ट्रेंडिंग:

>> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र

साइबर अपराधबारे सन्दर्श पुस्तक लोकार्पण

२२ श्रावण २०८०, सोमबार
२२ श्रावण २०८०, सोमबार

काठमाण्डौ, २२ साउन    सूचना र सञ्चार प्रविधिको द्रुततर विकाससंगै इन्टरनेट जडित कम्प्युटरकृत उपकरणहरुको व्यापक प्रयोगले साइबर अपराधका विविध आयामहरुको विकास भइरहेको बेला आम नागरिकलाई सुसुचित गर्ने उद्येश्यका साथ साईबर अपराधबारे सन्दर्भ सामग्री पुस्तक बिमोचन गरिएको छ । उच्च अदालतका तुलसीपुरका का. मु. मुख्यन्यायधिश डा. रत्नबहादुर बागचन्दद्वारा लिखित ‘साइबर अपराधः अनुसन्धान, अभियोजन र न्याय निरुपण’ शीर्षकको पुस्तकको सोमबार एक कार्यक्रमका बिच सर्वाेच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाले लोकार्पण गरे । सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाले साइबर अपराध अनुसन्धान, अभियोजन र न्याय निरुपणको क्षेत्रमा यो पुस्तक महत्वपूर्ण दस्ताबेजको रुपमा स्थापित हुने विश्वास ब्यक्त गर्दै विषयविज्ञद्वारा पुस्तक लेखिएको हुँदा विश्वसनीयता स्थापित भएको उल्लेख गरे । साइबर स्पेसमा असुरक्षित रुपमा गरिने गतिविधिहरुले साइबर अपराधीहरुको मनोबल बढ्न गई साइबर गतिविधिको सन्दर्भमा नेटिजनको रुपमा रहने विश्वका करौडौ मानिसहरु साइबर अपराधको सिकार भइरहेका भन्दै यस विषयमा ज्ञान लिन पुस्तक उपयोगी हुने देखिन्छ ।

कार्यक्रममा साइबर कानूनमा विद्यावारिधि गर्नुभएका पुर्वन्यायाधीश श्रीकृष्ण भट्टराईले यस पुस्तकको महत्वका बारेमा प्रकाश पार्दै हालसम्म साइबर अपराध अनुसन्धान, अभियोजना र न्याय निरुपणका तिनै क्षेत्रलाई समेटिएको दस्ताबेजको अभावलाई यस पुस्तकले पूर्ति गर्ने विश्वास ब्यक्त गरे । पुस्तकको समिक्षा गर्दै सूचना तथा संचार प्रविधि प्रतिष्ठान, लुम्बिनी प्रदेशका कार्यकारी निर्देशक अनुप बाँस्कोटाले यस पुस्तकमा समावेश गरिएका सामग्रीहरुको बारेमा चर्चा गरे । सात मुख्य अध्याय रहेको यस पुस्तको पहिलो अध्यायमा साइबर अपराधलाई ब्याख्या गर्दै त्यसको बर्गिकरण गरिएको छ । दोस्रो अध्यायमा साइबर अपराध अनुसन्धानका क्रममा पहिल्याउनु पर्ने चरणहरुको साथै त्यसका लागि सहयोगी हुने आवस्यक ब्यबहारिक उदाहरणहरु प्रस्तुत गरिएकोे छ । तेस्रो अध्यायमा डिजिटल प्रमाण र त्यसका स्वरुप र ब्यब्स्थापनको बारेमा बिस्तृत ब्याख्या गरिएको छ भने चौथो अध्यायमा साइबर अपराधको अनुसन्धानमा अत्याबश्यक साइबर फरेन्सिक तथा त्यसको लागि आवश्यक पर्ने उपकरण र अत्याधुनिक प्रविधिको बारेमा उल्लेख गरिएको छ । पाचौं अध्यायले सरकारी वकीलले अभियोगपत्र दायर गर्दा पूरा गर्नुपर्ने दायित्व र चरणहरुको बारे बुँदागत रुपमा ब्याख्या गरिएको छ । । छैठौं अध्यायमा बिभिन्न देशका साइबर कानूनहरुको तुलनात्मक बिश्लेषण गरेको छ । त्यसैगरी, सातौं तथा अन्तिम अध्यायले न्याय निरुपणका आधारहरु प्रस्तुत गर्नुका साथैका साथै न्याय निरुपणकर्तामा हुनुपर्ने आधारभूत विशेषज्ञाता र विज्ञताको बारेमा प्रकाश पारिएको छ ।

हाम्रो देशमा पनि साइबर अपराधमा नेपाल प्रहरीको साइबर ब्युरोले अनुसन्धान गर्ने, जिल्ला सरकारी वकील कार्यालय, काठमाडौले साइबर अपराधका मुद्दाहरुको अभियोजन गरी काठमाडौं जिल्ला अदालतबाट साइबर अपराधका मुद्दाहरुको सुरु कारवाही र किनारा भई उच्च अदालत पाटनबाट पुनरावेदन सुन्ने व्यवस्था भइरहँदा उपत्यकाका कानून व्यवसायीहरुले अभियुक्तहरुको कानूनी प्रतिरक्षा गरिआएकोमा नेपाल सरकारको मिति २०८०÷०३÷११ को राजपत्रमा प्रकाशित सूचनाबमोजिम अब उपरान्त देशभरका सम्बन्धित सबै जिल्ला अदालतबाट सुरु कारवाही र किनारा तथा र सम्बन्धित सबै उच्च अदालत तथा इजलासहरुबाट पुनरावेदनउपर कारवाही हुने भई सबै जिल्ला प्रहरी कार्यालयहरु, सबै जिल्ला सरकारी वकील कार्यालयहरु, सबै जिल्ला अदालतहरु, सबै उच्च अदालत र इजलासहरुका साथै सबै तहमा कार्यरत कानून व्यवसायीहरुको संलग्नता रहने भएबाट साइबर अपराधका मुद्दाहरुको अनुसन्धान, अभियोजन, प्रतिरक्षा र न्याय निरुपणमा विकेन्द्रीकरण भएको छ ।

साइबर अपराधमा डिजिटल प्रमाण संकलन र तिनको साइबर फरेन्सिक परीक्षण तथा विश्लेषण, अभियोजन, प्रतिरक्षा र न्याय निरुपण जस्ता नवीनतम विषयमा आवश्यक ज्ञान, सीप, तालीम, दक्षता र सचेतना भएको जनशक्तिको कमी भएको परिवेशमा साइबर अपराधको अनुसन्धान, अभियोजन र न्याय निरुपणको क्षेत्रमा बिषयगत सन्दर्भ सामग्रीको चरम अभावलाई चिर्नका लागि यो पुस्तक उपयोगी देखिन्छ । कार्यक्रममा महान्यायाधिवक्ता डा. दिनमणी पोखरेल, नेपाल बार एशोसिएशनका अध्यक्ष वरिष्ठ अधिवक्ता श्री गोपालकृष्ण घिमिरे, सिआइबीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक श्री किरण बज्राचार्य, नेपाल टेलिकम प्राधिकरणका अध्यक्ष श्री पुरुषोत्तम खनाल, क्यान फेडरेशनका महासचिव श्री चिरन्जिबी अधिकारीले साइबर अपराध अनुसन्धान, अभियोजन र न्याय निरुपणको क्षेत्रमा यस पुस्तकले खेल्ने भूमिकाको बारेमा प्रकाश पारे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?