ट्रेंडिंग:

>> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु

अख्तियारसँग तर्सिदै बुटवल उपमहानगरः दुई वर्षदेखि छात्राले पाएनन् ‘सेनेटरी प्याड’

अघिल्लो वर्ष सेनेटरी प्याडको करिब १ करोड बजेट फ्रिज गरेको उपमहानगरले आ.व.को पाँच महिना लाग्दा समेत विद्यालयलाई सेनेटरी प्याड उपलब्ध गराउन सकेको छैन । सेनिटरी प्याड वितरण तथा व्यवस्थापन कार्यविधि—२०६७ का अनुसार विद्यालयले छात्रालाई एउटा महिनावारी चक्रका लागि १६ वटासम्म सेनेटरी प्याड उपलब्ध गराउनुपर्छ ।
५ पुष २०८०, बिहीबार
५ पुष २०८०, बिहीबार

बुटवल, ४ पुस । कान्ति माविको कक्षा ९ मा अध्ययनरत छात्रा अनुजा ज्ञवालीले विद्यालयमा पाईने सेनेटरी प्याड नै आफूले प्रयोग गर्ने बताउँछिन् । उनी भन्छिन्–‘धेरै समय विद्यालयमा बित्छ कक्षामा रहँदा नै पिरेड हुन्छ, त्यसैले पनि विद्यालयमा उपलब्ध हुने प्याड प्रयोग गर्ने गरेको छु । घरमा हुँदा घरकै प्रयोग गरे पनि झोलामा प्याड बोकेर विद्यालय जान परेको छैन, विद्यालयमा महिनाबारी भएर घर आउनु परेको छैन ।’ उनले विद्यालयको स्वास्थ्य शाखाबाट प्याड उपलब्ध हुने गरेको बताइन । पहिले पहिले पिरेडको बेलामा डर लाग्दथ्यो घरबाट प्याड ल्याउन भुलेपनि दिनभरी दिमाग उतै घुमिरहन्थ्यो तर विद्यालयमा पाउन थालेपछि समस्या समाधान भएको छ । हामीले विद्यालयमा जतिबेला पनि आवश्यक पर्ने बित्तिकै प्याड पाउँछौ ।

बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालयका छात्राले पनि नियमित प्याड प्रयोग गर्न पाएको विद्यालयमा अध्ययरत छात्रा सोनिया शर्माले बताईन । उनी भन्छिन्, विद्यालयमा रहँदा पिरेड भयो भनि प्राथमिक स्वास्थ्य शाखामा गएर प्याड लिने हो । आफूलाई कति चाहिन्छ त्यहाँबाट लिने र प्रयोग गर्ने गरेकी छु म सँगै सबै साथीहरूले । यसले गर्दा सहज भएको छ । विद्यालयमा भएको बेलामा प्याड किन्न जाने झन्झट छैन । कक्षा नै छाडेर घर जानुपर्ने जस्ता समस्या समाधान भएको शर्माले बताईन ।

यी दुई विद्यालयका छात्राले पाउने गरेको सेनेटरी प्याड नगरपालिकाले उपलब्ध गराएर पाएका होइनन् । त्यसका लागि विद्यालयले आफ्नै स्रोतको बजेट खर्च गर्ने गरेको छ ।

नविन औद्योगिक कदरबहादुर रिता माध्यमिक विद्यालयका शिक्षक सरिता अर्यालले प्याड विद्यालयका उपलब्ध हुँदा छात्राका लागि निकै सजिलो भएको बताईन । उनले पढ्दा पढ्दै कुनै छात्राले कक्षा छोड्नु परेको छैन । धेरै रगत बगेका कारण हुने समस्या टरेको छ । पहिले पहिले धेरै छात्राहरू यो समस्याले गर्दा कक्षा छाड्ने महिनाबारी हुने समयमा विद्यालय नआउने समस्या समाधान भएको छ ।
तर बुटवल उपमहानगरपालिका भने आ.व.को पाँच महिना लाग्दा समेत विद्यालयलाई सेनेटरी प्याड उपलब्ध गराउन सकेको छैन् । अघिल्लो बर्ष पनि उपमहानगरले सेनेटरी प्याडको बजेट फ्रिज गरेको थियो । प्याड उपलब्ध नभएपछि कतिपय विद्यालयले आफै प्याड किन्दै छात्रालाई उपलब्ध गराउँदै आएका छन् । उपमहानगर पालिका भने सेनेटरी प्याड खरीदको टेण्डरमै अलमलिरहेको छ । सेनेटरी प्याडको खरीद र गुणस्तरको विषयलाई लिएर अख्तियारले छानबीन गरेपछि उपमहानगर टेण्डरमा अलमल गरेको बताइन्छ । अख्तियारले विद्यालयसम्म पुगेर विद्यार्थीको रेकर्ड, सेनेटरी प्याड वितरणको रेकर्ड र गुणस्तको विषयमा सोधपुछ गरेको थियो ।

सेनेटरी प्याडका लागि विद्यालय नर्स सहयोगीः

विद्यालयकी स्टाफ नर्स दिपा केसरीले विद्यार्थी नियमित रूपमा प्याड प्राप्त गरेको बताईन । उनले अहिले सम्म नगरले प्रदान गरेको प्याड नै विद्यार्थीले प्रयोग गरेको बताईन । अब सकिन लागेको छ । नगरले व्यवस्थापन गर्ला । अझै दुई तीन महिना सम्मलाई समस्या नभएको उनको भनाइ छ । यस विद्यालयमा दैनिक बिहान र दिउँसो गरेर ३० देखि ५० प्याकेट प्याड विद्यार्थीले प्रयोग गरेको रेकर्ड विद्यालयमा रहेको बताईन । नगरबाट प्राप्त प्याड सकिएपछि विद्यालयले किन्नु प¥यो भने थप आर्थिक भार पर्ने विद्यालयका प्रअ प्रेम बहादुर बस्नेतले बताए । उनले नगरपालिका यो विषयलाई महत्व दिएर काम गर्नुपर्नेमा जोड दिए ।

कालिका मानवज्ञान माध्यमिक विद्यालयकी स्टार्फ नर्स सृजना अधिकारीले यहाँ प्याड हुन्छ समस्या भएका विद्यार्थी आउँछन् प्याड प्रयोग गर्छन । अघिल्लो वर्ष नगरबाट आएको थियो तर यो आर्थिक वर्षमा आको छैन । विद्यालय आफैले व्यवस्थापन गरेको छ । म आफैले सकिन लाग्दा व्यवस्थापनमा जानकारी गराउँछु विद्यालयले छात्राहरूलाई किनेर भए पनि प्याड उपलब्ध गराएको अधिकारीले जानकारी दिईन । उनले विद्यालयमा दैनिक ३० देखि ४० प्याकेट प्याड विद्यार्थीले प्रयोग गर्ने गरेको बताईन । विद्यालयका प्रअ दिनेश थापाले गएको असारबाट नै विद्यालयले प्याड खरिद गरेर विद्यार्थीलाई उपलब्ध गराई रहेको बताए ।

उपमहानगरले उपलब्ध नगराउँदा विद्यालयलाई आर्थिक भारः

कालिका मानवज्ञान माविले नयाँ आ.व.मा दुई लाख ५० हजार बराबरको प्याड खरिद गरिसकेको जानकारी दिएको छ । कान्ति माध्यमिक विद्यालयमा पनि यो आर्थिक वर्षमा बुटवल उपमहानगर पालिकाले प्याड उपलब्ध नगराउँदा समस्या सृजना भएको विद्यालयका प्रअ गोविन्द ज्ञवालीले बताए । उनले विद्यालयले छात्राहरूलाई अहिले पनि प्याड उपलब्ध गराए पनि आर्थिक भार थपिएकाले नगरले छिटो भन्दा छिटो विद्यालयमा प्याड दिनुपर्नेमा जोड दिए ।

उनले छात्राहरूलाई सहज हुनी भएकाले पनि हामीले निरन्तरता दिएका छौं । नगरबाट नआए पछि मात्रै हामीले करिब एकलाख रुपियाँ बराबरको प्याड खरिद गरेर वितरण गरिरहेका छौं । नगरले यो व्यवस्थापन गर्ने हो भने त्यो आर्थिक खर्च विद्यालयले अर्को शिर्षकमा खर्च गर्ने पाउने अवस्था हुन्छ । कान्ति माविमा तीन हजार छात्राहरूले प्याड प्रयोग गर्ने गरेको र एक दिनमा नै एक पेटी प्याड प्रयोग हुने गरेको प्रअ ज्ञवालीले जानकारी दिए ।

सिद्धेश्वर माविले विद्यालयमा गत आवमा उपमहानगरले प्रदान गरेको प्याडले अझै केहि समय पुग्ने विद्यालयमा सह प्रधानाध्यापक लेखनाथ पौडेलले बताए । उनले छात्राहरूका लागि प्याड दिने काम अत्यन्त राम्रो काम हो तर यसलाई नगरले नियमित गर्नुपर्छ । अब हामीसँग थोरै बाँकी छ त्यसपछि नगरबाट आएन भने हामीले आफै व्यवस्थापन गर्न गाहे हुन्छ । उनले भने, विद्यालयलाई केहि नभए पनि ३० देखि ५० हजारसम्म आर्थिक भार थपिने हामीले देखेका छांै ।

नगरपालिकाले दुई वर्षदेखि विद्यालयलाई सेनेटरी प्याड उलपब्ध गराएको छैन् । २०७७/७८ मा बुटवल उपमहानगर पालिका भित्र रहेका २९ वटा सामुदायिक विद्यालय भित्र अध्ययन गर्ने ७ हजार ९ सय ८ छात्राहरूका लागि ८५ हजार ९ सय ६० प्याकेट सेनेटरी प्याड विद्यालयलाई हस्तान्तरण गरेको थियो । त्यसका लागि करिब ८८ लाख बजेट खर्च गरिएको नगरपालिका जनाएको छ ।

गत वर्ष २०७९/८० का लागि छुट्याएको करिब ८७ लाख बजेट फ्रिज भएको छ । यो बजेट फ्रिज हुँदा बुटवल उपमहानगर पालिका भित्र रहेका सामुदायिक विद्यालयलाई आर्थिक भार थपिएको छ । उपमहानगरका विद्यालयहरूले नगरले दिएको सेनेटरी प्याड सकिएपछि आफ्ना छात्राहरूलाई महिनाबारी हुँदा समस्या आउन नदिन प्याड उपलब्ध गराउँदै आएका छन् । यो आर्थिक वर्ष २०८०/८१ का लागि करिव ८७ लाख बजेट बिनियोजन भएको छ । बुटवल उपमहानगरपालिकाका जिन्सी शाखा प्रमुख केशव ज्ञवालीले प्याड खरिद प्रकिृयाका लागि प्राविधिक अभाव भएको बताए । त्यसका लागि प्राविधिक माग सहितको पत्राचार गर्ने काम भएको र नगरले छिट्टै प्रक्रिया अघि बढाउने बताए ।
बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले नगरले छात्राका लागि प्याड कार्यक्रमलाई प्राथमिकतामा राखेको बताईन । उनले देख्दा सानो देखिए पनि प्रकिया र कानुनी जटिलताका कारणले विद्यालयमा पुग्न ढिलो भए पनि नगरले काम अगाडी बढाई रहेको जानकारी दिईन । प्रक्रिया पुरा हुनासाथ विद्यालयमा प्याड पुग्ने भन्दै त्यसका लागि विद्यालयहरूको सहयोग पनि जरुरी रहेको बताईन । गत साउनबाट नै टेण्डर आवहान गरेकोे सम्झौता हुने वित्तिकै बुटवलका सामुदायिक विद्यालयमा प्याड पुग्ने जानकारी दिईन ।

यता विद्यालयहरूले नगरले दिएको सेनेटरी प्याड सकिएपछि आफ्ना छात्राहरूलाई विद्यालयका महिनाबारी हुदा समस्या नहोस् भन्नका लागि कम्तीमा विद्यालयमा प्याडका कारण कक्षा छोड्न नपरो भन्ने उद्देश्यले थोरै मात्रामा प्याड उपल्बध गराएका छन् । तर सेनिटरी प्याड वितरण तथा व्यवस्थापन कार्यविधि—२०६७ का अनुसार विद्यालयको सम्पर्क व्यतिmले छात्रालाई एउटा महिनाबारी चक्रका लागि १६ वटा सम्म सेनेटरी प्याड उपलब्ध गराउनुपर्छ । त्यसै गरी छात्रालाई सेनेटरी प्याड दिँदा प्रयोग गर्ने तरिका सम्बन्धी जानकारी दिनु पर्ने उल्लेख छ । तर विद्यालयमा बुटवल उपमहानगरले समयमै सेनेटरी प्याड उपलब्ध गराउन नसक्दा विद्यालयहरूमा आर्थिक भार थपिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?