लमही , १६ पुस ।
पछिल्लो समयमा सहकारी संस्थाहरुमा देखिएको समस्या समाधानका लागि गढवाको कुलपानीमा स्थानीय सरकार र गढवामा क्रियाशील सहकारीहरु बिच बृहत अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।
दिनानुदिन सहकारी संस्थाहरुको अवस्था बिग्रदै गएकोले सहकारी संस्थाहरुको समस्या पहिचान गरी समाधानका लागि सहकारी, स्थानीय सरकार र पालिका स्तरीय सहकारी संञ्जाल बिचको समन्वयकारी अन्तक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको हो।
गढवा गाउँपालिका स्तरीय सहकारी अन्तक्रिया कार्यक्रममा सहकारी संस्थाहरु बाट उठेका जिज्ञासाहरुको जवाफ गढवा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, १ नम्बर वडाध्यक्ष, सहकारी शाखाका प्रमुख र सहकारी सञ्जालका अध्यक्षले दिएका थिए ।
कार्यक्रममा उठेका बिषयबस्तुमाथी बिचार राख्दै गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले आफुहरु निर्वाचित भएदेखी नै सहकारी संस्थाहरुको समस्या पहिचान गरी समाधानका लागि लागिपरेको बताए। सहकारीहरुको मुख्य समस्या संस्थागत शुसाशन भएको बताउदै सहकारीहरुले लगानी कहाँ, कसलाई र कसरी गर्ने भन्ने बिषयमा ठुलो समस्या देखिएको र त्यै लगानी डुबेको बताए।
बिना उद्देश्यले लगानी गर्दा सहकारीको लगावी डुबेको बताउदै कृषक लाई बाख्रा पालन, भैसी पालन वा तरकारी खेती भनेर लगानी गर्ने तर कृषक संग नत भैसी छ, नत बाख्रा छ नत तरकारी खेती गरेको छ यसरी लगानी गर्दा लगानी डुबेको धेरै उदाहरणहरु देखिन्छन् ।
सहकारीको सिद्धान्तमा समन्वय भएकोले जव सम्म सहकारीका सञ्चालक, शेयर सदस्यहरु एक आपसमा समन्वय हुदै तब सम्म सहकारी चलाउन सकिदैन अध्यक्ष पोख्रेलले भने।
सहकारी सयोजक प्रमुख अशाेक कुमार यादवले कर्जा प्रणाली ब्यवस्थीत गर्न सहकारीहरु समन्वय गर्न आवश्यक रहेको बताए। एक सहकारीले अरको सहकारी संग सहकार्य नगरेकोले थप समस्या भएको बताउदै सहकारीको नियम, नियमन र कार्यबिधि आवश्यक रहेको बताए। ऋण असुली स्थानीय सरकार बाट नभई ऋण दिने सहकारी स्वयंले गर्नु पर्ने बताउदै सहकारीको सात सिद्धान्त भन्दा बाहिर गए समस्या हुने बताए।
सहकारी सदस्यहरुको दोहोरापना सहकारी संस्थाहरुमा आफु खुसी आउन जान पाउने प्रावधान रहेको बताउदै सहकारी सदस्यहरु लाई संस्थाको बारेमा जानकारी गराउनु पर्ने बताए । सहकारी सञ्जाल, सहकारी शाखा मिलेर ऋण असुल बारे समन्वय गर्न सकिने तर पालिका र सहकारी शाखा घरघरमा गएर ऋण असुल्न नसकिने स्पष्ट पारे।
कार्यक्रममा बोल्ने बक्ताहरुले सहकारी ब्यरोजगारी नै सहकारी डुबानको मुख्य कारण भएको बताएका छन्। स्थानीय सरकार, सहकारी शाखाबाट प्रत्येक समयमा अनुगमन गर्नु पर्ने बताए। सहकारीको पैसा असुली गर्न स्थानीय सरकारको सहयोग समेत आवश्यक रहेको बताए।
हाल गढवा गाउँपालिकामा बिभिन्न सहकारी हरु गरी कुल ५१ मध्ये ४६ क्रियाशील सहकारी क्रियाशील रहेका छन्।