ट्रेंडिंग:

>> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार

लुम्बिनी प्रदेशमा बैंकहरुको कर्जा प्रवाह साढे ५ खर्व : झण्डै आधा हिस्सा रुपन्देहीमा

१६ कार्तिक २०८०, बिहीबार
१६ कार्तिक २०८०, बिहीबार

बुटवल, १६ कात्तिक ।

लुम्बिनी प्रदेशमा १२ जिल्लामा बैंकहरुको कुल कर्जा लगानी साढे ५ खर्ब भन्दा बढी पुगेको छ । नेपाल राष्ट्रबैंक सिद्धार्थनगर शाखाले उपलव्ध गराएको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९÷८० सम्म बैंकहरुको कर्जा लगानी ५ खर्ब ५३ अर्व ३४ करोड २८ लाख ९१ हजार २२३ रुपियाँ पुगेको हो ।

लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये रुपन्देहीमा सबैभन्दा बढी कर्जा प्रवाह भएको छ । राष्ट्रबैंकको तथ्यांक अनुसार रुपन्देहीमा २ खर्व ७२ अर्व २२ करोड ७ लाख ५ हजार ३६७ रुपियाँ कर्जा प्रवाह भएको छ । जसमा बाणिज्य बैंकहरुले २ खर्व १६ अर्व ५९ करोड ५९ लाख ४ हजार ६०० रुपियाँ कर्जा प्रवाह गर्न सफल भएका छन् भने विकास बैंकहरुले ४७ अर्व ११ करोड ७९ लाख ७ हजार ५२४ र फाइनान्स कम्पनीहरुले ८ अर्व ५० करोड ६८ लाख ९३ हजार २४४ रुपियाँ कर्जा प्रवाह गरेका छन् ।

त्यस्तै दोस्रो कर्जा प्रवाह हुने जिल्लामा बाँके रहेको छ । आर्थिक वर्ष २०७९÷८० सम्ममा बाँके जिल्लामा ८८ अर्व ९८ करोड १५ लाख ७५ हजार ४८२ रुपियाँ कर्जा लगानी भएको छ । बाँके जिल्लामा क वर्गका बाणिज्य बैंकहरुले ७२ अर्व ९५ करोड ६५ लाख ५६ हजार ८९३ रुपियाँ कर्जा प्रवाह गरेका छन् भने ख वर्गका विकास बैंकहरुले १४ अर्व १५ करोड ६१ लाख ९१ हजार ४२० रुपियाँ कर्जा प्रवाह गरेका छन् । त्यस्तै ग वर्गका फाइनान्स कम्पनीहरुले एक अर्व ८६ करोड ८८ लाख २७ हजार १६९ रुपियाँ कर्जा प्रवाह गरेका छन् ।

त्यसैगरी सबैभन्दा बढी कर्जा प्रवाह हुने जिल्लामा लुम्बिनी प्रदेशको राजधानी दाङ तेस्रोमा छ । यो जिल्लामा ६६ अर्व ९३ करोड ८७ लाख ८५ हजार १६८ रुपियाँ कर्जा प्रवाह भएको छ । जसमा बाणिज्य बैंकहरुले ५३ अर्व ४० करोड ६८ लाख ३३ हजार ४५१ र विकास बैंकहरुले १२ अर्व ६१ करोड १ लाख ५ हजार ८८६ तथा फाइनान्स कम्पनीहरुले ९२ करोड १८ लाख ४५ हजार ८७१ रुपियाँ लगानी गरेका छन् ।

त्यस्तै सबैभन्दा बढी कर्जा प्रवाह गर्ने लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये पश्चिम नवलपरासी चौथोमा छ । पश्चिम नवलपरासीमा कुल ३७ अर्व २५ करोड ४१ लाख ५७ हजार ५१ रुपियाँ कर्जा प्रवाह भएको छ । यो जिल्लामा बाणिज्य बैंकहरुले २८ अर्व ९९ करोड ६३ लाख ५९ हजार ७८७ रुपियाँ कर्जा लगानी गरेका छन् भने विकास बैंकहरुले ७ अर्व ५२ करोड १ लाख ६४ हजार ९१४ र फाइनान्स कम्पनीहरुले ७३ करोड ७६ लाख ३२ हजार ३५० रुपियाँ कर्जा प्रवाह गरेका छन् ।

त्यसैगरी कपिलवस्तुमा आर्थिक वर्ष २०७९÷८० सम्ममा कुल ३० अर्व ५४ करोड ८३ लाख ३ हजार ७०८ रुपियाँ कर्जा लगानी भएको छ । यहाँ बाणिज्य बैंकहरुले २३ अर्व ७२ करोड २ लाख ८ हजार ८०४ रुपियाँ लगानी गरेका छन् भने विकास बैंकहरुले ६ अर्व ५४ लाख ३९ हजार १९४ र फाइनान्स कम्पनीहरुले ८२ करोड २६ लाख ५५ हजार ७०९ रुपियाँ कर्जा प्रवाह गरेका छन् ।

त्यस्तै पाल्पा जिल्लामा बैंकहरुको कुल कर्जा लगानी १८ अर्व ८ करोड ८९ लाख ८५ हजार ८३८ पुगेको छ । जसमा बाणिज्य बैंकहरुले १४ अर्व ५६ करोड ९२ लाख ५९ हजार ७६७ रुपियाँ लगानी गरेका छन् भने विकास बैंकहरुले ३ अर्व ५१ करोड ९७ लाख २६ हजार ७१ रुपियाँ कर्जा लगानी गरेका छन् ।

बर्दिया जिल्लामा कुल १७ अर्व ५२ करोड ८० लाख ९६ हजार ८४५ रुपियाँ कर्जा प्रवाह भएको राष्ट्रबैंकले उपलव्ध गराएको तथ्यांकमा उल्लेख छ । जसमा बाणिज्य बैंकहरुले १२ अर्व ६१ करोड ९९ लाख २८ हजार ६८५ र विकास बैंकहरुले ४ अर्व ९० करोड ८१ लाख ६८ हजार १६० रुपियाँ कर्जा लगानी गरेका छन् ।

गुल्मी जिल्लामा कुल कर्जा लगानी ७ अर्व ५७ करोड ३ लाख ३१ हजार ६४८ पुगेको छ । जसमा बाणिज्य बैंकहरुले ४ अर्व ५८ करोड २५ लाख १४ हजार ५६० र विकास बैंकहरुले २ अर्व ९८ करोड ७८ लाख १७ हजार ८९ रुपियाँ कर्जा प्रवाह गरेका छन् ।

प्यूठानमा ६ अर्व ६० करोड ५३ लाख ८६ हजार ३०७ रुपियाँ कर्जा प्रवाह भएको छ । जसमा बाणिज्यउ बैंकहरुले ३ अर्व ४८ करोड ७६ लाख १८ हजार ७३७ रुपियाँ कर्जा लगानी गरेका छन् भने विकास बैंकहरुले ३ अर्व ११ करोड ७७ लाख ६७ हजार ५७० रुपियाँ लगानी गरेका छन् ।

अर्घाखाँची जिल्लामा ३ अर्व ५३ करोड ६३ लाख ७९ हजार १५९ रुपियाँ कुल कर्जा प्रवाह भएको छ । जसमा बाणिज्य बैंकहरुले २ अर्व ७६ करोड २७ लाख ७० हजार ६५० र विकास बैंकहरुले ७७ करोड ३६ लाख ८ हजार ५०९ रुपियाँ कर्जा प्रवाह गर्न सफल भएका छन् ।

रोल्पामा कुल ३ अर्व १६ करोड ८८ लाख १८ हजार २२ रुपियाँ कर्जा प्रवाह भएको छ । जसमा बाणिज्य बैंकहरुले २ अर्व ८५ करोड ८ लाख १०१ रुपियाँ र विकास बैंकहरुले ३१ करोड ८० लाख १७ हजार ९२१ रुपियाँ कर्जा प्रवाह गरेका छन् ।

पुर्वी रुकुममा भने अरु जिल्लाको तुलनामा कम कर्जा प्रवाह भएको छ । यहाँ ९० करोड १३ लाख ६६ हजार ६२६ रुपियाँ कर्जा प्रवाह हुँदा बाणिज्य बैंकहरुले मात्रै सबै हिस्सा ओगटेका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?