ट्रेंडिंग:

>> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित

दाङमा दुर्घटना न्यूनीकरण गर्न टाइमकार्ड लागु गरिने

१९ पुष २०८०, बिहीबार
१९ पुष २०८०, बिहीबार

दाङ, १९ पुस ।

तुलसीपुरबाट घोराहीतर्फ आइरहेको भे १ ख ३६९७ नम्बरको बसले यही पुस १६ गते तुलसीपुर उपमहानगरपालिका–१७ दूधरासमा आठ वर्षका उत्तम चौधरीलाई ठक्कर दियोे । बसले विद्यालयबाट घर फर्किरहेको बालकलाई ठक्कर दिदा चौधरीको घटनास्थमै मृत्यु भयो । तीब्र गति तथा ओभर टेकका कारण दुर्घटना न्यूनीकरण हुन नसकेको तथा विद्यालय क्षेत्रका सडक सुरक्षित हुन नसकेको भन्दै जिल्लामा बुधबार सरोकारवालाबीच छलफल भएको छ । उक्त घटना विद्यालय क्षेत्रमा भएका कारण सडक सुरक्षासँगै दुर्घटना न्यूनीकरणका विषयमा जिल्ला प्रशासन कार्यालयले सरोकारवालासँग छलफल गरेको छ ।

जिल्ला प्रशासन कार्यालयमा भएको सरोकारवालाको छलफलमा घोराही–तुलसीपुर र घोराही–लमहीको सडकमा टाइम कार्ड लागू गर्ने निर्णय भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवसायीको सहमतिमा टाइमकार्ड लागू गर्ने सहमति भएको हो । जसका लागि गृहकार्य गर्न यातायात व्यवसायी र ट्राफिक प्रहरीलाई बैठकले अनुरोध गरेको छ ।

दाङ जिल्ला ट्राफिक प्रहरी प्रमुख किरण प्रकाश मल्लले लमही–घोराही–तुलसीपुर सडक खण्डमा एक सय ८० गाडी नियमित संचालन हुने गरेको जानकारी दिए । उनले लमही–घोराही सडक खण्डमा एक घण्टा पाँच मिनेट र घोराही–तुलसीपुर सडक खण्डमा एक घण्टा ५० मिनेट समयको प्रस्ताव गरे । तिब्र गतिका कारण दुर्घटना हुने भएकाले यसलाई कम गर्नका लागि सडकमा टाइम कार्ड लागु गरेर परीक्षण गर्ने बताए ।

दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले जिल्लामा दुर्घटना न्यूनीकरण गर्न सर्वपक्षीय रुपमै काम गर्न थालिएको जानकारी दिए । ‘ साइरन वाला गाडी र अत्यावश्यक बाहेकका सबैको हकमा टाइमकार्ड लागू गरिन्छ,’– उनले भने– ‘गाडी र चालकको स्वास्थ्य परीक्षण गरिनुपर्छ । दुर्घटना न्यूनीकरण गर्न सडक गति नियन्त्रण यन्त्र पनि प्रयोग गर्न सरोकारवाला निकायलाई आग्रह गरेका छन् ।’

जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले दुर्घटना न्यूनीकरणका लागि गाडिको गति सीमित गर्नु पर्ने बताए । उनले विद्यालय क्षेत्रमा जानकारीमूलक बोर्ड राख्न सडक डिभिजनसँग सहकार्य गर्ने बताए । घोराही तुलसीपुर फोरलेन सडक मर्मत भए पनि दुर्घटना कम हुन नसकेको बताए । जिल्ला प्रहरी प्रमुख रामबहादुर केसीले दुर्घटना न्यूनीकरणका लागि सरोकारवाला निकायको भूमिका महत्वपूर्ण हुने बताए ।

तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्काले विद्यालय क्षेत्रमा जानकारीमूलक बोर्ड, जेब्रा क्रसिङ, र गति बोर्ड राख्नुपर्ने र गति नियन्त्रण गर्न टाइमकार्ड लागु गर्नुपर्ने बताए । दुर्घटना भैसके पछि पछुताउनु भन्दा पहिले नै सचेत हुनुपर्ने बताए । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले दुर्घटना न्यूनीकरणका लागि तीब्र गति नियन्त्रणका लागि यातायात व्यवसायी जिम्मेवार बन्नुपर्ने बताए । गाडीका चालकले यात्रुराख्ने प्रतिष्पर्धा गर्न नहुने बताए ।

त्रिसिद्धेश्वरी यातायात प्रालिका अध्यक्ष सुरेश हमालले गाडी चालकहरुको बिचमा अस्वस्थ प्रतिष्पर्धालाई निरुत्साहन गर्नुपर्ने बताए । सडकमा सवारी र चालकको स्वास्थ्य परीक्षण र चालकलाई प्रशिक्षणलगायतका विषयमा राज्यले भूमिका खेल्नुपर्ने बताए । दुर्घटना न्यूनीकरणका विषयमा यातायात व्यवसायी गम्भीर रहेको बताए । राप्ती यातायात प्रालिका अध्यक्ष भरतनाथ योगीले सवारी दुर्घटनामा पाँच लाख रुपैयाँ बिमावापत दिइने रकमलाई प्रिमियम थपेर १० लाख रुपैयाँ बनाउनुपर्ने अहिलेको आवश्यकता रहेको उल्लेख गरे । अम्बिकेश्वरी यातायात प्रालिका अध्यक्ष घनश्याम केसीले सडक सुरक्षाका लागि टाइम कार्ड लागु गर्ने भएमा मन्त्री, नेताका गाडिलाई पनि यो लागु हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?