ट्रेंडिंग:

>> बालबिबाह न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्न सरकारलाई आग्रह >> वालिङमा बौद्धिक विमर्श, राजनीतिक मतभेदले विकास रोकिएको निष्कर्ष >> सामाजिक संजालमा हातहतियार प्रदर्शन गरी त्रास फैलाउने पक्राउ >> उपाधिका लागि देवदह र आयोजक वेष्ट्रन भिड्ने >> मणिमुकुन्द भलिवल कप : गुजराँत एकेडेमी र गल्कोट भलिवल क्लब बिजयी >> जितगढी उत्सव: ऐतिहासिक किल्लालाई विश्व सम्पदा सूचीमा सूचीकृत माग >> सिंहदरबारभित्रै प्रदर्शन गरेका राजेन्द्र लिङ्देनसहितका नेताहरू रिहा >> अध्यक्षसहित थप नेता पक्राउ पछि राप्रपाको आकस्मिक बैठक बस्दै >> नेपाल प्रहरीमा १० डीआईजीको बढुवाकाे दौड सुरु, तीन समूहबीच प्रतिस्पर्धा >> महिला एकदिवसीय क्रिकेट विश्वकपमा पाकिस्तान टोली भारत नजाने >> रवि लामिछानेकाे तर्फबाट सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन >> कमजोर बैंकिङ प्रतिवेदनले सेयर बजार ओरालो, नेप्से १६.६८ अंकले घट्यो >> शिक्षक आन्दोलनको प्रभाव, कर्णालीका विद्यालयहरु सुनसान >> गणतन्त्रमाथि कुनै खतरा छैन : प्रचण्ड >> लिङ्देन र ज्ञानेन्द्र शाही सिंहदरबारबाट पक्राउ >> एमालेले वैशाख ११ लोकतन्त्र दिवसको अवसरमा युवा भेला विशेष हुने >> जितगढी विजय उत्सव (लाइभ) >> ज्ञानेन्द्र शाही सिंहदरबारमै ‘नजरबन्द’, आन्दोलनमा जान पाएनन् >> संबैधानिक निकायका ५२ नियुक्तिमाथि सर्वोच्च अदालतमा सुनवाइ जारी >> सेनाको पदयात्रा टोली बुटवलमा : जितगढीमा विजय उत्सव (फोटो फिचर) >> माइतीघर देखि बानेश्वरसम्म तीन समुहको प्रदर्शन जारी >> शिक्षा ऐन नआएसम्म आन्दोलन नरोकिने भन्दै शिक्षक महासंघले आइतबार पनि काठमार्डौंमा प्रदर्शन >> वाणिज्य बैंकहरूको त्रैमासिक वित्तीय विवरण सार्वजनिक, नाफामा थोरै उकालो >> बदाम तेल एक, फाइदा अनेक >> भट्टको मुद्दा न्यायधिस फुयाँल र पाण्डेको इजालसमा >> शुक्रबारकै भाउमा सुनचाँदीको मुल्य >> रौतहटमा ५४९ सवारी दुर्घटना ३८ को मृत्यु,९०० बढी घाईते >> कोहलपुरमा फेन्सी पसलमा आगलागी >> अमेरिका भर ट्रम्प बिरूद्द हजारौंको प्रदर्शन >> गौतमबुद्ध विमानस्थलमा नियमित सञ्चालनका लागि पहल गरिरहेका छौं : मुख्यमन्त्री आचार्य >> राप्रपाका सिमित नेताले मात्रै निषेधित क्षेत्र तोड्ने >> तिलोत्तमामा १५ दिने नेपाल भाषा प्रशिक्षण सम्पन्न >> ‘आदिवासी जनजातिको माग मुद्दा सम्बोधन गर्न आवश्यक’ >> नेपाली सेनाको पदयात्रा तानसेनमा >> परियोजनाको उपलब्धि परीक्षणमा केन्द्रीय टोली दाङमा >> कंगोमा डुंगामा आगलागी हुदाँ मृत्यु हुनेको संख्या १४८ नाघ्यो >> जितगढीको ऐतिहासिकता >> नेपालीमाथि हुने दुव्र्यवहारका घटना रोक >> जितगढी किल्लामा ‘विजय उत्सव’ >> जितगढी के हो के भयो, के हुनुपर्छ ? >> आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> राप्रपालाई गृह मन्त्रालयको चेतावनी– निषेधित क्षेत्र तोडे कारबाही हुन्छ >> सिलगुरी एफसीविरुद्ध सहज जित निकाल्दै पुलिस सेमिफाइनलमा >> माछा पालक किसान र दाना उत्पादक कम्पनी विच अन्तरक्रिया >> अर्थमन्त्री पौडेल हस्तक्षेपकारी बजेटको पक्षमा : रकम कटौती हुने भएपछि धेरैजसो मन्त्रालय असन्तुष्ट >> रमन श्रेष्ठलाई बार अध्यक्ष मिश्रको चुनौती : तपाईँ तयार हो भने सबै वकिलको दलीय सदस्यता खारेज गरौँ >> संविधानको रक्षा गर्न गणतन्त्रवादी दल एक ठाउँमा उभिन सहमत >> पौरस्त्य समाज नेपालको पुनर्गठन >> मुख्यमन्त्री आचार्यद्वारा १० औं मणिमुकुन्द कप पुरुष भलिबल प्रतियोगिताको उद्घाटन >> युवा सम्मेलनमा राष्ट्रिय युवा संघ नेपाल रूपन्देहीले २३ सय ५० युवा काठमाडौ लैजाने 
सम्पादकीय

सामाजिक सञ्जाल नियमनमा कडाई गर

१८ श्रावण २०८०, बिहीबार
१८ श्रावण २०८०, बिहीबार

पछिल्लोसमय सामाजिक सञ्जालको प्रयोग गरि चरित्र हत्या गर्नेक्रम बढ्दै गएपछि सरकारले नियमनको प्रयास गरेको छ । यो सकारात्मक कुरा हो । खासगरी महिलाहरू चरित्र हत्याको शिकार हुने गरेको सन्दर्भमा सामाजिक सञ्जालमा नियमन धेरै पहिलेदेखि नै जरुरी थियो । जेहोस ढिलै भएपनि नियमनको प्रयासले चरित्र हत्याको सन्दर्भमात्र होइन, ठगी र अपराधका अरू धेरै श्रृंखला नियन्त्रणमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

सामाजिक सञ्जाल व्यवस्थापन तथा नियमन गर्ने सन्दर्भमा त्यसका लागि छुट्टै नियम, कानुन वा ऐन के ल्याउने भन्ने विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय आन्तरिक छलफलमा जुटेको छ । केही दिनअघि सामाजिक सञ्जालको व्यवस्थापन र नियमनका लागि कस्तो कानुनी प्रावधान उल्लेख गर्दा ठिक होला भन्दै सामाजिक सञ्जालमार्फत समेत सुझाव माग गरिएको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल व्यवस्थापन र नियमन कसरी गर्ने भन्ने विषयमा विभिन्न मन्त्रालयका कर्मचारीबीच प्रारम्भिक छलफल समेत सुरु गरिसकेको छ ।

सामाजिक सञ्जालको प्रयोग सही रूपमा हुन सके धेरै राम्रा काम गर्न सकिन्छ तर यसको दुरूपयोगले सामाजिक सद्भाव बिग्रने यावत समस्या समाधानमा अव धेरै परिवर्तन आउने अपेक्षा गरिएको छ । सरकारले सामाजिक सञ्जाल नियम र व्यवस्थापनका लागि पहिलो चरणमा शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने र त्यसपछि मात्र कानुनको पालना भए नभएकोतर्फ छलफल हुने भएको छ । जेहोस यसअघि गोकुलप्रसाद बाँस्कोटा सञ्चारमन्त्री हुँदा नेपाल सरकारले ‘सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ ल्याएको थियो । तत्कालीन सरकारले सो विधेयकले पत्रकारिता क्षेत्रका लागि नभई सामाजिक सञ्जालको दुरूपयोग नियन्त्रणका लागि ल्याइएको स्पष्ट पारे पनि सरोकारवालाले त्यति बेला सरकारले प्रेस स्वतन्त्रता खोस्न खोजेको भन्दै चौतर्फी आलोचना गरेपछि सो विधेयक थन्किएको थियो । अव आउने सामाजिक सञ्जाल नियमन सवैको सामूहिक र सर्वसम्मत निर्णयबाट चाँडोभन्दा चाँडो कार्यान्वयनमा आओस् ।

नेपालमा पछिल्लोसमय इन्टरनेटको व्यापक प्रयोगसँगै साइबर अपराधजन्य घटनामा सोचेभन्दा बढी मानिसको संलग्नता रहेको तथ्य सार्वजनिक भएपछि साइबर अपराधसँग सम्बन्धित निकायमा चिन्ता छाएको छ । साइबर अपराधका विभिन्न पाटा र पक्ष हुने भएकाले ती सबैलाई के–कसरी नियन्त्रणमा लिने हो भन्ने चिन्ता बढेको छ । साइबर अपराधजन्य घटनामा पुरुषभन्दा महिला बढी प्रताडित भएकोले यो अझैं जटिल व्यापक हुँदै गएको छ । सम्बन्धित निकायले गरेको अध्ययन अनुसन्धान र ती निकायमा परेका उजुरीका संख्याका आधारमा बढ्दो साइबर अपराधलाई कसरी रोक्ने भन्ने समस्या जटिल बन्दै गएको सरकारकै तथ्याँकले देखाएको छ । नेट तथा इन्टरनेटको पहुँच सर्वसुलभ हुन थालेपछि यस्ता खाले अपराधमा बालबालिकादेखि वृद्धसम्म पनि संलग्न हुने र स्वार्थपूर्तिका लागि अनेकन तिगडम गर्ने गरिएको पाइनुले साइबर प्रयोगको दुरूपयोग हुँदै गएको छ ।

फेसबुक, भाइबर, इमो, युट्युब र ट्वीटर र इन्सटाग्राम अहिलेका चलनचल्तीका आम माध्यम बनिसकेका छन् । सञ्चारका यी माध्यम मायाप्रेम, सूचना, घृणा, रिस, आवेग आदिका साथै अपराधजन्य गतिविधिको माध्यम हुन पुगेका छन् । यस्ता घटनामा चिनजानका व्यक्ति र यी माध्यमबाट चिनजान र सम्बन्ध हुन पुगेका व्यक्ति अपराधजन्य गतिविधि संलग्न हुने गरेका छन् । यसको नियमन गर्न ढिलाई भैसकेको सन्दर्भमा सरकारको नियमन सम्बन्धि काम एक कदम अघि बढेर अर्थात छिटो होस् ।

अहिलेको विश्व सूचनाको युगमा सामाजिक सञ्जाल प्रयोगको विकल्प छैन । यसको प्रयोग बढ्दै गर्दा दुरूपयोग नहोस् भन्ने मात्र हो । तसर्थ यसमा सन्तुलित रूपमा सञ्चालन र नियमन गर्नु जरुरी छ । डरलाग्दा कानुन निर्माण गरेर, दण्ड सजायको हौवा देखाएर, दमनकारी नीति अख्तियार गरेर, डण्डा लगाएर वा त्रास सिर्जना गरेर यसको नियन्त्रण गर्न असम्भव छ । तर, अश्लील क्रियाकलापमा संलग्न हुने, नाङ्गो तस्बिर आदानप्रदान गर्ने, धम्की र आर्थिक बार्गेनिङ सुरु गर्ने, अश्लील तस्बिर परिवार तथा आफन्तलाई पठाइएर आतंक सिर्जना गर्ने र सार्वजनिक बेइज्जती गर्ने जुन काम पछिल्लोसमय बढेको छ, त्यसको नियन्त्रण जरुरी छ । सरकारको सामाजिक सञ्जाल नियमनको काम यसैतर्फ लक्षित हुनुपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%