© २०२३
नेकपा एमालेकी केन्द्रिय सदस्य तथा सांसद शान्ता चौधरीले थारु जातीको महान चाँड माघी नजिकदै गर्दा माघीलाइ सब्य र सभ्य रुपमा मनाउन थारु समुदायलाइ आग्रह गरेकी छिन । थारुको वाहुल्यता भएको गढवा गाँपापालिका गढवा स्थित एक कार्यक्रमलाइ सम्वोदन गर्दै यस्तो वताएकी हुन् । आइतवार मन्जरी महिला साना किसान कृर्षि सहकारी संस्थाको वार्षिक कार्यक्रममा सांसद चौधरीले यस्तो आग्रह गरिन ।
थारु जातीहरु माघी आउन केही दिन वाँकी रहदैवाट माघको आधा महिनासम्म पनि खानपानमा वेस्त हुने अत्याधिक मापदक पर्दाथ सेवन गरि सडकमा सुत्ने अवश्था सम्मका विकृति देखिने वताउदै अव यस्ता खाले विकृती अन्त्यमा गर्दै आफ्ना अधिकारका लागि जागरुक भएर लाग्न आग्रह गरिन । आउदै गरेको माघी पर्वको शुभकामना दिदै सांसद चौधरीले माघी मनाउने नाममा दारु खाएर सडकमा पल्टीने संस्कार त्याग्नुपर्ने बताइन ।
उनले सहकारी संस्था आत्मनिर्भरताको एक बलियो माध्यम भएको वताइन । गढवा स्थित मञ्जरी महिला साना किसान कृषि सहकारी संस्थाको तेश्रो बार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले भनिन्, महिलाहरुको जिवन स्तर उठाउन र महिलाहरुलाई नेतृत्व गर्ने क्षमताको बिकास गर्नमा सहकारी संस्था र समूहहरुले निकै महत्वपुर्ण भूमिका खेलिरहेका छन् । समूह सहकारी मार्फत आयस्तर बृद्धि गर्न र आत्मनिर्भर बन्न समूह÷सहकारीमा आवद्ध भै काम गर्न उनले आग्रह गरिन ।
कार्यक्रममा बोल्दै मुक्त कमैया र भूमिहीन सुकुम्बासीलाई जग्गाको मालिक बनाउन थालेको बेला आफ्नो पार्टीको सरकार ढालिएको बताउदै भूमी आयोगको बिघटन गर्नु हजारौं सुकुम्बासीहरुको पेटमा लात हान्नु भएको सचेतक चौधरीले बताइन ।
संस्थाका अध्यक्ष सिता चौधरीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रतिनिधी सभाका सांसद तथा नेकपा एमालेका केन्द्रिय सदस्य गंगा चौधरी सत्गौंवाले भूमि आयोगको बिघटन गरेर वर्तमान सरकारले अन्याय गरेको भन्दै तत्काल आयोग पुर्नस्थापना गरि काम सुरु गर्न र भूमिहिन सुकुम्बासीहरुलाई लालपुर्जा दिन आग्रह गरिन । समूह सहकारीको माध्यमबाट आफ्नो आयस्तर बृद्धि गर्दै नेतृत्व तहमा पुग्न सकिने कार्यक्रममा गढवा गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरीले उपस्थित महिलाहरुलाई आग्रह गरिन ।
कुल ६ सय शेयर सदस्य रहेको उक्त सहकारी संस्थाले कृषि उपज संकलन ब्यवस्थापनका लागि चिस्यान केन्द्र स्थापना गर्दै छ । सहकरीले कृषि ब्यवसाय सहयोग तथा प्रबर्धन तथा तालिम केन्द्र खजुरा बाँकेको ७ लाख ३५ हजार सहयोगमा आफ्नै कार्यालय भवन निर्माण गरेको छ । त्यस्तै सामुदायिक आत्मनिर्भर सेवा केन्द्र बाके र नेपाल कृषि सहकारी संघको दुई÷दुई लाखको सहयोगमा उक्त सहकारीले कृषि उपज संकलन केन्द्र समेत संचालनको तयारी गरेको छ । कुल १ करोड १० लाखको हाराहारीमा सहकारी संस्थाको कारोवार छ ।