ट्रेंडिंग:

>> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार

आयकर छुट र ब्याजदर एकल बिन्दुमा झार्न इट्टा उद्योगीको माग

१५ कार्तिक २०८०, बुधबार
१५ कार्तिक २०८०, बुधबार

भैरहवा, १५ कात्तिक ।

आयकर छुट, बैंक कर्जाको साँवा र ब्याज बुझाउने अवधि बढाउनु पर्ने र ब्याजदर एकल विन्दुमा झार्नुपर्ने माग गर्दै रुपन्देहीका ईंट्टा उद्योगीले जिल्ला प्रशासन कार्यालय, रुपन्देहीमार्फत् अर्थमन्त्री डा.प्रकाशसरहण महतलाई ज्ञापन पत्र बुझाएका छन् । उद्योगीले अहिले ईंट्टा उद्योग धरासायी भए भन्दै केही बन्द भएको र चलेका पनि पूर्ण क्षमता संचालन हुन नसकेको अवस्थामा संरक्षण गर्नु राज्यको दायित्व हुने भन्दै आफूहरुका माग सम्बोधन गर्न ज्ञापनपत्र मार्फत् आग्रह गरेका छन् ।

बुधबार लुम्बिनी ईंट्टा उद्योग व्यवसायी संघ, रुपन्देहीले जिल्ला प्रशासन कार्यालयमार्फत अर्थमन्त्री डा.महतलाई ज्ञापनपत्र बुझाउँदै यस्तो जनाएको हो । ‘अहिलेको संकटपूर्ण अवस्थाको गम्भिर्यतालाई हृदयंगम गरी बैंकको ब्याजदरलाई एकल अंकमा राखी कर्जाको सांवा र ब्याजको किस्ता बुझाउने अवधि थप गर्न माग गर्दछौं’, ज्ञापन पत्रमा भनिएको छ, ‘कर्जाको सांवा र ब्याजको किस्ता बुझाउने अवधि २०८२ साल असार मसान्तसम्म कायम गर्नुपर्छ ।’

तत्कालको लागि चालू आर्थिक वर्ष ०८०–८१ मा ईंट्टा उद्योगहरुलाई विशेष राहतका लागि तिर्नुपर्ने आयकरमा ६० प्रतिशत छुटको व्यवस्था आगामी बजेटमा गरिदिन समेत आग्रह गरेको गर्दछौं,’ संघका महासचिव दीपक पौडेलले भने, ‘उद्योग परिसरमा नै ठूलो परिमाणमा ईंट्टा स्टक रहँदा ईंट्टा उद्योगी व्यवसायीहरुमा चरम वित्तीय संकट सिर्जना भएको छ । यस्तो अवस्थामा उद्योगीहरुले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको किस्ता र ब्याज तोकिएको भाखामा नै बुझाउन सक्ने अवस्था छैन ।’

जिल्लामा सञ्चालित ईंट्टा उद्योगहरुमाथि मडारीरहेको आर्थिक संकटको कालो बादल हटाउन अर्थमन्त्रीबाट पहल हुने विश्वास उद्योगीको छ । ‘ऋण उपलब्ध गराउने वित्तीय संस्थाहरुले ईंट्टा उद्योगीहरुले लिएको ऋणको किस्ता र ब्याज बुझाउन ताकेता गर्दा भाखा भित्र साँवा र ब्याजको किस्ता बुझाउन नसक्दा धितो सुरक्षणवापत बैंक तथा वित्तीय संस्थालाई दिएको जायजेथा (घरजग्गा) लिलाम विक्रीको प्रक्रियालाई अगाडि वढाउँदै उद्योगीहरुको उठीबास गराउने काम भइरहेको छ, यसलाई रोक्नुपर्छ’, ज्ञापनपत्रमा भनिएको छ ।

२०७६ सालको कोभिड–१९ संक्रमणको समयदेखि नै ईंट्टा उद्योग सञ्चालनको अवस्था दयनीय रहेको व्यवसायीले बताए । ‘२०७७ सालमा पनि कोभिड–१९ को संक्रमणको अवस्था यथावत जस्तै रहेकोले सो वर्ष पनि पर्याप्त कामदारहरु नआएकाले जिल्लामा सञ्चालित धेरैजसो ईंट्टा उद्योगहरु बन्द नै रहेका थिए । जसले गर्दा करिब ६० प्रतिशत मात्र ईंट्टा उद्योगहरु सञ्चालन भएका थिए’, पौडेलले भने, ‘आर्थिक वर्ष २०७८–७९ र २०७९–८० सम्म पनि जिल्लामा रहेका ईँट्टा उद्योगहरुमध्ये २५ प्रतिशत मात्र उद्योगहरु सञ्चालनमा आएका थिए । त्यसरी सञ्चालित उद्योगहरुले पनि ५०–६० प्रतिशत अर्थात २–३ राउण्ड मात्र ईँट्टा उत्पादन गरी उद्योग बन्द गर्नुपरेको थियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?