© २०२३
निर्माण आयोजना समयमै सम्पन्न नहुनु नेपालको तीतो यथार्थ हो । सुरु भएका धेरै आयोजना एक बर्षमात्रै होइन बर्र्षौसम्म अलपत्र हुने गरेका छन । सालझण्डीदेखि बाग्लुङको ढोरपाटन जोड्ने सडक पछिल्लो उदाहरण हो । यो सडक निर्माण सुरु भएको डेढ दशक हुँदापनि पूरा हुन सकेको छैन । अधिकांश निर्माण कम्पनीले पूर्वाधार निर्माणका क्षेत्रमा बर्षौंदेखि हेलचेक्राई गर्दै आएको यो एउटा पछिल्लो उदाहरण मात्र हो । निर्माणको काम अलपत्र पार्ने, बीचमै छोड्ने गरेको र त्यसका कारण जनताले सास्ती पाएको घटना धेरैछन् । जनताले समयमै निर्माण सम्पन्न गर्न दवाव दिएपनि जनताको आवाज सुनुवाई हुँदैन । बरु निर्माण कम्पनीलाई पहिलेभन्दा मूल्य बढाएर थप रकम उपलब्ध गराउने गरिएको छ । सरकारले धार्मिक पर्यटकीय स्थल लुम्बिनीबाट बाग्लुङको ढोरपाटनसम्म जोड्ने उद्देश्यले राष्ट्रिय प्राथमिकताको आयोजनाको रूपमा सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकको काम सुरु गरेको डेढ दशकसम्म पनि निर्माण पूरा हुन सकेको छैन । यो सडकका कारण जनताले पाएको सास्ती नेपालका अरू धेरै सडकमा यात्रा गर्ने नेपालीले पनि पाएका छन । २०६६ सालदेखि सुरु भएको सडक निर्माणको काम पर्याप्त बजेट विनियोजन नहुनु, ठेकेदारको अटेरीपनका, बिचमा स्थानीयसँग विवाद लगायतका कारण सुस्त गतिमा अघि बढेको छ । सडक निर्माणको काम समयमै पूरा नहुनुका पछि धेरै कारण होलान तर प्रमुख कारण भनेको सरकारले समयमै रकम निकासा नदिने र निर्माण ब्यवसायीहरूले पनि काममा ढिलासुस्ती गर्नु हो ।
सालझण्डी ढोरपाटन सडक निर्माणको काम सुरु भएको १५ बर्ष पूरा भएको छ । १५ बर्षको समय सानो होइन तर यति लामो समयमा पनि सडक निर्माण कहिले पूरा हुने हो अहिलेसम्म टुंगो लागेको छैन । सडक शिलान्यास हुँदा समयभित्रै उक्त सडक बन्छ भनेर मन्त्री र साँसदले भाषण गरेको त्यस क्षेत्रका जनताले अझै विर्सिएका छैनन् । तर, समयमै सडक निर्माणको कुरा त परै जाओस अहिले निर्माणको काम धेरै रोकिएको छ । यो वास्तवमै निर्माण कम्पनीको गंभीर लापरवाही हो । समयमै सडक नबन्दा त्यस क्षेत्रका हजारौं जनतालाई समस्या परेको छ । अर्कोतर्फ उक्त बाटो भएर यात्रा गर्ने विरामी र गर्भवती महिलालाई उपचारका लागि लैजान समस्या भैरहेको छ । यो लापरवाहीप्रति सम्वन्धित निकाय मौन रहनु रहस्यमय छ । १ सय ८५ किलोमिटर लामो सडक बनाउन १५ बर्ष बढी समय लाग्नु र त्यो पनि अहिलेसम्म निर्माण सकिने मितिसम्म टुंगो नलाग्नु चिन्ताको बिषय हो । अहिलेसम्म १८ किलोमिटर पिच र ८३ किलोमिटर ग्राभेल भएको छ । सडक अन्तर्गत ६ वटा पुल निर्माण भएका छन् । ८ अर्बको डीपीआर भएको सडकमा प्रत्येक वर्ष ३५–४० करोड मात्रै बजेट विनियोजन हुने गरेको छ ।
परियोजनाले हाल तीनवटा नयाँ ठेक्का लगाएको छ भने एउटा ठेकेदार कम्पनीले अटेरीपना देखाएपछि ठेक्का तोड्ने तयारी भइरहेको आयोजनाले जनाएको छ । अर्कोतर्फ उक्त सडकमा पर्ने पुल निर्माणमा समेत समस्या देखिएको छ । निर्माणको सवै जिम्मा एउटा कम्पनीले लिने र निर्माणको काम लटलट गरि अरू निर्माण ब्यवसायीलाई दिँदापनि समस्या देखिएको छ । जे भएपनि सडक निर्माणमा धेरै ढिलाई हुनुमा सरकारको लापरवाही हो । सरकारले चासो दिएर निर्माणको काममा तदारुकता देखाएको भए यो अवस्था आउने थिएन । यही रवैया र ढिलासुस्तीले नेपालको विकास कहिले होला ? सालझण्डी ढोरपाटन सडकमात्र होइन, नेपालका धेरै विकास आयोजनाले यही नियती भोगिरहेका छन । नेपालको सुस्त प्रशासन संयन्त्र, ठूला राजनैतिक दलका नेताहरूको विकास आयोजनाप्रतिको निगरानी, अनुगमन र खबरदारीमा कमी आदि धेरै कारण छन । जसले नेपालको विकास ध्वस्त वनिरहेको छ । यसतर्फ कहिले जान्छ सरकारको ध्यान ?
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी