ट्रेंडिंग:

>> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता

विश्व आत्महत्या रोकथाम दिवस

२४ भाद्र २०८०, आईतवार
२४ भाद्र २०८०, आईतवार

आज विश्व आत्महत्या रोकथाम दिवस । यो दिवस विश्वभर हरेक बर्ष सेप्टेम्बर १० तारिखमा मनाउने गरिन्छ । आत्महत्या रोकथाम दिवस मनाईरहँदा नेपालमा भने आत्महत्याको घटनाले बिकराल रूप लिदै गएको छ । नेपालमा बर्षेनी आत्महत्या गर्नेको संख्यामा बृद्धि भैरहेको छ । आत्महत्या गर्नेहरूको संख्या बढ्दै गर्दा रोकथामका लागि उपायको खोजी अव अति आवश्यक भैसकेको छ । आत्महत्या बढ्नुको कारणमा मानसिक समस्यालाई प्रमुख कारण मानिएको छ । त्यसमापनि गरिवी, पारिबारिक कलह, लामो समय परिवारबाट अलग हुनु, तनाव, कामको बोझ आदि प्रमुख कारण रहेका छन । कोरोना कहरको बेला आत्महत्याको ग्राफ बढेको थियो । आत्महत्याको कारणमा जब लकडाउन थपिदै गयो अनि कसैमा चिन्ता, डर, निराशापन, झर्को लाग्ने र तनाब बढेको महसुस सवैले गरे । त्यसमध्ये केहीले मन थाम्नै नसकेर आत्महत्याको बाटो रोजे । यस्तो अवस्थामा तनाव नियन्त्रण गर्न विभिन्न उपायहरू अबलम्बन गर्न सकिन्छ । तनावले हाम्रो दैनिक जीवनमा असर पारिराखेको छ कि छैन भन्ने ध्यान दिनु आवश्यक हुन्छ । हामीले तनाव व्यवस्थापन गर्न धेरै कुरामा ध्यान दिनुपर्छ । यस्तो बेला आफूमा या परिवारमा केही त्यस्तो लक्षण देखिएमा मनोपरामर्शदाता, मनोविमर्शकर्ता र मनोचिकित्सकको सल्लाह लिनुपर्छ ।

अहिले विश्व आर्थिक मन्दीको बेला छ । नेपालको आर्थिक अवस्था पनि अत्यन्त कमजोर बनेको छ । यो बेला बेरोजगारी र दैनिक जीवन गुजारामा आइपरेको समस्याका कारण आमजनताको मनोविज्ञानमा उतारचढाव आउन थालेको छ । मानिसमा आवेग पैदा हुने, घरझगडा र कलहमा वृद्धि हुने, सानातिना कुराले पनि निकै सोचमग्न बनाउने, एकोहोरो व्यवहार हुने, नयाँपन नआउने, समस्या रहिरहने, एकखालको संकटकालजस्तो अवस्था निरन्तर झेलिरहनुपर्ने र बैंक तथा साहुमहाजनको ऋणको ब्याज बढिरहने आदि कारणले आमजीवन तनावग्रस्त हुन पुगेको छ । मनोवैज्ञानिक पिँजडाभित्र मानिसको जीवन रमाउन सकिरहेको छैन । यसैकारण आमरूपमा गम्भीर खालका मनोरोग पैदा हुँदै गएका छन् । त्यसमध्येको एक आत्महत्यो पनि हो । उत्पादनका काम मानिसको जीवनमा सबैभन्दा आधारभूत र जीवनदायी काम हुन् । यी कामले मानिसलाई शारीरिक तथा मानसिक रूपमा तन्दुरुस्त राखिरहेका हुन्छन् । मानिस आफैंमा निकै क्रियाशील र सिर्जनशील प्राणी हो । तर यही मनुष्यले आत्महत्याको बाटो रोजीरहेको छ । आत्महत्याको सहायक कारणमा आर्थिक समस्या र त्यससँग जोडिएर सामाजिक तथा वैयक्तिक समस्या देखापरेका छन् । यिनको समाधानका लागि सरकारले आर्थिक राहत प्याकेज, अनुदान सहयोग, सस्तो ब्याजमा ऋण प्रवाह, उत्पादन कार्यक्रम निर्माणमा जोड दिनु आवश्यक छ । यदि हामीले लिएको तनावले हाम्रो दैनिक जीवनमा असर पारिराखेको छ कि छैन भन्नेतर्फ पनि ध्यान दिनु आवश्यक हुन्छ । बेलैमा तनाव व्यवस्थापन गर्नेतर्फ ध्यान दिन सकेनौं भने त्यसले भोली ठूलो समस्या निम्त्याउन सक्छ । तसर्थ आत्महत्या रोकथाम दिवसकै अवसरमा बढ्दो आत्महत्याले निम्त्याएको पारिवारीक बिखण्डन र कारणको खोजी गर्नु जरुरी छ । आजको सत् प्रयासले भोलिको दिनमा आत्महत्या रोकथाममा सहयोग पुग्यो भने त्यो ठूलो उपलब्धि हुनेछ । आत्महत्याको कारण पहिचान गरि सोही अनुसारको मनोपरामर्श दिनेतर्फ सरकारले पनि अव सोँच्नुपर्ने जरुरी भैसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?