© २०२३
बुटवल, १८ पुस । जन्मदा समान्य देखिएपनि विस्तारै छोरीमा बौद्धिक अपाङ्गता देखियो, पछि अटिजम पनि, बौद्धिक प्लस अटिजमको सामस्या भएपछि उनले छोरीलाई कहि कतै पनि एक्लै छाड्न मिल्दैन । छोरीको निरन्तर हेरचाह गर्नुपर्ने, अन्य स्थानमा रोजगारी समेत गर्न नमिल्ने भएपछि बुटवल–१२ नयाँ गाउँकी सृजना अर्याल पाण्डेले एउटा जुक्ती निकालिन् अब घरबाट नै विभिन्न प्रकृतिका खाद्यान्न उत्पादन गर्ने र विक्रि वितरण गर्ने ।
पाँच बर्ष पहिला तामनगरसिकाई केन्द्रमा उनले तालिम लिएपछि अहिले सिकेको सिपलाई पूर्णरूपमा व्यहारमा लागू गर्दै आएकी उनले एक जना साथी समेट भेटाईन् । सुन्जु थापा । उनी तिनै सञ्जु थापा संग मिलेर अहिले घरमा नै विभिन्न प्रकृतिका अचार, मासुको अचार, बाटेको धुप, सिन्की, मस्यौरा, सुत्केरी मसला लगायतका खाद्यान्न उत्पादन गर्दै विक्रि वितरण गर्दै आएकी छिन् ।
उनले उत्पादन गरेको सामग्री आफु विभिन्न कार्यक्रममा जाँदा लगेर विक्रि वितरण गर्दैै आएकी छिन् । उनि भन्छिन्–‘अर्डर आउन साथ हामी विवाहको लागि चाहिने साईपाटा, दशै तिहारको लागि चाहिने रोटी, सेलरोटी लगायतका परिकार समेत बनाएर विक्रि गर्दै आएका छौ ।’
अन्य आम्दानीको स्रोत नभएको कारण सोही विक्रि बाट उनी दुई जनाको घर परिवार चलेको छ । बुटवल–१२ नयाँ गाउँमा ‘आमाको घर श्रीम अचार’ नाम दिएर सुरुवात भएको ५ बर्ष जति भयो । यसको प्रमुख सञ्चालक नै सृजना अर्याल पाण्डे हुन ।
उनले विभिन्न स्थानबाट संकलन गरिएको कच्चा पदार्थलाई प्रसोधन गरेर अचारका विभिन्न परिकार बनाउदै विक्री गर्दै आएकी हुन । कार्यक्रममा जाँदा, सहभागी हुँदा उनले आफूले उत्पादन गरेको सामान लैजाने गर्दछिन्, जसलाई साथीहरू, अतिथिहरूले समेत खरिद गरेर सहयोग समेत गर्र्दै आएका छन् ।
सामान्य अन्य अचार तथा परिकारको बजार मूल्य भन्दा उनीहरूले उत्पादन गरेको अचार जन्य उत्पादन, अन्य परिकार सस्तो पनि छ । उनी भन्छिन्–‘हामी बजार मूल्य भन्दा सस्तोमा दिन्छौ, कुनै पनि केमिकल प्रयोग गर्दैनौ ।’ ५ सय रूपैयाँ को कच्चा पदार्थ ल्याएर सुरुवात भएको उनको फार्मले अहिले उद्योगको रूप लिएको छ । घरमा नै खाली समयको सदुपयोग गरी विभिन्न प्रकारका अचार, बाटेको धुप, सुत्ेकरी मसला, सिन्की, मस्यौरा लगायतका परिकार उत्पादन गर्दैै बिक्री वितरण गर्दै आएकी हुन ।
अन्य आम्दानीको स्रोत नभएको अवस्थामा यी नै सामाग्रीविक्रि वितरण बाट नै घर चलाउदै आएको उनको तर्क छ । घरमा नै पूर्णरूपमा अर्गानिक रूपमा उत्पादन गरेका परिकारहरूमा कुनै पनि बाह्य केमिकल नमिसाउने उनी बताउँछन् ।
उनीहरूले उत्पादन गरेको विभिन्न परिकारको प्रसार प्रसार अझै व्यापक रूपमा हुन सकेको छैन । घरमा नै अर्गानिक रूपमा उत्पादन गरिएको कारण एक पटक प्रयोग गरेका उपभोक्ताहरूले अर्को पटक पनि खरिदको लागि आर्डर दिने र लैजाने गरेका छन् ।
स्थानीय निकायले महिलाहरूले गरेको यो उद्यमको प्रवद्र्धनमा भने कुनै पहल गरेको छैन । यसको लागि सरोकारवाला निकायबाट सहयोगको अपेक्षा गरेको उनीहरूको भनाइ रहेको छ । अहिले घरेलु उपकरणको प्रयोग गरेर उत्पादन गर्दै आएको यी परिकार, समानको कुनै निकायबाट सहयोग भएमा मेसिन, उपकरण जडान गरी उद्योगकै रूपमा सुरुवात गरिने सोँच समेत बनाएको अर्यालको भनाई छ ।