ट्रेंडिंग:

>> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र

एकादेशको कथा भयो नारायणी नदीमा पुल, म्याद थपियो काम सकिएन

१६ श्रावण २०८०, मंगलवार
१६ श्रावण २०८०, मंगलवार

सुनवल, १६ साउन ।  साउन महिनादेखि पुलबाट आउजाउ गर्ने पश्चिम नवलपरासीको सुस्ताबासीको सपना यसपटक पनि पुरा हुन सकेन् ।
पटक–पटक समय थप गर्दा समेत सुस्ता गाउँपालिकास्थित नारायणी नदीमा निर्माण भइरहेको नेपालकै लामो झोलुङ्गे पुलको काम पुरा नहुँदा स्थानीय बासी जोखिमपूर्ण डुंगाको यात्रा गर्न बाध्य छन् । यहि असार मसान्त सम्म पुल निर्माण सक्नका लागि २०७८ साल चैतमा सरकारले थप समय उपलब्ध गराएपनि निर्माण सम्पन्न भएको छैन् । २०७३ सालको पुसबाट सुरु भएको पुलको निर्माण कार्य तीन वर्ष भित्रै सकिनुपर्ने थियो तर पटक पटक म्याद थप गर्दा समेत पुलको काम पुरा हुन सकेको छैन् ।

नारायणीपारीका सुस्ताबासीको सपनाको रूपमा रहेको पुलको १० वटा मुख्य पिल्लरको काम सकेर त्यसमाथि स्टीलका टावर बनाउने काम अन्तिम चरणमा छ । नारायणीमा पानीको सतह बढेकाले नदिको दुवै किनारा तर्फ बाँकी काम भइरहेको सस्पेन्सन वृज डिभिजन कार्यालय ललितपुरका ईन्जिनियर गोपाल बहादुर थापाले जानकारी दिए । अन्तिम चरणमा रहेको पुल निर्माणको काम सक्न ठेकेदारलाई फेरि समय उपलब्ध गराउन लागिएको छ । चार महिना थप समय दिएर काम सक्ने योजना अनुरूप म्याद थपको प्रक्रिया सुरु भएको थापाले जानकारी दिए ।

१५ सय ७१ मिटर लम्बाइ र १ दशमलव ६ मिटर फराकिलो पुल निमार्णका लागि त्रिशूली आश्रय जेभी कन्ष्ट्रक्शनले २९ करोड ४० लाख रूपैयाँमा ठेक्का लिएको छ । डुंगाको जोखिमपूर्ण यात्रा गर्न बाध्य नारायणी पारीका सुस्ताबासी, पुल निर्माण भए सहजै आउजाउ गर्न सक्नेछन् । सुस्ताका स्थानीय मुन्सि हरिजनले पुल नभएकै कारण नेपाल तर्फ नारायणीपारीका सुस्ताबासीले सिधा सम्पर्क स्थापित गर्न नसक्दा सामान्य किनमेल औषधिमुलोका लागि पनि भारततर्फ जानुपर्ने बाध्यता रहेको बताए ।

पुल धेरै अगाडिनै बनेर सक्नुपर्ने हो हरिजनले भने पुल नबन्दा पाएको सास्ती बताएर सकिदैन । अहिले ईन्जीन जडान गरिएको डुंगाबाट आउजाउ हुन थालेपछि केही सहज भएपनि डुंगामा सिन्डकेट बढेको स्थानीयको गुनासो छ । डुंगाबाट आउजाउ गर्न धेरै कुर्नुपर्ने बाध्यताका कारण छिटो जानुपर्ने समयमा समस्या हुने गरेको स्थानीयले बताएका छन् ।

सुस्ता बचाउ अभियानका रविन्द्र जयसवालले पुलको काम विगतको वर्षको तुलनामा धेरै अगाडि बढेको बताए । ठेक्का लिएर काम नगरी ठेकेदार गायव हुँदा अहिले काममा ढिलाई भएको हो तर पछिल्लो समय कामले गति लिएको छ अब पुल बन्छ भन्नेमा ढुक्क छौं जयसवालले भने । भारतिय अतिक्रमणको चपेटामा पर्दै आएको नारायणी पारीको सुस्ता गाउँ पुग्न नेपालबाट जमिनको सम्पर्क छैन । पारी सुस्ता तीन तिर बाट नारायणी नदीले घेरिएको छ भने एकातर्फ भारतसंगको सीमाना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?