© २०२३
तानसेन नगरका राजन पन्त त्रिभुवन बहुमुखी क्याम्पसमा लामो समयदेखि प्राध्यापन गरेका व्यक्ति हुन । उनले प्राध्यापन गर्दा ७ हजार पाँच सयसम्म विद्यार्थी उच्च शिक्षाका लागि मुख्य गन्तव्य भएको बताउँछन ।
काठमाडौंको त्रिचन्द्र बहुमुखी क्यापम्समा प्राध्यापन गर्दै आएका तानसेन नगरका दिपक बश्यालले तानसेनको त्रिभुवन बहुमुखी क्याम्पसमा अध्ययन गर्दा ४ हजार ५ सय विद्यार्थीको उच्च शिक्षाको भविष्य जोडीएको थियो । उच्च शिक्षाको मुख्य गन्तव्य ठानिने त्रिभुवन विश्व विद्यालय भन्दा जेठो ठानिने पाल्पाको मात्र नभई पश्चिम नेपाल कै शैक्षिक धरोहरको रूपमा रहेको त्रिभुवन बहुमुखी क्याम्पसमा पछिल्ला दशकहरूमा विद्यार्थी संख्या अत्याधिक घटने क्रममा रहेको छ ।
साविकको लुम्बिनी, गण्डकी, धौलागरी राप्ती अञ्चलका विद्यार्थीको उच्च शिक्षाको मुख्य गन्तव्य बनेको क्याम्पसका विद्यार्थीका कारण तानसेन बजारमा बेग्लै गुल्जार थियो । २०४६ सालको राजनैतिक परिवर्तन पूर्व तानसेनमा माध्यमिक तहदेखि उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको १० हजार भन्दा बढि संख्यामा थियो । त्रिभुवन बहुमुखी क्याम्पसमा अध्ययन गरेका व्यक्तिहरू नेपाल सरकारको मुख्य सचिव, सचिव, तत्कालिन समयमा राज विरेन्द्रको मुख्य सचिव, निजी पाइलट, सर्वोच्च अदालतको प्रधानन्यायाधिश, नेपाल प्रहरीको सबैभन्दा माथिल्लो पदमा पुगि सके । तानसेनको यही विश्व विद्यालयमा पढेका व्यक्तिहरू माथिल्लो सदनको सदस्य पनि भए । क्याम्पसले यो मुलुकको नेतृत्व हाँक्न सक्ने व्यक्ति तयार गर्यो । तर पछिल्लो समयमा खोला तरेर लौरो बिर्सनेका प्रवृतिका कारण विद्यार्थी संख्या न्यून भएको तानसेनबासीको भनाइ रहेको छ ।
क्याम्पसका सहायक क्याम्पस प्रमुख रामनाथ न्यौपानेका अनुसार क्याम्पसमा हाल २ हजार ७ सयको संख्यामा विद्यार्थीहरू छन । पछिल्लो समयमा नेपाल सरकारले प्रविणता प्रमाण पत्र तह विश्व विद्यालयबाट हटाउनु, हरेक जिल्लाका गाउँ गाउँमा समेत कलेजको स्थापनाका कारण तानसेनमा पुरानो धरोहरको रूपमा रहेको शैक्षिक संस्थामा विद्यार्थीको संख्या कम हँुदै गएको न्यौपाने बताउँछन ।
त्रिभुवन विश्व विद्यालयलाई नै सरकारले चिन्न सकेन फलस्वरूप उच्च शिक्षाको मुख्य केन्द्र विन्दु नै ध्वस्त भयो । राजनैतिक दलका नेताले आफ्नो राजनैतिक जीवनको मुख्य जग बनाए । पछिल्लो समयमा लात हान्ने प्रवृतिका कारण यस्ता पुराना धरोहरहरूमा विद्यार्थीको संख्या खस्कियो । अर्कोतर्फ विश्व विद्यालयमा पदाधिकारी चयन गर्दा दलिय भाग बण्डामा गरिने प्रबृतिका कारण त्रिविविका प्रचलित ऐन नियम विपरीत सम्वन्धन दिने प्रवृतिका कारण पुरानो शिक्षण संख्या ध्वस्त हुन लागेको स्वत्रन्त्र युनियनका पुर्व सभापति महेश ज्ञवाली बताउँछन ।
त्रिविविको ऐन नियममा ५ किलोमिटर भित्र अर्को शिक्षण संस्थालाई सम्वन्धन दिन नपाइने स्पष्ट उल्लेख भएपनि तानसेन बजार भित्र ५ किलो मिटर भित्र नै निजी क्षेत्रमा लगानीमा, त्रिभुवन बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुखदेखि पूर्णकालिन तथा आंशिक प्राध्यापकको सहभागितामा र संग्लनमा २ वटा ठूला ठूला कलेजको स्थापनाले पनि सरकारी स्वामित्वका शिक्षण संस्थामा विद्यार्थी कम भएको कलेजका पूर्व विद्यार्थी तथा त्रिचन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक दिपक बस्याल बताउँछन ।
अनुदानको आवरणमा विदेशी तत्वले नेपालको शिक्षा प्रणालीलाई ध्वस्त बनाइयो । पठनपाठनको सवालमा गुणस्तरसँगै व्यावहारिक ज्ञान सरकारीमा हुने गर्दछ । तर पनि इज्जत प्रतिष्ठा अप्राकृतिक मान्यताको कारण सरकारी सेवामा कायरत कर्मचारीले मात्र नभई सरकारी क्याम्पसमा पूर्णकालिन कर्मचारी, प्राध्यापकको कमजोरी छ । उनीहरूले आफ्ना सन्ततीलाई निजी शैक्षिक संस्थामा पठनपाठन गराउने प्रवृति रहेकोे स्ववियुका पूर्व सभापति मोतीलाल भण्डारी बताउँछन ।
मानविकी, विज्ञान, व्यवस्थापन विषयमा स्नाकोत्तर तहसम्म अध्ययन अध्यापन हुने यस विश्वविद्यालयमा त्रिभुवन विश्वविद्यालय सेवा आयोगको वेवास्ताका कारण अध्यापन गर्ने प्राध्यापकको संख्या अत्यन्त कम भएको क्याम्पस प्रमुख टंक भट्टराई बताउँछन । विश्व विद्यालयको रिजल्ट राम्रो भएको भएपनि समय अनुसारको जनसंख्या अनुरूप विद्यार्थी संख्या कम होइन । बाहिरी जिल्लाबाट विद्यार्थी आउँदैनन् । पाल्पामा निजी तथा सामुदायिक गरेर उच्च शिक्षा स्नातक तहसम्ममा यो सहित १५ वटा शिक्षण संस्थाहरू छन । यसले पनि विद्यार्थी संख्या कम भएको प्रमुख भट्टराई बताउँछन ।
२०११ सालमा ३ जना विद्यार्थीबाट त्रिभुवन इन्टर मिडियट कलेजको नामबाट सुरुवात भएको यस कलेज २०११ सालको नेपाल राष्ट्रिय शिक्षा योजना आयोगद्वारा सिफारिस भएपछि नेपालको पहिलो विश्व विद्यालयको रूपमा स्थापना भयो । २०१७ सालमा कलातर्फ स्नातकसम्म पठनपाठन हुन्थ्यो । २०३० सालमा राष्ट्रिय शिक्षा परिषद्को योजना लागूभएपछि आंगिक क्याम्पसका रूपमा परिणत भएसँगै विद्यार्थी संख्या बढ्दै गयो । क्याम्पसका पुराना प्राध्यापकका अनुसार पूर्णकालिन प्राध्यापकहरू जागिर खाने मात्र भए । पदिय जिम्मेवारी पुरा गर्ने प्रवृति नै छैन त्यसैको परिमाण हो यो क्याम्पसमा विद्यार्थीको संख्या कम भएको बताउँछन । उनको अनुसार २०३८–३९ साल बाट विज्ञानतर्फ प्रविणता प्रमाणपत्र तह, २०४०–०४१ सालतिर व्यवस्थापनतर्फ स्नाकोत्तर तह, २०४७–०४८ प्रविणता प्रमाण पत्र कानुनतर्फ, प्रविणता प्रमाण पत्र मानविकी संकायमा अर्थशास्त्रतर्फ स्नाकोत्तर तह, विज्ञान विषयमा स्नातक, २०५०–०५१ सालमा कानुन विषय, २०५३–०५४ सालमा मानविकीतर्फ नेपाली विषयको स्नाकोत्तर, २०६१ सालमा शिक्षा संकायतर्फको नेपाली, अंग्रेजी, स्वास्थ्य, जनसंख्या विषयमा स्नातक तहसम्म कक्षा सञ्चालन, २०६६ सालमा समाज शास्त्रका विषयमा स्नातकोत्तरसम्म कक्षा संचालन भएको थियो ।
उच्च शिक्षा पुरा भएपछि रोजगारीको अवसर प्राप्त नभएकाले विद्यार्थीमा खिन्नता पैदा भएको कारण विद्यार्थीहरूमा वैदेशिक आकर्षण बढ्यो । जिल्लाका सम्पन्न परिवारले काठमाडौं पढाउने प्रवृति बढ्यो र त्यसलाई आफनो प्रतिष्ठासंगै जोड्ने यहाँका शैक्षिक संस्थाप्रति विश्वासको संकट बढ्दै गयो । अभिभावकको विश्वास जित्ने वातावरण विश्वविद्यालयले बनाउन नसक्दा र उच्च शिक्षा दिने जनशक्तिको समस्याका कारणले त्रिभुवन विश्वविद्यालय भन्दा जेठो शिक्षण संस्था खस्कदो अवस्थामा पुगेको शिक्षाविदको दाबी रहेको छ । २०४६ साल भन्दा पूर्व यहाँ विद्यार्थीको संख्या धेरै थियो । यो शिक्षण संस्थालाई पुरानै अवस्थामा लैजान कृषि, पर्यटक इन्जिनियरीड्ड, विज्ञान विषयमा स्नाकोत्तर तह सम्म पठनपाठनको आवश्यकता रहेको शिक्षाका शुभचिन्तकहरूको भनाइ रहेको छ ।
यस क्याम्पसका कारण तानसेन बजार रमाइलो पनि थियो, बिदामा बजार सुनसान हुन्थ्यो । यस शिक्षण संस्थाबाट धेरै नेता बनायो । नेता भएपछि आफनो अभिष्ट पुरा भएपछि विश्व विद्यालय विगार्ने प्रवृति भएका कारण यो शिक्षण संस्था आज धरासायी बन्दै गएको क्याम्पसका पुराना विद्यार्थी नाराणयप्रसाद काप्mले बताउँछन । à