© २०२३
बाके, १२ साउन । ‘सय रूपैया’ भन्दा माथीको सामान ल्याउदा भन्सार लाग्ने नियम कार्यान्वयन गर्न मुख्य नाकामा कडाईका साथ लागु गरे पनि नेपालगन्जमा अन्य नाकाबाट भने निरन्तर चोरीपैठारी भइरहेको पाइएको छ । जसका कारण सर्वसाधारण सीमापारी किनमेल गर्न हच्किएका छन् तर अवैध सामान क्यारिङ्ग गर्नेलाई मालामालको अवस्था आएको छ ।
मुल नाकामा कडाई गर्दा क्यारिङ्ग गर्नेहरूले भने अनेक दाउ खोजेर सामान भित्रा्इरहेको पाइएको छ । कतिसम् मभने यसरी भित्राइएको सामानमा समेत ‘जोखिम शुल्क’ भन्दै थप मुल्य जोडेर तस्करहरूले पसल–पसलमा बेचिरहेका छन् । सुरक्षा निकायले कडाई गरेको भन्दै तस्करहरूले भित्राएको हरेक सामानमा रु १० सम्म बढि मुल्य राखेर बेचिरहेको भेटिएको हो । भञ्सारको कडाईले आत्तिएका तस्करहरूको ‘ढाड सेक्न’ सुरक्षा निकायले थप कडाई गर्नेपर्ने व्यवसायीहरू बताउँछन् । जमुनाह नाकाक्षेत्रमा यस्ता दर्जनौ पेशेवर क्यारिङ्ग गर्नेहरू छन् जसले भित्रा्एको अवैध सामान कतिपय ठूला व्यापारीका गोदाममा स्टक हुन्छ र उनीहरू मार्फत अन्य जिल्लामा बिक्री हुन्छ । यस्तो कार्यमा संलग्नहरू व्यक्तिहरू बिरलै सुरक्षा निकायको नजरमा पर्ने गरेका छन् । बेलाबखत सामान बरामद गरेपनि व्यक्ति पक्राउ नपर्दा अनेक आशंका उब्जिने गरेको छ ।
जमुनाह नाकामा अवैध कडाई गर्दैगर्दा जिल्ला प्रहरी कार्यालय बा“केले गत मंगलवार नेपालगन्ज–१२ कोरियनपुरस्थित भे १ ख ३३४८ नम्बरको ट्रकबाट साठ्ी बोरा चिनी, सुपरपावर सुर्ती बरामद भयो । सामान बरामद भएपनि व्यक्ति भने पक्राउ गरिएको छैन । नाकामा रु सय भन्दा माथीको सामानमा भञ्सार लगाउँदै गर्दा यसरी बिभिन्न माध्यमबाट नेपालगन्जमा अवैध सामान भित्रिरहेको छ । नेपालगञ्ज र कोहलपुरका व्यवसायीहरूले रु सय भन्दा माथीको मुल्यका सामान भञ्सार लगाउने सम्बन्धी नियमलाई कडाईका साथ कार्यान्वयन गर्दा स्वदेशी बजारमा सकारात्मक प्रभाव परेको महसुस गरेका छन् । तर उनीहरूले त्यही बहानामा तस्करी मौलाउने अवस्था आए भञ्सारको कडाईले कुनै अर्थ नराख्ने भन्दा सरोकारवाला निकायलाई सचेत बनाएका छन् ।‘सय रूपैया भन्दा माथीको सामाग्रीमा भञ्सार महसुल लाग्ने नियमलाई कडाईका साथ लागु गर्ने सम्बन्धी नेपालगन्ज भञ्सार कार्यालयको सूचनाको नेपालगन्ज उद्योग वाणिज्य संघ स्वागत गर्दछ ।’
नेपालगञ्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी ओली भन्छन्–‘खुल्ला सीमानाको मौकाको फाईदा उठाउँदै दैनिकरूपमा बिना भञ्सार सामान आयात गर्न दिदा एकातिर राज्यलाई राजश्व घाटा व्यहोर्न परिरहेको थियो भने अर्कोतर्फ नेपालगन्जको स्वदेशी बजार फस्टाउन सकिरहेको थिएन ।’ नेपालगन्ज उद्योग वाणिज्य संघले बिगतदेखि नै भञ्सारको नियमन गरी थोरै सामानका नाममा दैनिक बिना भञ्सार लाखौको सामान भित्रिने कार्यलाई रोक्न माग गर्दै आइरहेको थियो । कानून बमोजिम नै रु सय भन्दा माथिको सामाग्री आयात गर्दा भञ्सार तिर्नुपर्ने व्यवस्था कडाईका साथ कार्यान्वयन भए मात्र राज्यलाई राजश्व र स्वदेशी बजार प्रर्बद्धन हुने आशा र अपेक्षा गरिएको कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेल बताउँछन् । उनी भन्छन्–‘ यो व्यवस्थालाई कडाईका साथ लाग्न गर्न नेपालगन्ज भञ्सार कार्यालयलाई अनुरोध गर्दछु र पूर्णरूपमा साथ, समर्थन हुने जानकारी गराउँदछौं ।’
भन्सारको कडाईले स्वदेशी बजारमा सकारात्मक प्रभाव परेको किराना तथा खाद्य व्यवसायी संघ नेपालगन्जका महासचिव टोपेन्द्र थापा बताउँछन् । ‘केही दिनमात्रै भएका कारण अपेक्षा गरे अनुसारको प्रभाव परेको छैन तर चहलपहल भएकै छ । सर्बसाधारणहरू अनावश्यक झण्झट हुन्छ भनेर रूपैडिया जाने कष्ट नगरिरहेको भेटिएको छ ।’– उनले भने । सिमापारको व्यापारले सबैभन्दा प्रभावित घरेलु तथा साना उद्योगहरूको छातासंगठन नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेका महासचिव जिआर भुषालले निकै सह्रानिय कार्यको शुरुवात भएको बताउँदै अब सेटिङ्गका गाडी र क्यारिङ्ग पनि बन्द गर्दै बजार अनुगमन व्यापक गर्नेुपर्ने बताउ“छन् ।