ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

‘चुनावका प्रतिवद्धतालाई सम्झेर काममा खटिइरहेका छौं’

२४ मंसिर २०७८, शुक्रबार
२४ मंसिर २०७८, शुक्रबार

बुवाको माया र संरक्षण हुर्किएकी विनाले आमाको माया कस्तो हुन्छ भन्ने अनुभव गर्न पाइनन् । एउटा दाई र एउटा भाईसँगै रुपन्देही सालझण्डीमा बस्दै आएकी विना रानाले जानी नजानी राजनीति शुरु गरेको बताउँछिन् । घर परिवारको साथ र सहयोगमा राजनीति मार्फत समाजसेवा गर्न सकेको उनको बुझाई छ । रानाले अहिले सैनमैना नगरपालिकाको उपप्रमुखको जिम्मेवारी छन् । उनले कसरी समालेकी छन् त प्रस्तुत छ सैनामैनाकी उपप्रमुख विना रानासँग गरिएको कुराकानीको सारसंक्षेप ।

सैनामैना नगरपालिकामा कस्ता कस्ता समस्याहरु छन् ?
हाम्रो नगरमा पनि अरु पालिकामा जस्तै समस्याहरु नै हुन् । दिनहँु जसो स्थानीय समस्या लिएर आउने गर्नुहुन्छ । धेरैजसो समस्याका रुपमा अहिले जग्गाका विवादहरु छन् । त्यसमा कहिले साद विवाद हुने गर्दछन् । लालपुर्जा नभएका जग्गा छिमेकीले मिचेका समस्या छन् । कतै लेनदेनका समस्या पनि आउने गर्दछन् । एक आपसमा लेनदेन गर्नुहुन्छ पछि पैसा लगेको व्यतिmले समयमा फिर्ता नदिएको, सबै पैसा नदिएका, कतै पानी, बिजुली, बाटो मर्मत गर्नु पर्ने जस्ता सामाजिक समस्याहरु आउने गरेका छन् ।

त्यस्ता समस्या कसरी समाधान गर्ने गर्नुभएको छ ?
समस्यालाई हामीले अध्ययन गर्दछौं । स्थानीयको चित्त बुझ्दो अनुसारले समाधान गर्ने गरेका छौं । सामान्य भए हामीले मेलमिलापमा प्राथमिकता दिन्छौं । हाम्रोमा मेलमिलापकर्ताहरु हुनुहुन्छ उहाँले त्यो काम गर्नुहुन्छ । मिलाउन नसक्ने भए सम्बन्धित ठाउँमा पठाउने काम हुन्छ ।

महिलाका समस्याहरु कस्ता कस्ता आउने गर्दछन् ?
हाम्रो नगरमा महिलाका विषयमा कुरा गर्दा विशेष गरी घरेलु हिंसाका घटनाहरु धेरै छन् । श्रीमानले मदिरा सेवन गरेर श्रीमतीलाई कुट्ने पिट्ने, त्यसैगरी सम्बन्ध विच्छेद, दोस्रो विवाह जस्ता समस्याहरु छन् । हामीले सकेसम्म पारिवारिक बिखण्डन नहोस् भनेर मिलाउने प्रयास गर्दछौ । दुबै पक्षलाई सम्झाएर बुझाएर मेलमिलाप गराउने प्रयास गर्दछौं । मिल्न नसक्ने र हाम्रो अधिकार बाहिरका भए अदालत वा सम्बन्धित स्थानमा पठाउने काम गर्दछौं ।

संख्याका हिसाबले कुरा गर्दा मुद्दाको अवस्था कस्तो छ ?
हामी निर्वाचित भएको पहिलो वर्ष जम्मा ३५ वटा मुद्दा दर्ता भएको थियो । त्यसको अनुपातमा क्रमश बढ्दै गएको छ । ७५÷७६ जम्मा ६६ वटा मुद्दा दर्ता भएका थिए । जसमध्ये १३ वटा हामीले मेलमिलाप गराउन सफल भयौं । ११ वटा निर्णय तथा आदेश भए । १२ वटा सम्बन्धित वडा कार्यालयमा पठायौं । १९ तामेली र ९ प्रकियामा रहे । त्यसै गरी ७६/७७ मा १७ वटा मेलमिलाप , निर्णय तथा आदेश २ वटा, १३ वटा वडा कार्यालयमा पठायौं । १ फिर्ता, ८ तामेली २८ प्रक्रियामा छन् । भने यो वर्ष अहिले सम्म ७२ वटा मुद्दा दर्ता भएका छन् ।

चुनावमा गरेको प्रतिवद्धताहरु कति पुरा भए ?
चुनावको कुरा गर्दा ती प्रतिबद्धताहरु पुरा हुने क्रममा नै छन् । महिलाहरुलाई आर्थिक, सामाजिक र राजनैतिक सशक्तिकरण गर्ने कुरा क्रमिक रुपमा अगाडि बढेको छ । नगरलाई समृद्ध बनाउने योजनाहरु बनाएर काम गरिरहेका छौं । शिक्षालाई गुणस्तरिय बनाउन विद्यालय व्यवस्थापनदेखि लिएर सबै विद्यालयमा कम्प्यूटर, प्रोजेक्टर वितरण गर्नुका साथै शिक्षकहरुलाई तालिमको व्यवस्था गरेका थियौँ । त्यसैगरी एक वडा एक स्वास्थ्थ चौकीको अवधारणा अनुसार काम भईरहेको छ । भूमिहिन अव्यवस्थितलाई व्यवस्थित गर्नका लागि लागत संकलन भएको छ ।

यसरी कामहरु भईरहेका छन् तर चुनावमा सुकुम्बासीलाई लालपूर्जा दिने जुन कुरा घोषणा पत्रमा थियो त्यो काम पुरा हुन सकेको छैन । हामी निर्वाचित भएर आएपछि यस्ता कामहरु गरेका छौं तर ५ वर्ष पुरा लागि सक्यौं । यो अवधी अलि छोटो जस्तो लाग्यो मलाई हामीले समस्या बुझै र काम गर्न शुरु ग¥यौ । अब आउनेले पनि समस्या बुझ्दा केहि समय लाग्छ त्यस पछि काम गर्दा अपुरो हुन्छ त्यसै जनप्रतिनिधिको समय १० वर्षको हुने हो भने बल्ल आफ्ना योजनाहरु सजिलै पुरा गर्न सकिन्छ जस्तो लाग्छ ।

कर्मचारी र जनप्रतिनिधि बीचमा खासै राम्रो समन्वय छैन भन्छन् नि ?
यो समस्या सबै ठाउँको होईन कहिँ कतै नभएको पनि होईन । कतिपय कुरा हामीले नबुझ्दा त कतिपय कुरा कर्मचारी साथीले र कतै स्थानीयले नबुझ्दा पनि यस्तो समस्या देखिएको हो । हामीले हाम्रो नगरमा यस्ता समस्या नआओस भनेर सर सल्लाहमा काम गर्ने गरेका छौ । कर्मचारी साथीहरु र हामीहरुले बेलाबेलामा छलफल गर्छाैं र समस्या भए समाधानको बाटो खोजेर काम गर्ने भएर होला हाम्रो नगरमा यस्ता समस्या छैनन भन्दा खासै फरक पर्दैन । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?