ट्रेंडिंग:

>> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य

औषधी ब्यबसायी संघ रुपन्देहीले मनायो पांचौ स्थापना दिवस

औषधिजन्य फोहोर व्यवस्थापन, दोहोरो करको अन्त्य र व्यवसाय दर्तामा उपमहानगरले लिंंदै आएको करको दर पुरानै कायम गर्न उपमहानगरसंग माग
२८ भाद्र २०८०, बिहीबार
२८ भाद्र २०८०, बिहीबार

बुटवल,२८ भदौ ।   नेपाल औषधी ब्यबसायी संघ रुपन्देहीले पांचौ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । मुलुक संघीय संरचनामा गएसंगै २०७६ भदौ २८ गते सुरज भट्टराईको नेतृत्वमा जिल्लास्तरीय संस्था स्थापना भएको थियो ।

स्थापना दिवसका अवसरमा संघले रक्त संचार सेवा केन्द्र बुटवललाई फाइल दराज प्रदान गरेको छ भने भिसिटिएस सम्बन्धी अन्तरक्रिया, लेखा तालिम र थोक भेला सम्पन्न गरेको हो । सो अवसरमा व्यवसायीहरुले औषधिजन्य फोहोर व्यवस्थापन, दोहोरो करको अन्त्य र व्यवसाय दर्तामा उपमहानगरले लिंंदै आएको करको दर बृद्धि नगरी पुरानै कायम गर्न उपमहानगरसंग माग गरेका छन् । यस्तै अनुगमन गर्दा औषधिबारे बिज्ञ र संघका प्रतिनिधिलाई अनिवार्य गर्न व्यवसायीले माग गरे ।
कोभिड महामारीपछि थोक व्यवसायमा डेट एक्सपायर औषधि फिर्ताको दर १० देखि १५ प्रतिशतले बढेको, स्वास्थ्य वीमाका कारण निजी अस्पताल र क्लिनिकहरुमा ५० प्रतिशत विरामी घटेका कारण र आर्थिक मन्दीले व्यवसायीहरु विस्थापित हुने क्रम बढेको व्यवसायीको गुनासो छ । एक वर्षमा बुटवलमा १८ जना व्यवसायी विस्थापित भएका र दर्जनौ पसल विक्रिमा रहेको बताए ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्यालले औषधीको व्यवसाय मानव स्वास्थ्यसंग प्रत्यक्ष जोडिएको बिषय भएकाले सबै व्यवसायी जिम्मेवार र इमान्दार हुनुपर्ने बताइन् । उनले दर्ता गरेर मात्र ब्यबसाय संचालन गर्न सुझाव दिंदै अनुगमनमा विज्ञलाई सहभागी गराउने र करको दर व्यावसायीका प्रतिनिधिको सुझावका आधारमा तय हुने बताइन् ।
उपप्रमुख अर्यालले संघको सचिवालयका लागि जग्गा ब्यबस्थापन र भवन बनाउन सहयोग गर्ने प्रतिवद्धता जनाउंदै व्यावसाय स्तरोन्नति र प्रशिक्षण तालिमका लागि उपमहानगरपालिकाले ५ लाख बजेट छुट्टाएको जानकारी दिइन् ।

कार्यक्रममा नेपाल औषधि व्यवसायी महासंघका पुर्व अध्यक्ष बाबुराम भट्टराई,नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष रामप्रसाद खरेल,लुम्बिनी प्रदेश अध्यक्ष शिव ज्ञवाली लगायतले व्यवसायी हितकोष स्थापना लगायत रचनात्मक कामहरु गरेकाले रुपन्देही शाखा स्थापना कालदेखि नै देशभरमै उत्कृष्ट शाखा बनेको भन्दै सराहना गरे ।

संस्थापक अध्यक्ष सुरज भट्टराईले ३९ महिने आफ्नो कार्यकालमा गर्न नसकेका कामहरु आगामी दिनमा संस्थापक अध्यक्षका हिसाबले पुरा गर्ने प्रतिबद्धता जनाए । संघका अध्यक्ष खड्गबहादुर बस्नेतले भिसिटिएस प्रणाली अब्यबहारिक भएकाले स्थानीय स्तरमा ढुवानी गर्दा व्यवसायीहरु जरिवानाको मारमा परेका बताए ।

औषधी ढुवानी गर्दा कन्साइनमेन्ट आईडी भए पुग्नेमा प्रहरी प्रशासनलार्इृ यसबारे जानकारी नहुंदा प्रिन्ट पेपर चाहियो भनेर व्यवसायीलाई दुख दिने र जरिवाना तिराउने काम बन्द गर्न अध्यक्ष स्नेतले माग गरे । उद्योगबाट सिधै औषधी विक्रि हुंदा व्यवसायी मारमा परेको पनि उनले बताए । अध्यक्ष बस्नेतले विगतमा उत्कृष्ट शाखा बनेर हासिल गरेको गरिमा र उचाई कायम राख्न आफूले अग्रजहरुको राय सुझावका आधारमा अघि बढ्ने बताए ।

कार्यक्रममा सिए प्रमोद पन्थीले लेखा सम्बन्धी र राजस्व अनुसन्धान कार्यालय रुपन्देहीका सूचना प्रमुख दीपेन्द्र श्रेष्ठले भिसिटिएसबारे व्यवसायीलाई प्रशिक्षण दिएका थिए । कार्यक्रममा संघका उपाध्यक्ष पुरुषोत्तम भट्टराई, महासचिव नारायण थापा, कार्यक्रम संयोजक उमेश्चन्द्र आचार्यले व्यवसायीका हक हितका पक्षमा र समस्या समाधानका लागि संघले यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए ।

कार्यक्रममा संस्थापक अध्यक्ष सुरज भट्टराई र नेपाल औषधि व्यवसायी महासंघको हालै सम्पन्न महाधिवेशनमा वरिष्ठ उपाध्यक्षमा निर्वाचित रामप्रसाद खरेललाई सम्मान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?