनेर फर्जि बिल ३ करोडको पठाएको आरोप लगाउँदै उनले भने टंक लाइन थाहै नभएको उद्योगीलाई कसरी बिल पठायो भन्दै प्रश्न गरे । हामीले उपभोग गरेको टंकलाइनको प्रमाण पठाएमा बिल तिर्न तयार रहेको उनले बताए । गोयन्काले १९ उद्योग मध्ये २ वटा उद्योगको लाइन काटेकाले १७ वटा उद्योगले समर्थन गरेको बताउँदै सबैलाई कानुन लाग्ने बताए । लाइन जडान नभएको खण्डमा उद्योगमा कार्यरत ६ हजार श्रमीक सडकमा उतार्ने चेतावनी दिए ।
सरकारको गलत नीतिका कारण हजारौँ उद्योगीहरु बेरोजगार बन्नु परेको उद्योगीले गुनासो गरेका छन् । लाइन काटिएका २ उद्योगमा लाइन जडान नभए थप आन्दोलन गर्ने ब्यावसायीले बताए । आन्दोलनमा घराना फूड्स प्रालि, सिद्धार्थ पेट प्लास्ट, पञ्चकन्या प्लास्टीक इन्डष्ट्रिज प्रालि, पञ्चकन्या स्टील प्रालि, एस आर फूड्स प्रालि, यशोधा फूड प्रालि, एभरेष्ट रोलिङ इण्डष्ट्रिज प्रालि, गोयनका फुड्स प्रालि, सोना प्याकेजिङ ईण्डष्ट्रिज प्रालि, एस आर स्टील प्रालि, नव नेपाल प्लाष्टिक ईण्डष्ट्रिज, जय दुर्गा प्लाष्टिक इण्डष्ट्रिज, सोना पोलिमर्स ईण्डष्ट्रिज, श्याम प्लाष्टिक उद्योग प्रालि, एजी हेल्थ ईण्डष्ट्रिज, भलवारी स्वचालित चामल कारखाना, जेवी टेक्सटाइल उद्योगका सञ्चालक, निर्देशक लगायतका कर्मचारीहरु बिरोध प्रदर्शनमा सहभागी थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?