ट्रेंडिंग:

>> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य

कालापानीमा अतिक्रमण गर्ने २२ जना बिरुद्ध मुद्दा दर्ता, दुईजना पक्राउ

३ भाद्र २०७८, बिहीबार
३ भाद्र २०७८, बिहीबार

वन क्षेत्र अतिक्रमण गरेको आरोपमा डिभिजन वन कार्यालय दाङले २२ जना बिरुद्द मुद्दा चलाएको छ । लकडाउनको मौकाछोपी बबइ गाउँपालिकाका वडा नं ५ बबरपुरस्थित कालापानी सामुदायिक वन क्षेत्रको खाली जग्गा अतिक्रमण गरेर खेतीपाती र घर समेत बनाएको आरोपमा २२ जना बिरुद्ध मुद्दा चलाई कारवाही अघि बढाएको पुरन्धारा सव डिभिजन वन कार्यालयका प्रमुख सहायक वन अधिकृत सिद्धान्त बरालले जानकारी दिए ।

अनुसन्धान अधिकृत समेत रहेका सहायक वन अधिकृत बरालका अनुसार वन अतिक्रमण मुद्दा चलाइएकामध्ये २ जनालाई पक्राउ गरिएको छ । अन्य २० जना फरार रहेको र उनीहरुको खोजी भइरहेको छ । उनीहरु बिरुद्द दाङ—देउखुरी जिल्ला अदालतमा वन अतिक्रमण गरेको मुद्दा दर्ता गरी अदालतबाट पक्राउ गर्ने अनुमति अनुसार खोजी कार्य भइरहेको सहायक वन अधिकृत बरालले जानकारी दिए । “लकडाउनको मौका छोपी उनीहरुले वन अतिक्रमण गरेका थिए”—बरालले भने—“पश्चिम दाङमा वन क्षेत्र अतिक्रमण गरी कब्जा गर्ने र पछि अरुलाई बेचबिखन गर्ने काम पनि भइरहेको छ । ”

बस्ति नजिकैको र अनेत्रबाट समेत गएर वन क्षेत्र कब्जा गर्ने, खेतीपाति गर्ने र घरटहरा समेत बनाई अरुलाई बेचबिखन गर्ने कार्य भइरहेको उनले वताए । उक्त कार्य रोक्नका लागि आफूहरु अघि बढेको बरालले बताए ।

वन अतिक्रमण हटाउनका लागि आफूहरुले पटकपटक छलफल गर्ने, उनीहरुलाई हटाउन अनुरोध गर्ने लगायतका काम गरेपनि उनीहरुले अटेडी गरी अतिक्रमण बढाउदै लैजाने र अतिक्रमित क्षेत्रमा घर टहरा समेत बनाउन थालेपछि आफूहरुले मुद्दा नै चलाएर कारवाहीको प्रक्रियामा अघी बढेको बरालले बताए । “अतिक्रमण गर्नेहरुलाई सम्झाएर बुझाएर अतिक्रमण हटाउन पटकपटक प्रयास गर्यौ तर अतिक्रमणकारीले मान्दै मानेनन्”—अनुसन्धान अधिकृत बरालले भने —“उल्टै हामीहरुमाथि आक्रमणको प्रयास भयो ।”

वन अतिक्रमण मुद्दामा सामुदायिक वन समूहका पदाधिकारी र सल्लाहकार समेत संलग्न रहेका छन । सामुदायिक वन समूहका पदाधिकारीले नै वन क्षेत्र अतिक्रमण गरी घर बनाएको बरालले बताए ।

त्यस क्षेत्रमा अतिक्रमण भएको मध्ये करिव ६ बिगाह क्षेत्र खाली गरिएको छ । पुनः अतिक्रमण हुन नदिनका लागि ११ सय मिटर तोस (वन क्षेत्र छुट्टाउने लामो खाडल) खनिएको छ । “ वन र आवादी क्षेत्र छुटउनका लागि तोस खन्ने काम गरिरहेका छौ”—अनुसन्धान अधिकृत बरालले भने —“जस मध्ये पाँच सय मिटर खनिसकेका छौ ।”

वन ऐन— २०७६ अनुसार वन क्षेत्र अतिक्रमण गर्नेलाई ५ बर्ष कैद वा एक लाख रुपैया जरिवाना वा दुवै सहजाय हुने ब्यवस्था छ । वन क्षेत्रको अतिक्रमणमा संलग्न रहेको पुष्टि भएमा त्यस्ता ब्यक्तिहरु सामुदायिक वन समितिमा बस्न नपाउने ब्यवस्था पनि वन ऐनमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?