ट्रेंडिंग:

>> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि……

तिहारमा बाहिरियो लाखौं रुपियाँ

२५ कार्तिक २०८०, शनिबार
२५ कार्तिक २०८०, शनिबार

पाल्पा, २५ कात्तिक ।

भारतको सुनौली नजिकै आफ्नो घर बताउने राजेश शहानी तिहारलाई लक्षित गरेर तानसेन बजारमा सडक व्यापार गर्न लागेको एक दशक भएको छ ।

तिहारको लागि लक्षित गरेर सडकमा टिका सामग्री र भाइ मसला जस्ता सामग्रीको व्यापार गरेर आफ्नो दैनिकी गुजारा गरेको उनी बताउँछन् । तानसेन बजारका सडकका किनारामा व्यापार गरे वापत नगर सरकारलाई दैनिकी न्यूनतम कर बुझाएर व्यापार गर्ने भारतीयहरुले नगर सरकारलाई उपयोग गरी आय आर्जनको मुख्य श्रोत बनाउँदै आएको भने वर्षौ भयो ।

भारतीय व्यापारीले भारतीय बजारबाट बिना भन्सार करिब १० हजार बराबरको सामान ल्याउने र घर फर्किने बेलामा एउटा व्यक्तिले न्यूनतम १ लाख रुपैयाँ लिएर फर्कने गरेको व्यापारी मुकेश बानियाँ बताउँछन् । हुलाक चोकदेखि शित्तलपाटी सम्मका किनारामा भारतीय व्यापारीले टिकाको सामग्री बिक्री गर्न लागेपछि तिहार नजिकिएको महसुस हुने तानसेनकी स्थानीय बाल कुमारी श्रेष्ठ बताउँछिन् ।

बजारमा नेपाली व्यापारीहरुले पनि टिकाको सामग्री बिक्री गर्दछन् तर गाउँ बस्तीबाट आएका महिलाहरुको रोजाईमा भारतीय व्यापारी नै पर्दछन् । एउटा ग्राहकले कम्तीमा पनि ५ सय बराबरको खरीद गरिदिन्छन् । गाउँबाट आएका ग्राहकहरु नै उनीहरुको मुख्य रोजाईमा पर्दछन् । गाउँका मात्र होइन बजारका व्यक्तिहरु पनि उनीहरुको रोजाईमा पर्छन् । भारतीय व्यापारीहरुले चर्को मूल्य लिने गरेको स्थानीयहरु बताउँछन् ।

सडक किनारामा विगत ५ वर्षदेखि व्यापार गर्दै आएका भारतीय व्यापारी राजु हरिजन भन्छन्, “तानसेनमा ५ दिन हो व्यापार राम्रो हुने । भाइ टिकाको सामग्री व्यापारमा नगर सरकारलाई कर, खाना खर्च, आवत जावत सबै कटाएर ७० देखि ८० हजार सम्म शुद्ध नाफा हुने गर्दछ ।”

रिब्दीकोट गाउँपालिका खस्यौलीकी तेज कुमारी खनाल पनि अन्य सामग्री स्थानीय बजारबाट लैजाने गरेपनि टिका सामग्री भारतीय व्यापारी संग किन्ने गरेको बताउँछिन् । गतवर्ष ४ सय रुपैयाँले टिका सामग्री लगेको, यसवर्ष ५ सयले पनि नपुगेको उनी बताउँछिन् ।

तीन वर्ष अगाडि आफ्नो हजुरबुबासंग तानसेनमा आएका भारतको फरिन्दाबाट आएको बताउने ओम प्रकाश बानिया भन्छन्, “यम पञ्चकको तीन दिन सम्म निरन्तर रुपमा राम्रो व्यापार गरेर घर फर्किने गरेको छु ।” आफुले टिका मसला, ओखर भारतको नौतनवाबाट ५ हजार रुपैयाँको खरीद गरेर ल्याउने र फर्किदा ६० देखि ८० हजार रुपैयाँ सम्म लैजाने गरेको उनी बताउँछन् । यस्ता व्यावसायहरु नेपालीले गर्न लाज लाग्दा ठूलो धनराशी बाहिरिने गरेको पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई बताउँछन् । “भारतीयहरु मौसमी व्यापार गर्न सफल हुन्छन्, तिहारको बेलामा यसरी आए । यसभन्दा अगाडि केही प्याजको बिरुवा लिएर आए । कहिले सिरक तन्ना, त कहिले चल्ला लिएर आउँछन् । भारतीयहरु विश्व बजारमा नै अगाडि रहेका छन । उनीहरुलाई काम गर्न लाज लाग्दैन”–उनी भन्छन् ।

पटका समेत ल्याउने भारतीय व्यापारीहरु

माथागढी गाउँपालिका सराई बजारमा भारतीय व्यापारीले नै पटका बिक्रीका लागि पसल पसलमा लगेको स्थानीय शिव कुमार नेपाली बताउँछन् । सराई बजारमा मात्र नभई तानसेन नगरको दमकडा बजारमा समेत भारतीय व्यापारीले पसल पसलमा लगेको स्थानीयहरु बताउँछन् ।

राजमार्गको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीले सवारी साधनको चेकजाँचको क्रममा कडाई नगरेका कारण ठूलो मात्रामा पटका भित्रिएको हो । ट्राफिक प्रहरीले राजस्व मात्र संकलन गर्ने उद्देश्य राख्दा भारतीय व्यापारी तथा स्थानीय व्यापारीहरुले पटका आयात गर्न सफल भएका हुन् ।

मुख्य बजारदेखि भित्रि बस्तीहरुमा पुग्दा दोब्बर मूल्यमा बिक्री वितरण हुँदा सम्म स्थानीय सरकार, प्रशासन, प्रहरी समेत मौन हुनुले नै सबैको मिलेमतो भएर मौन रहेकाले वर्षेनी ठूलो संख्यामा पटका भित्रिएर अरवौ रुपैयाँ बाहिरिएको छ । स्थानीय व्यापारीले अन्य सामान संग पटक आयात निर्यात गर्ने र भारतीय व्यापारीले अगरवत्तीसंग पटका आयात गर्दछन् ।

पछिल्ला वर्षहरुमा प्रहरीले ढुवानीका साधनदेखि पसलबाट पटका बरामद नगरेको तानसेनका स्थानीय विनोद बस्याल बताउँछन् । भारतीय व्यापारीको त ठूलो समूह नै छ । उसले भारतदेखि नै पहाडी जिल्लाका ग्रामीण बस्ती बस्तीमा पुगेर बिक्री गर्दछन् । जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय अगाडि ठुलो आवाजमा पटका पड्किन लागेको पनि तीन दिन भयो । स्थानीय सरकार र प्रशासनले यसको नियन्त्रणमा ध्यान दिनुको सट्टा खुल्ला छोडिदिंदा पट्का नियन्त्रण हुन नसकेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?