© २०२३
विश्व बाघ दिवस शनिवार ‘बाघ संरक्षणमा साझा चासो, बाघ र मानववीचको द्वन्द्व घटाऔं’ भन्ने नाराका साथ मनाइएको छ । नेपालमा पछिल्लोसमय बाघको संख्यामा भारी बृद्धि भएको छ । यो खुसीको कुरा हो तर बाघको संख्या यही रूपमा बढ्ने हो भने यसबाट मानवका लागि खतरा देखिएकोले संरक्षणमा चुनौति पनि थपिएको छ । नेपालमा पछिल्लो वर्षहरूमा बाघको संख्या बढेसँगै बाघको आक्रमणबाट मानिसको ज्यान जाने घटना पनि बढिरहेका छन् । बाघ संरक्षणमा नेपालले उच्चतम सफलता हासिल गरेको छ तर बाघ बढेसंगै बाघ र मानववीच द्वन्द्व बढ्ने अवस्था देखिएकोले अवका दिनमा बाघ संरक्षण चुनौति पनि हो भन्दा अतयुक्ति हुँदैन ।
सन् २०११ मा रुसको सेन्ट पिटर्सवर्गमा भएको विश्व बाघ सम्मेलनमा नेपालका तर्फबाट तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर पार्ने प्रतिबद्धता जनाउनुभएको थियो । सन् २००९ को बाघको गणना गर्दा नेपालमा १२१ वटा बाघ थिए । सन् २०२३ मा त्यो संख्या बढाएर करिव तीनसय हाराहारीमा बनाउने लक्ष्य अनुसार काम भइरहेको छ । फलस्वरूप सन् २०१८ मा भएको गणनामा नेपालमा २३५ बाघ भेटिएका थिए । बाघ गणना हुने हो भने नेपालले रुसको सेन्टपटिर्सवर्गमा गरेको प्रतिवद्धता पूरा भैसकेको छ । अव नेपालले जसरी बाघको संख्या बृद्धिमा ठूलो भूमिका निर्वाह गरेको छ, आगामी दिनमा संरक्षणमा अर्को चुनौति पनि थपिएकोले बाघ संरक्षणको योजना कसरी अघि बढाउने हो भन्नेतर्फ बहस गर्ने बेला भएको छ । एकातिर बाघको संख्या बढिरहँदा बाघ पाइने संरक्षित क्षेत्र वरिपरि बाघको आक्रमणबाट हरेक वर्ष स्थानीय बासिन्दाहरू पीडित हुनेको संख्या पनि वृद्धि भइरहेको छ । बाघकै कारण बर्षेनी दर्जनौं नेपालीले मृत्युबरण गर्नुपरिरहेको छ । एकातिर बाघको संख्या बढ्दै गएको छ त्यो खुसीको कुरा हो तर अर्कोतर्फ बाघले मानवीय क्षति गर्दैछ ।
अतः आगामी दिनमा बाघको संरक्षणसंगै बाघको सुरक्षित बासस्थानको व्यवस्थापन गर्नुपर्ने खाँचो देखिएको छ । अर्कोतर्फ जोखिमपूर्ण क्षेत्रको पहिचान गरी स्थानीय बासिन्दाको जीविकोपार्जन, र सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने रहेको खाँचो छ । अब बाघको संख्या बढाउने हो र त्यसले गर्ने मानवीय आक्रमणलाई घटाउने हो भने बाघको बासस्थान निकुञ्जभन्दा बाहिर रहेको वन क्षेत्रलाई पनि विकसित गर्नुपर्ने देखिएको छ । विश्व बाघ दिवसको अवसरमा सन् २०२२ भित्र नेपालमा बाघको संख्या दोब्बर बनाउने पूर्वनिर्धारित योजना सफल भएको छ । बाघ संरक्षण योजनामा विदेशी दातृ निकायहरूले निरन्तर सहयोग गर्दै आएका छन । पछिल्लोसमय प्राकृतिक प्रकोपका कारणले दुर्लभ जनावरहरू पनि संकटमा रहेको रिपोर्टहरू आइरहेका छन् । नेपालमा बाघको संख्या बढेपनि विश्वमा भने बाघ जोगाउन चुनौति देखिएको छ । जेहोस् शनिवार विश्व बाघ दिवस मनाइएको छ । बाघ दिवसको अवसरमा बाघ संरक्षणको कुुरा उठ्दा बाघबाट मावनमाथि भैरहेको चुनौति कसरी घटाउने भन्ने बिषयमा पनि कुरा उठ्नुपथ्र्यो । तर, त्यस बिषयमा खासै चर्चा हुन सकेको छैन । भोलीका दिनमा संरक्षणमात्र होइन त्यसको अर्को पाटो मानव क्षतिको बिषयमा पनि बहस आरम्भ गर्न ढिलाई गर्नु हुँदैन ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी