ट्रेंडिंग:

>> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

‘छोरीलाई पढाएर ठूलो मान्छे बनाउँछु, अनिमात्र विवाह’

३१ श्रावण २०७८, आईतवार
३१ श्रावण २०७८, आईतवार

सपना शर्माको उमेर अहिले २० वर्ष पुगेको छ। कानुनअनुसार उनको बिहे गर्ने उमेर भर्खर भएकोे छ। सोह्र वर्ष नपुग्दै सुनसरी जिल्लाको इनरुवा नगरपालिका–३ का राम शर्मासँग विवाहबन्धनमा बाँधिएकी सपना दुई वर्षअघि नै विधवा भइन्।

फर्निचर पसलबाट काम गरेर मोटरसाइकलमा घर फर्कँदै गर्दा विसं २०७६ साउन २२ गते साँझ इनरुवाको सुनसरी पुल नजिक तरकारी लिएर आएको भारतीय नम्बरको ट्रकले ठक्कर दिँदा रामको घटनास्थलमै मृत्यु भयो। श्रीमानको मृत्यु हुँदा उनी १८ वर्षकी थिइन, काखमा थिइन छ महिनाकी छोरी राधिका।

श्रीमानको मृत्युपछि उनको जीवनमा ठूलो बज्रपात पर्‍यो। सासु पवित्री सुतिहार शर्माले पोइ टोकुवा भनेर सराप्नाका साथै  कुट्नसमेत थालिन। दाइजो मागेर हैरान पारेका सासु र जेठाजुले श्रीमान्को मृत्युपछि काजकिरीया र भोजमा भएको खर्चसमेत माग्न थाले। दुर्घटनामा घाइते भएकी आमालाई हेर्न माइत जान पनि उनीहरूले रोके। एक दिन आफू कोठामा नभएका बेला गरगहना झिकेर लगेको पनि सपनाले बताइन् ।

काखे छोरीमा समेत हेलोहोचो र लैङ्गिक विभेद हुन थाल्यो। सबै यातना सहे पनि दुधे शिशुप्रति रुखो व्यवहार भने सहन नसकेर छोरी च्यापेर माइत आइन्। युवावस्थामा टेक्न नपाउँदै  आमा बनेकी सपनालाई छोरीको लालनपालनमा निकै सास्ती भएको छ। सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदह गोडियारी टोलस्थित माइतीको शरणमा बस्दै आएकी सपनाको विवाह दर्तासमेत भएको थिएन।  आमा सरिता शर्माको पहल र अधिकारकर्मीको सहजीकरणमा विवाह दर्ता, नाता प्रमाणित र छोरीको जन्मदर्ता पनि गराइएको छ। 

विवाह पछि छुटेको पढाइलाई पुनः निरन्तरता दिन चाहेकी उनी सीप सिक्नाका साथै रोजगार हुुने योजनामा छिन् तर घरपरिवारले अझैसम्म नागरिकता बनाइदिन  मानेका छैनन्। विवाह भइसकेकाले स्व श्रीमान्कै नामबाट नागरिकता बनाउनुपर्ने अवस्था आएको छ।  विवाह दर्ता, नाता कायम र छोरीको जन्मदर्ताका लागि  ठूलै सङ्घर्ष गर्नुपरेकामा अब नागरिकताका लागि सङ्घर्ष गर्दै आइरहेकी सपनालाई मृतक श्रीमान्को हक, छोरी र आफ्नो भरणपोषण, एकल महिलाले राज्यबाट पाउने सेवासुविधा र रोजगारीका लागि पनि नागरिकताको आवश्यकता भएको हो। 

“छोरी सानै छ।  एसएलसी पास हुनासाथ विवाह भएकाले थप पढ्नुपर्ने भएको छ, सीप सिक्नुपर्ने छ र  रोजगारी खोज्नुपर्ने छ नत्र हुर्कँदै गरेकी छोरीलाई कसरी पाल्नु”, गुनासो गर्दै सपनाले भनिन् “थाहै नपाएर कलिलै उमेरमा बिहे भयो। बिहे गर्ने उमेर नपुग्दै विधवा हुनुपर्‍यो। अब कसरी बाँच्ने।”

आफ्नी छोरीको भविष्य उज्ज्वल बनाउनका लागि भए पनि काम गर्न चाहेकी सपनालाई थप पढ्न नपाएकोमा पछुतो भएको छ। ढिलै भए  पनि  पहिले कक्षा १० सम्म पढेको हनुमाननगर कंकालिनी नगरपालिका–३ पोर्ताहास्थित रोयल सेकेण्ड्री स्कूलमा उच्च माविमा अध्ययन गर्नाका साथै  सोही विद्यालयको प्राथमिक तहमा पढाउनसमेत थालेकी उनले सिलाइकटाइको छ महिने तालिम पनि पूरा गरेर महिलाले लगाउने म्याक्सी, कुर्ता सुरुवाल, गाउन, ब्लाउज, पेटिकोट सिलाउने कामसमेत गर्दै आएकी छिन। सपनाले भनिन्।

“म अब आफ्नोभन्दा छोरीका लागि उच्च शिक्षा हासिल गर्न र स्थायीरूपले रोजगार हुन चाहन्छु  तर नागरिकता छैन के गरुँ ?” कम्तीमा स्नातक तहसम्मको अध्ययन पूरा गर्ने लक्ष लिएकी उनले भनिन्, “योग्यता, क्षमता जति बढाए पनि नागरिकता नपाएसम्म रोजगारी पाउन असम्भव छ । श्रीमान् भएका भए बनाइदिनुहुन्थ्यो तर सासु र जेठाजु नागरिकता बनाइदिन तयार छैनन्। ”

आफ्नो चार वर्षकै उमेरमा बुबाको मृत्युपछि आमाले गरेको सङ्घर्षको प्रत्यक्ष अनुभव गरेकी सपना भन्छिन् “नाबालकमै बुवाको मृत्युले बाध्यतावश आफ्नो सानैमा विवाह  भए पनि छोरीलाई पढाएर ठूलो मान्छे बनाउँछु, अनिमात्र विवाहको कुरा अघि बढाउँछु।” –रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?