ट्रेंडिंग:

>> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि

‘अन्य पेशा जानेका छैनौं, सिलौटा बिक्दैन’

१ भाद्र २०८०, शुक्रबार
१ भाद्र २०८०, शुक्रबार

नेपालगञ्ज, १ भदौ । बाँकेको जानकी गाउँपालिका ३ ईन्द्रपुरका २२ बर्षिय अर्जुन कुसबन्ध्या आफ्नो बस्ती नजिकैको आँप बगियाको छहारीमा बसेर सिलौटा र जाँतो खोप्छन् । उनी मात्र होईन उनका दाजु, भाई र काकाले पनि सँधै सँगै बसेर सिलौटा खोपीरहेका भेटिन्छन् । ११ बर्षको उमेरदेखि नै सिलौटा खोप्न सिकेको बताउने अर्जुनले एक दिनभरी खोपेको सिलौटा र जाँतो अर्को दिन भरी साईकलमा राखेर बिक्री गर्न विभिन्न टोलमा लैजाने गरेको बताउँछन् । ‘कहिले काँही सबै बिक्री हुन्छ कुनै दिन त एउटा पनि विक्री हुँदैन त्यसै फर्काएर ल्याउँछु , उनले भने – ‘अरु काम जानेको छैन, विक्री नभएपनि सिलौटा खोपीरहन्छु ।’

नेपालगञ्ज –६ फुलटेक्राका जोग्या कुसबन्ध्याले सिलौटा, जाँतो बनाउने र त्योसँगै सनपाटको डोरी विक्री गर्दै आएका छन् । बाबुआमाले गर्दै आएको पुर्ख्यौली पेशा अंगालेको उनी बताउँछन् । तर सिलौटा,जाँतो बनाएर विक्रीका लागि गाउँ–गाउँमा पुग्दा कसैले किन्न नमनेको उनको गुनासो छ । ‘सिलौटा खोप्दा कहिले हथौडाले उङ्ग्ली (औंला) फुटिहाल्छ, कहिले साना टुक्राले आँखामा चोट लाग्छ , उनले भने –‘यति मेहनत गरेर बिक्री गर्न जाँदा मिमिक्चरको जमानामा सिलौटा केकाम ? भन्छन् बहुत दुःख लाग्छ ।’

अन्य बैल्कल्पीक पेशा नभएपछि नेपालगञ्ज फुलटेक्राका खोद्वा कुसबन्ध्याले पनि पूर्खाले अंगाल्दै आएको पेशालाई निरन्तरता दिईरहेको बताउँछन् । तर बनाएर राखेको सिलौटा विक्री गर्न मुस्किल भएको उनले पनि सुनाए । महिना भरी मुस्कीलले ५ वटा सम्म बिक्री हुन्छ । उनले भने –‘परिवार ६ जनाको छ सबैको पेशा यहि हो साँझ विहानको छाक टार्न मुस्किल छ ।’
बाँकेको जानकी गाउँपालिका ३ ईन्द्रपुरकी अरुणी कुसबन्ध्याले श्रीमान र ससुरा सिलौटा बिक्रीका लागि दिनभरी गाउँ डुलेपनि बेलुका रित्तो हात घर फर्किने गरेको बताईन् । उनले भनिन्,– ‘सिलौटा विक्रीको लागि कोहलपुर सम्म जानुहुन्छ , एउटा पनि बिक्री नभएर निरास भएर फर्काएर ल्याउनुहुन्छ ।’

कुसबन्ध्या समुदायका पुरुषहरु सिलौटा, जाँतो बनाएर विक्रि गर्ने र महिलाहरु घर घरमा पुरानो सिलौटा, जाँतो खोप्न जाने गरेको बताउँछन् । सिलौटा खोपे वापत दाल चामल मात्र पाउने गरेको बताउँछिन् सोही ठाउँकी केतकी बुसबन्ध्या । उनी भन्छिन् –‘दिन भरी डुलेर एक दुई ठाउँमा पुरानो सिलौटा खोप्ने काम पाईन्छ, त्यसबापत एक डेढ केजी चामल र दाल पाईन्छ साँझ घर फर्केर त्यहि चामल पकाएर छाक टार्छम् ।’
सिलौटा, जाँतो बनाउने ढुंगा नेपालमा नपाईने र भारतको बहराइचबाट किनेर ल्याउने गरेको उनीहरु बताउँछन् । बहराइचबाट खरिद गरेर ल्याएको ढुंगालाई काँटछाँट गरेर उनीहरुले कलात्मक बनाउँछन् र विक्रीका लागि गाउँ–गाउँ पुग्छन् तर, विक्री हुँदैन । एउटा सिलौटा बनाउने ढुंगाको मूल्य भारतीय एक सय ५० रुपैयाँ पर्ने गरेको र बनाईसकेपछि चार/पाँच सयमा विक्री गर्न पनि समस्या भएको ईन्द्रपुरका पट्वारी कुसबन्ध्याले बताए । आधुनिकतासँगै आफुहरुको पेशा संकटमा परेको उनको भनाई छ । पट्वारीले भने –‘जाँताको ठाउँमा मिल आयो, सिलौटाको साटो मिक्चर लिन थाले, सनपाटका डोरी छोडेर प्लाष्टिकको डोरी लिन्छन् हाम्रो मेहनत कसैले बुझ्दैन ।’ यसअघि सिलौटा, जाँतो र सनपाटको डोरी बनाएर विक्री गर्दै आएपनि आधुनिकतासँगै अहिले पेशामा विराम लागेको उनो भनाई छ ।

सिलौटा, जाँतो बनाउने ढुंगा यसअघि भारतको बहराईचबाट ठेकेदारले ट्रकमा आफै लेड गरेर बस्ती सम्म ल्याईदिने गरेकोमा हाल नेपालगञ्ज भन्सार कार्यालयले ल्याउन नदिँदा पेशा झन् संकटमा परेको पट्वारीले बताए । अहिले सबैजना साईकलमा थोरै मात्रामा ढुँगा ल्याएर बनाएको सिलौटा जाँतोबाट केही फाईदा नभएको उनले सुनाए । नेपालगञ्जमा बनाएको सिलौटा जाँतो सुर्खेत, दाङ तिर केही मात्रामा बिक्री भएपनि बाँकेमा बिक्री हुन छाडेको पट्वारीले बताए ।

जनजाती भित्रको लोपउन्मुख जाति मानिने पथरकट्टा एवं कुसबन्ध्या समुदायको जनसंख्या बाँकेमा करिव तीन सयको हाराहारीमा रहेको बताईन्छ । उनीहरुले सरकारबाट प्रत्येक सदस्यले सामाजिक सुरक्षा भत्ता पनि पाउँदै आएको बताउँछन् । तर आफूले बनाएका सामाग्री बिक्री नभएर पुख्र्यौली पेशा संकटमा परेको र सामाजिक सुरक्षा भत्ताले मात्र जिवन धान्न मुस्कील भएको कुसबन्ध्या समुदायका अगुवाहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?