ट्रेंडिंग:

>> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा

आर्थिक वर्ष २०७९/८० मा नेप्से सूचक ८६ अंकले बढ्यो, २८२ अंकको बाउन्स व्याकले लगानीकर्तालाई राहत

३१ असार २०८०, आईतवार
३१ असार २०८०, आईतवार

काठमाडौं ।

चालु आर्थिक वर्ष २०७९/८० आज सकिदैछ । यस आर्थिकको अन्तिम कारोबार दिनसम्ममा नेप्से सूचक ८६ अंकले सुधार देखिएको छ । यस वर्ष लगानीकर्ताहरुले अवसर र चुनौती दुबैको सामना गर्नु पर्यो । यसै वर्ष नेप्से सूचक पछिल्लो वियरिस बजारको सर्वाधिक तल्लो विन्दु १८१५ अंकसम्म झर्यो ।

यो अवधि लगानीकर्ताका लागि सबैभन्दा सकसपुर्ण रह्यो । शेयर बजारमा लगातार गिरावट हुने क्रममा लगानीकर्ताको पोर्टफेलियो खर्बौ रुपैयाँले घट्यो । बजार तल झरेकै कारण कतिपय लगानीकर्ताले अनाहकमा ज्यान समेत गुमाए । चरम आर्थिक मन्दी त्यसमा पनि शेयर बजारको तल्लो विन्दुले व्यवसायीहरुले तनाव झेल्नु पर्यो ।

चालु आर्थिक वर्षको पहिलो चरणमा भदौ, असोज र कार्तिक महिना बजार सबैभन्दा तल्लो विन्दुमा रह्यो । यस अवधिमा नेप्से सूचक १८१५ अंकसम्म झर्यो । चुनावको दौरानमा मंसिर, पुस र माघ महिनामा बजारले गति लियो । छोटो समयमै शेयर बजारमा ३९६ अंकको सुधार देखियो । यस सँगै शेयर बजारमा रौनक भित्रिएको थियो । विगत साढे दुई वर्षदेखि सुस्ताएको शेयर बजार चुनावको समयमा अनपेक्षित रुपमा बढ्यो ।

चुनावको परिणाम सँगै पुन शेयर बजार तल झर्यो । गत चैत बैशाखमा बजार तल झर्ने क्रममा १८१८ अंकसम्म तल झर्यो । यसबाट पनि बजार माथि उठ्ने क्रममा २१८६ अंकसम्म सुधार भयो । एक वर्षको अवधिमै दुई वटा अल्पकालिन बुल र वियरिस मार्केटलाई लगानीकर्ताले अनुभव गर्न पाए ।

पछिल्लो अल्पकालिन बुलमा होटल समुहले तहल्का पिट्यो । होटल समुहमा लगानी गर्नेहरुले ठुलो नाफा बुक गरे । पहिलो अल्पकालिन बुलको कारण चुनाव थियो भने दोस्रो अल्पकालिन बुलको कारण प्रर्याप्त बैंकिङ तरलता । बैंकहरुमा अहिले खर्बौ रुपैयाँ तरलता थुप्रिएर बसेको छ । बैंकहरुले शेयर बजारमा लगानीकर्तालाई बोलाइ बोलाइ शेयरधितो कर्जा प्रवाह गर्दै आइरहेका छन् ।

यहि साउन पहिलो साता राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै छ । मौद्रिक नीतिले शेयर बजारलाई कसरी संबोधन गर्छ भन्ने कुरामा लगानीकर्ताको संशय छ । यदि गभर्नर अधिकारीले शेयर बजारलाई निरुत्साहित पार्न खोजे भने बजार पुन तल झर्ने भन्दै लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा छन् । यदि मौद्रिक नीति लगानीकर्ता मैत्री आउन सक्यो भने शेयर बजारले २४ सय अंक भन्दा माथि क्रस गर्ने विश्लेषकहरु बताउछन् ।

यस आर्थिक वर्षको अन्तिम नेप्से सूचक १२.१६ अंकले सुधार भएको छ । सूचक ०.५८ प्रतिशतले बढेर २०९७.०९ अंकमा रोकिएको छ । कारोबार रकम भने २ अर्ब ३७ करोड रुपैयाँको भएको छ । आज ९३ वटा कम्पनीको शेयर मूल्यमा सुधार आउदा ११७ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा ठुलो टेवा बाणिज्य बैंकहरुले दिएका छन् । बाणिज्य बैंकको सूचब १.३३ प्रतिशतले बढ्यो । फाइनान्स, होटल, हाइड्रो र बीमाको सूचकमा भने गिरावट देखिएको छ । यिनै सूचकमा गएका दिनमा उछाल आएको थियो । अहिले यिनै कम्पनीको शेयर बिक्री गरेर लगानीकर्ताले अन्य पोर्टफेलियोमा लगानी परिवर्तन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?