© २०२३
जिल्लाको माथागढी गाउँपालिका कसेनीका देवबहादुर रानाले एक दशक अगाडिसम्म धान खेतमा गलगलाबाट (माछा समाउने परम्परागत प्रविधी) राम्रोसँग माछा समाउने व्यक्ति हुन । यसरी समातिएको माछा सुकाएर मौसम अनुसार राम्रो मुल्यमा बिक्री गर्ने व्यक्ति पनि हुन उनी ।
उनीसँगै छिमेकका धेरैले फुर्सदको समयमा धेरैले माछा समाउने र त्यसरी समातिएको माछा सुकाएर बिक्री गर्ने त्यही पैसाले आर्थिक गर्ज टार्ने, घर खर्च गर्नेहरुको सख्या नै धेरै थियो । असोज लाग्नसाथ पसाउन लागेको धान खेतका डिलमा गलगला र माछा जम्मा गर्न भाडा लिएर जानेहरुको सख्या धेरै देखिन्थे ।
खेतमा गलगला बल्छी मात्र होइन, धान रोपाइका समयमा हिलाम्य भएका खेतमा माछा समाउन जानेहरुको सख्या ठुलो हुन्थ्यो । दिनभर छोपेको माछा बेलुका बिक्री गरेर आफ्नो आवश्यकता अनुसारका सामाग्री खरिद गर्नेहरुको सख्या नगन्य हुने गरेको स्थानियहरु दाबी गर्दछन ।
समयको बेग र गति अनुसार अहिले न त धान खेतमा माछा भेटिन्छन, न त माछा समाउन जानेहरु भेटिन्छन । धान खेतमा गंगटा नियन्त्रणको नाममा विषादीको प्रयोग बढन लागेपछि विषादीका कारण माछा मात्र नभइ जलचर प्राणी नै माडी फाँटबाट लोप हुने अवस्थामा पुगेको हो । माडी फाँटको सानाभोटी माछाको स्वाद नै फरक हुन्थ्यो । असोज कात्तिकको माछाको स्वाद पोखरीमा पालिएको माछा भन्दा सयौं गुणा बढि स्वादिलो हुन्थ्यो । अहिले ती माछाको स्वादको कुरा सपना जस्तै भएको तानसेनका स्थायिन दिलबहादुर भण्डारीले आफनो अनुभव सुनाए ।
माडी फाटबाट वर्षायाममा रोपाइको समयमा दैनिक एक क्विन्टल भन्दा बढि परम्परागत स्थानिय जातको भोटी माछा समाउने गर्दथे । तर अहिले विषादीका कारण माछा सहर भ्यागुताको वंश नै नास भएको वगनासकाली गाउँपालिकाको पाखराथोकका वडा अध्यक्ष टेकनाथ शर्मा आफनो अनुभव सुनाउँछन ।
तरकारी खेतिमा लाग्ने किरा नियन्त्रणका लागि प्रयोग हुने सुर्य न्युरल नामको विषादी गंगटा नियन्त्रणका लागि धान खेतमा रोपाईको दिन जथाभावी रुपमा प्रयोग गर्न लागेपछि जलचर प्राणीको वंश नै समाप्त भएको हो । विषादीको कारण वातावरणिय क्षेत्रमा नराम्रोसंग प्रभावित तुल्याएको पुराना कृषकहरुको अनुभव रहेको छ ।
गंगटा नियन्त्रणको लागि विषादीको प्रयोग गरेका कारण पछिल्लो समयमा गंगटाले भन्दा मुसाले ठुलो तथा धेरै नोक्सान गरेको छ । सर्प विषादीका कारण खेतमा घटदो अवस्थामा रहे पछि धानको बाला नुध्न नपाउँदै मुसाले बाला काट्ने क्रम बढदो छ । विषादीको प्रयोग बढ्दै जाने हो भने अबका दिनमा धान स्याहार्न नपर्ने दमकडाका स्थानिय लेखनाथ भण्डारी आफनो अनुभव बताउँछन ।
विषादीको प्रयोगका कारण खेतमा जलचर प्राणी नै लोप भयो । त्यसको प्रभाव मुसाको संख्या बढदो छ । मुसाको कारण अहिले चौतर्फी रुपमा धेरै क्षति व्यर्होनु परेको छ । कृषकले अज्ञनतामा होस या अल्प ज्ञानकाका कारण विषादीको प्रयोग गरेका हुन तरकारी खेतिमा प्रयोग हुने विषादी धान खेतमा प्रयोग गर्न लागे कृषकहरुले । विषादी बिक्रेताले पनि ब्यापारको नाममा बिक्री मात्र गर्ने विषादी बिक्रेताहरु माथि अनुगमन गर्ने निकाय नै नभएकाले वातावरणिय क्षेत्रमा समेत प्रभावित तुल्याएको वातावरणिय क्षेत्रमा सरोकार राख्नेहरुको भनाइ रहेको छ ।
विषादी सम्बन्धी जानाकार एवम वरिष्ठ कृषि प्राविधिक थमन कार्की कृषकहरुको अनविज्ञताको कारण यस्तो समस्या उत्पन्न भएको स्वीकार गर्दछन । बारीमा तरकारी खेतिमाप्रयोग हुने विषादी खेतमा प्रयोग गरिदा जलचर प्राणी नष्ट हुनु स्वाभाविक हो । कृषकहरुले जथाभावी रुपमा विषादीको प्रयोग गर्ने परिपाटी कृषकहरुमा कहिल्यै नमेटिने छाप बसेका कारण यस्तो समस्या उत्पन्न भएको उनी बताउँछन ।
बिभिन्न कम्पनीबाट उत्पादित विषादी कृषकहरुले आफु खुसी प्रयोग गर्ने पुरानो अभ्यास हो । विषादीको प्रयोगको पनि मापदण्ड हुन्छ । कृषकहरुले मापदण्ड नै प्रयोग गर्दैनन् । त्यसको प्रभाव र असर कहाँ कसरी हुन्छ ? भन्ने कुराको ख्याल नै नगर्दा विषादी र बिक्रेता एवम विषादीको पसलहरुमा अनुगमन गर्ने निकाय नै नहुँदा यसको नकारात्मक असर परिरहेको छ । यसले वातावरणीय सन्तुलनमा नकारात्मक प्रभाव पारेको सरोकारवालाहरुको बुझाई रहेको छ ।