ट्रेंडिंग:

>> बालबिबाह न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्न सरकारलाई आग्रह >> वालिङमा बौद्धिक विमर्श, राजनीतिक मतभेदले विकास रोकिएको निष्कर्ष >> सामाजिक संजालमा हातहतियार प्रदर्शन गरी त्रास फैलाउने पक्राउ >> उपाधिका लागि देवदह र आयोजक वेष्ट्रन भिड्ने >> मणिमुकुन्द भलिवल कप : गुजराँत एकेडेमी र गल्कोट भलिवल क्लब बिजयी >> जितगढी उत्सव: ऐतिहासिक किल्लालाई विश्व सम्पदा सूचीमा सूचीकृत माग >> सिंहदरबारभित्रै प्रदर्शन गरेका राजेन्द्र लिङ्देनसहितका नेताहरू रिहा >> अध्यक्षसहित थप नेता पक्राउ पछि राप्रपाको आकस्मिक बैठक बस्दै >> नेपाल प्रहरीमा १० डीआईजीको बढुवाकाे दौड सुरु, तीन समूहबीच प्रतिस्पर्धा >> महिला एकदिवसीय क्रिकेट विश्वकपमा पाकिस्तान टोली भारत नजाने >> रवि लामिछानेकाे तर्फबाट सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन >> कमजोर बैंकिङ प्रतिवेदनले सेयर बजार ओरालो, नेप्से १६.६८ अंकले घट्यो >> शिक्षक आन्दोलनको प्रभाव, कर्णालीका विद्यालयहरु सुनसान >> गणतन्त्रमाथि कुनै खतरा छैन : प्रचण्ड >> लिङ्देन र ज्ञानेन्द्र शाही सिंहदरबारबाट पक्राउ >> एमालेले वैशाख ११ लोकतन्त्र दिवसको अवसरमा युवा भेला विशेष हुने >> जितगढी विजय उत्सव (लाइभ) >> ज्ञानेन्द्र शाही सिंहदरबारमै ‘नजरबन्द’, आन्दोलनमा जान पाएनन् >> संबैधानिक निकायका ५२ नियुक्तिमाथि सर्वोच्च अदालतमा सुनवाइ जारी >> सेनाको पदयात्रा टोली बुटवलमा : जितगढीमा विजय उत्सव (फोटो फिचर) >> माइतीघर देखि बानेश्वरसम्म तीन समुहको प्रदर्शन जारी >> शिक्षा ऐन नआएसम्म आन्दोलन नरोकिने भन्दै शिक्षक महासंघले आइतबार पनि काठमार्डौंमा प्रदर्शन >> वाणिज्य बैंकहरूको त्रैमासिक वित्तीय विवरण सार्वजनिक, नाफामा थोरै उकालो >> बदाम तेल एक, फाइदा अनेक >> भट्टको मुद्दा न्यायधिस फुयाँल र पाण्डेको इजालसमा >> शुक्रबारकै भाउमा सुनचाँदीको मुल्य >> रौतहटमा ५४९ सवारी दुर्घटना ३८ को मृत्यु,९०० बढी घाईते >> कोहलपुरमा फेन्सी पसलमा आगलागी >> अमेरिका भर ट्रम्प बिरूद्द हजारौंको प्रदर्शन >> गौतमबुद्ध विमानस्थलमा नियमित सञ्चालनका लागि पहल गरिरहेका छौं : मुख्यमन्त्री आचार्य >> राप्रपाका सिमित नेताले मात्रै निषेधित क्षेत्र तोड्ने >> तिलोत्तमामा १५ दिने नेपाल भाषा प्रशिक्षण सम्पन्न >> ‘आदिवासी जनजातिको माग मुद्दा सम्बोधन गर्न आवश्यक’ >> नेपाली सेनाको पदयात्रा तानसेनमा >> परियोजनाको उपलब्धि परीक्षणमा केन्द्रीय टोली दाङमा >> कंगोमा डुंगामा आगलागी हुदाँ मृत्यु हुनेको संख्या १४८ नाघ्यो >> जितगढीको ऐतिहासिकता >> नेपालीमाथि हुने दुव्र्यवहारका घटना रोक >> जितगढी किल्लामा ‘विजय उत्सव’ >> जितगढी के हो के भयो, के हुनुपर्छ ? >> आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> राप्रपालाई गृह मन्त्रालयको चेतावनी– निषेधित क्षेत्र तोडे कारबाही हुन्छ >> सिलगुरी एफसीविरुद्ध सहज जित निकाल्दै पुलिस सेमिफाइनलमा >> माछा पालक किसान र दाना उत्पादक कम्पनी विच अन्तरक्रिया >> अर्थमन्त्री पौडेल हस्तक्षेपकारी बजेटको पक्षमा : रकम कटौती हुने भएपछि धेरैजसो मन्त्रालय असन्तुष्ट >> रमन श्रेष्ठलाई बार अध्यक्ष मिश्रको चुनौती : तपाईँ तयार हो भने सबै वकिलको दलीय सदस्यता खारेज गरौँ >> संविधानको रक्षा गर्न गणतन्त्रवादी दल एक ठाउँमा उभिन सहमत >> पौरस्त्य समाज नेपालको पुनर्गठन >> मुख्यमन्त्री आचार्यद्वारा १० औं मणिमुकुन्द कप पुरुष भलिबल प्रतियोगिताको उद्घाटन >> युवा सम्मेलनमा राष्ट्रिय युवा संघ नेपाल रूपन्देहीले २३ सय ५० युवा काठमाडौ लैजाने 
सम्पादकीय

‘देश बचाउन सरकार, नीजि क्षेत्र संगसंगै’

३० श्रावण २०८०, मंगलवार
३० श्रावण २०८०, मंगलवार

मुलुकको अर्थतन्त्र संकटमा रहेको अर्थमन्त्री डा. प्रकाशशरण महतले आईतवार नीजि क्षेत्रसंग गरेको याचनाबाट स्पष्ट भएको मात्र छैन, सरकारको अहिलेसम्मको दावी झुटो रहेको पुष्टी पनि भएको छ । सरकारले अर्थतन्त्र विस्तारै माथि उठ्न लागेको दावी गरेको थियो तर अर्थतन्त्र त्यति सजिलो दिशामा नरहेको सरकारको पछिल्लो कदमले स्पष्ट गरेको छ । अर्थमन्त्रीले आइतबार नेपाल राष्ट्र बैंकका गभर्नर, बैंकर तथा निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाका प्रमुखहरूसँग छलफल गर्दै अर्थतन्त्र चलायमान बनाउन याचना गरेका छन । नीजि क्षेत्रलाई सधै तेश्रो आँखाले हेर्ने सरकार अहिले अर्थतन्त्र धरासायी बन्दै गर्दा बल्ल सहयोग माग्नु कति जायज छ, त्यो सवैले बुझेकै बिषय हो । समय हुन्जेल चुप लाग्ने र समय घर्केपछि बल्ल सहयोगको आग्रह गर्नु जायज होइन । निश्चित रूपमा सरकार, निजी क्षेत्र र बैंक मिलेरै मुलुकको आर्थिक अवस्था माथि उठाउन सहयोग पुग्छ तर नीजि क्षेत्रलाई सधै हेयको दृष्टिले हेर्ने सरकारको रवैयामा परिवर्तन हुन्छ कि हुँदैन ? यो महत्वपूर्ण प्रश्न हो ।

अर्कोतर्फ सरकारले स्वदेशी तथा विदेशी लगानीकर्तामा उत्साह र प्रोत्साहन बढाउनै सकेको छैन । नीजि क्षेत्रलाई खर्च गर्ने आत्मविश्वास बढाउन नसक्नु चिन्ताको बिषय हो । छलफलमा निजी क्षेत्रले उद्योगमा जग्गाको हदबन्दी तथा निजी क्षेत्रले उत्पादन गरेको विद्युत खरिद गरिदिनुपर्ने माग गरेका थिए । साथै कर्जाको ब्याजदर घटाउनुपर्ने, सेयर कर्जा सजिलो बनाउनुपर्ने, कर्जामा आधार दरमा थप गर्ने अधिकतम प्रिमियम तोक्नुपर्ने माग निजी क्षेत्रले राखेका हुन् । पछिल्लो समय बैंकहरूले कर्जा असुलीका लागि आक्रामक रूपमा धितो लिलाम गरेको भन्दै निजी क्षेत्रले त्यसलाई केही समय रोकिदिन माग गरेका थिए । नीजि क्षेत्रको यो मागमा सरकार सकारात्मक हुनुपर्दछ । होइन भने यही कारण सरकार र नीजि क्षेत्रबीचमात्र होइन बैंक र नीजि क्षेत्रबीचपनि हुने मनोमालिन्यले समस्या निम्तिने अवस्था आउन सक्छ ।

अहिलेपनि मुलुकको आर्थिक विकासमा ठूलो योगदान गर्न सक्ने नीजि क्षेत्रको विकास तथा विस्तारमा सरकारले ध्यान दिन सकिरहेको छैन । केवल कर संकलन गर्ने नाममा नेपालमा स्थापना भएका ठूलो उद्योगलाई धरासायी वनाईदैछ । ठूला व्यापारिक प्रतिष्ठानहरूमा अनावश्यक हस्तक्षेप भैरहेको छ । सरकारले उद्योग व्यवसायमा भएको लगानी संरक्षण गर्ने गरी ऐन कानुनहरू वनाउने र भएका ऐन कानुनको सहज कार्यान्वयन मात्रै गर्ने हो भने पनि उद्योग व्यवसायको विकासमा एउटा ईटा पक्कै थपिने छ । तर सरकारमा सहभागी दल र तिनका नेतृत्वकर्ताहरूले आर्थिक अवस्थाको यो भयावहताप्रति गंभीर हुन ध्यान दिइरहेका छैनन् । मुलुकको आर्थिक क्षेत्रमा करिव २० प्रतिशतको योगदान नीजि क्षेत्रको छ तर नीजि क्षेत्रलाई नै धरासायी वनाएर नेपाललाई नै कंगाल वनाउने दिशामा वर्तमान सरकार उद्यत छ । यस्तो अवस्था रह्यो भने मुलुकको आर्थिक अवस्था कहाँ पुग्ला ? नेताहरू अव राजनीतिक क्रान्ति पूरा भएको भन्दै अव आर्थिक क्रान्तिको बेला आएको भन्दै आएका छन । तर सरकारमा सहभागी दलका नेताहरूको उदघोष व्यवहारमा परिणत हुन सकेको छैन । यसको जवाफ उद्योगी व्यवसायीहरूले खोजिरहेका छन् ।

मुलुकमा राजनीतिक क्रान्ति पूरा भयो भन्ने दलहरूले नै यस्ता प्रबृत्ति दोहोयाईरहनु नीजि क्षेत्रलाई धरासायी वनाउने प्रयासमात्र हो । मुलुकमा लगानीको सम्भावना नभएको होईन । तर त्यसका लागि राजनैतिक इच्छाशक्तिको खाँचो छ । सरकार र नीजि क्षेत्र तथा बैंकरबीचको छलफलबाट प्राप्त निचोड निष्कर्षमा पु¥याउन सरकारले प्रतिवद्धता जनाओस् । सरकार र नीजि क्षेत्रसंगै हिँड्ने प्रयास होस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?